काठमाडौँ । चिनियाँ ईभी ब्रान्ड जेइकोले नेपाली बजारमा नयाँ एसयूभी ‘जे फाइभ’ भित्र्याउने तयारी गरेको छ । नेपालका लागि जेइकोको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले यो मोडेल सार्वजनिक गर्न लागेको हो ।

अफरोड तथा एडभेन्चर राइडिङका लागि डिजाइन गरिएको जे फाइभमा आधुनिक फिचरहरू राखिएको कम्पनीले जनाएको छ ।
यो गाडीको एक्स्टेरियर (बाहिरी आवरण) को डिजाइन प्रकृतिबाट प्रेरित भएको कम्पनीको भनाइ छ । झरनालाई झल्काउनेगरी वाटरफल ग्रिल फिचर राखिएको यो गाडी पाँच फरक एक्सटेरियर रंगमा उपलब्ध हुनेछ ।
गाडीमा अफरोड, मड, स्नो, स्पोर्ट, इको र नर्मल गरी ६ फरक ड्राइभिङ मोडहरू छन् । यात्राको सहजताका लागि ५४० डिग्रीको पानारोमिक रुफ दिइएको छ भने ७५ केजीसम्मको लोड गाडीको छानोमा राख्न सकिनेछ ।

गाडीमा १३२० एमएम चौडाइ भएका सिटहरूसहित प्रशस्त स्पेस उपलब्ध छ । ४८० लिटरको स्ट्यान्डर्ड ट्रन्क स्पेस रहेको गाडीको स्पेस ११८० लिटरसम्म बढाउन सकिने छ । १२५० केजीसम्मको ट्रेलर तान्न सक्ने क्षमतासमेत यो गाडीले राख्दछ ।
कम्पनीले जे फाइभलाई आउटडोर अफरोड राइडरहरूका साथै ‘पेट फ्रेन्ड्ली’ एसयूभीको रूपमा समेत प्रस्तुत गरेको छ ।
कम्पनीले यो मोडेलको मूल्य र उपलब्ध मिति चाँडै सार्वजनिक गर्ने जनाएको छ ।
पछिल्लो अध्यावधिक: चैत २९, २०८१ १८:१
सामाग्री श्रोत :
टेक पाना