२०८२ बैशाख ६ शनिबार
२०८२ बैशाख ६ शनिबार

शिक्षक महासंघ र शिक्षा मन्त्रालयबीच छलफल जारी

काठमाडौं– आन्दोलनरत शिक्षक र शिक्षा मन्त्रालयबीच छलफल सुरु भएको छ । केही बेरअघि सिंहदरबार परिसरमा महासंघका प्रतिनिधिहरूसँग मन्त्रालयले छलफल सुरु गरेको हो ।

शिक्षा मन्त्रालयका सूचना अधिकारी उपसचिव नीलकण्ठ ढकालका अनुसार छलफलमा शिक्षामन्त्री विद्या भट्टराई, शिक्षा सचिव दीपक काफ्ले सहित ४ जना र महासंघका तर्फबाट सहअध्यक्ष नानुमाया पराजुलीसहित ४ जना सहभागी छन् । छलफलले शिक्षकको आन्दोलन र आगामी दिनमा कसरी अघि बढ्ने भन्ने कुराको निर्क्यौल हुने सूचना अधिकारी ढकालले बताए ।

Ncell 2
Ncell 2

शिक्षकहरू २० चैतदेखि सडक आन्दोलनमा छन् भने सोमबारदेखि देशव्यापी शैक्षिक हडताल घोषणा गरेका छन् । सरकारले २१ र २६ चैतमा विज्ञप्तिमार्फत र २२ चैतमा पत्र लेखेर शिक्षकहरूलाई वार्तामा बोलाएको थियो ।

shivam cement
shivam cement

तर विगतमा भएका सहमति मन्त्रिपरिषद्बाट अनुमोदन र विद्यालय शिक्षा ऐन जारी गर्ने सुनिश्चिततासहितको प्रतिबद्धता सरकारी निकायबाट आए मात्र वार्तामा बस्ने भन्दै महासंघले विज्ञप्ति नै जारी गरेको थियो । अहिले पनि वार्ता र सहमति गर्नेभन्दा पनि विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने आफ्नो मुख्य माग रहेको महासंघले जनाएको छ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट