पोखरा– गण्डकी विश्वविद्यालयको कुलपतिमा पोखरा महानगरपालिका–३१ का प्रा.डा. इन्द्रप्रसाद तिवारी नियुक्त भएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तिवारीलाई कुलपति नियुक्त गरेका हुन् ।

विश्वविद्यालय न्याषिक परिषद्ले प्राडा तिवारीसहित प्राडा विश्वकल्याण पराजुली र प्रा.डा सरोज कोइरालाको नाम सिफारिस गरेको थियो ।
पहिलो कुलपति प्रा.डा गणेशमान गुरुङको कार्यकाल सकिएसँगै विश्वविद्यालयले कुलपति नियुक्ति प्रक्रियाको थालनि गरेको थियो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

सामाग्री श्रोत :
नेपाललाइभ