काठमाडौं- सरकारले आवासीय चिकित्सकलाई तोकेको मासिक ४८ हजार रुपैयाँ निर्वाह भत्ता दिने निर्णय गरेको कार्यान्वयन गर्न राष्ट्रिय चिकित्सक संघले आग्रह गरेको छ। एक विज्ञप्ति जारी गर्दै आन्दोलित आवासीय चिकित्सकको मागमा ऐक्यबद्धता जनाएको हो। संघका महासचिव डा छवि पन्थी बिज्ञप्ति जारी गर्दै उक्त निर्णय कार्यान्वयनका लागि आफूहरु आवासीय चिकित्सकको पक्षमा रहेको बताएका हुन्। त्यस्तै पीजीको सिट पनि नघटाउन भनिउको छ। चिकित्सा शिक्षा आयोगको १६ औं बैठकले आवासीय चिकित्सकलाई निर्वाह भत्ता ४८ हजार रुपैयाँ दिनुपर्ने निर्णय गरेको हो। त्यसअघि उनीहरुले जम्मा १९ हजारदेखि २४ हजारसम्म मात्र निर्वाह भत्ता दिँदै आइरहेका थिए। न्युन निर्वाह भत्तालाई लिएर १७ वटै निजी मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित छन्।
सामाग्री श्रोत :
swasthyakhabar

