२०८२ बैशाख ८ सोमबार
२०८२ बैशाख ८ सोमबार

विदेशमा रहेका नेपालीलाई बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र नचाहिने

काठमाडौँ । विदेशमा रहेका नेपाली नागरिकलाई अब बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य नपर्ने भएको छ । बुधबार एक निर्देशन जारी गर्दै नियामक नेपाल राष्ट्र बैंकले विदेशमा बसोबास गर्ने नेपालीलाई यस्तो व्यवस्था गरेको हो ।

यसअघि, २०८१ माघ १ गतेदेखि बैंक तथा वित्तीय संस्थाहरूले राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा मात्र खाता खोल्नुपर्ने व्यवस्था गरिएको थियो । नयाँ निर्देशनअनुसार विदेशमा रहेका नेपालीले अनलाइनमार्फत खाता खोल्दा राष्ट्रिय परिचयपत्र नभए पनि अन्य आवश्यक कागजात पेस गरेर खाता खोल्न सक्नेछन् ।

यसरी खोलिएको खातामा खातावाला नेपाल फर्किएको ३५ दिनभित्र राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक गर्नुपर्नेछ । यसका साथै आफ्नो हेरचाह आफैँ गर्न नसक्ने, अशक्त र असहाय नागरिकले पनि राष्ट्रिय परिचयपत्रबिना नै अन्य कागजात पेस गरेर खाता खोल्न सक्ने व्यवस्था गरिएको छ ।

 

पछिल्लो अध्यावधिक: चैत २८, २०८१ १२:३३





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट