२०८२ बैशाख ६ शनिबार
२०८२ बैशाख ६ शनिबार

घरायसी उपकरणमा विशेष छुटसँगै उपहार दिँदै एलिका ब्रान्ड

काठमाडौँ । नयाँ वर्ष २०८२ को अवसरमा सीजी इलेकट्रोनिक्स अन्तर्गत रहेको एलिका ब्रान्डले “लाइट अप विथ न्यु कुकिङ एक्सपिरियन्स” नामक विशेष अभियान सुरु गरेको छ । यस अभियानमार्फत ग्राहकहरूले एलिका ब्रान्डका अत्याधुनिक किचन उपकरण खरिदमा विशेष छुट र उपहारहरू प्राप्त गर्ने अवसर पाउनेछन् । 

ग्राहकहरूको खाना पकाउने अनुभवलाई अझ सहज, सुविधाजनक र रमाइलो बनाउने उद्देश्यका साथ यो अफर ल्याइएको हो । एलिकाका उत्पादनहरू नवीनतम प्रविधिमा आधारित रहेका छन्, जसले ऊर्जा बचत, उत्कृष्ट प्रदर्शन र दीर्घकालीन टिकाउपनको सुनिश्चितता प्रदान गर्ने दाबी गरिएको छ । 

यस अभियान अन्तर्गत, ग्राहकहरूले एलिकाका किचन उपकरणहरू जस्तै कुकटप/हब, कुकिङ रेन्ज, बिल्ट-इन ओभन/माइक्रोवेभ, र चिम्नी खरिद गर्दा निःशुल्क सीजी इलेक्ट्रिक केट्ली प्राप्त गर्न सक्नेछन् । यो अफरले ग्राहकहरूको नयाँ वर्षलाई अझ उपयोगी र आनन्ददायी बनाउने विश्वास कम्पनीले व्यक्त गरेको छ ।  

ग्राहकहरूको सुविधाका लागि, सीजी इलेक्ट्रोनिक्सले १५ वर्षको वारेन्टी, निःशुल्क डेलिभरी, ०% ब्याजदरमा ईएमआई, र निःशुल्क जडानको सुविधा उपलब्ध गराएको छ । साथै, पुराना उपकरणहरू सजिलै एक्स्चेन्ज गर्ने सुविधा पनि प्रदान गरिएको छ ।

 

पछिल्लो अध्यावधिक: चैत २९, २०८१ ८:१९





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट