२०८२ बैशाख ६ शनिबार
२०८२ बैशाख ६ शनिबार

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता जेठमा नहुने

काठमाडौं– दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता जेठमा आयोजना नहुने भएको छ । शुक्रबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड बैठकले प्रतियोगिताबारे सो निर्णय गरेको हो । बैठकमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले प्रतियोगिता नहुने बताएका हुन् ।

सरकारले जेठ ३ देखि १० गतेसम्म प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना गर्ने निर्णय गरेको थियो । राखेप उपाध्यक्ष धुर्व आचार्यसहित एमालेका बोर्ड सदस्यहरूले खेलकुदमन्त्रीलाई भेटेर प्रतियोगिताको विषयमा ध्यानाकर्षण गराएका थिए ।

Ncell 2
Ncell 2

सरकारको अहिलेको तयारी र समयले प्रतियोगिता जेठमा तोकिएको समयमा हुनसक्ने सम्भावना नदेखिएको सो समूहले जानकारी गराएको थियो । सो ध्यानाकर्षणपछि दशौंको तयारीको सन्दर्भमा निर्णय गर्न शुक्रबार बोर्ड बैठक आह्वान गरिएको थियो ।

shivam cement
shivam cement

खेलकुदमन्त्री चौधरीले खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हालेपछि तीन पटक प्रतियोगिताको मिति सारिसकेका छन् । पहिलो पटक प्रतियोगिता मङ्सिर २ देखि ९ गतेसम्म आयोजना गर्ने घोषणा गरिएको थियो । तर, सरकार परिवर्तन भएसँगै प्रतियोगिता अन्योलमा परेको थियो ।

दोस्रो पटक प्रतियोगिता चैत २३ देखि ३० गतेसम्म आयोजना गर्ने निर्णय गरियो । त्यसपछि प्रतियोगितालाई सारेर जेठको पहिलो साता पुर्‍याइएको थियो । सरकारले प्रतियोगिताका लागि ६० करोड रुपैयाँ बजेट विनियोजन गरिसकेको छ । कर्णाली प्रदेशले पहिलोपल्ट प्रतियोगिताको आयोजना गर्ने जिम्मेवारी लिएको हो । प्रतियोगितालाई लक्षित गर्दै प्रदेश सरकारले दुई अर्ब रुपैयाँभन्दा बढी लगानी गरेर खेलकुद पूर्वाधार निर्माण गरिसकेको छ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट