२०८२ बैशाख ६ शनिबार
२०८२ बैशाख ६ शनिबार

म्यानमारको भूकम्प प्रभावित क्षेत्रमा नेपाली टोलीले यसरी दिइरहेका छन् उपचार सेवा

म्यानमार- भूकम्पले क्षति पुगेको म्यानमारमा नेपालबाट गएका चिकित्सकसहितको मेडिकल टोलीले घाइते तथा बिरामीहरुलाई उपचार सेवा दिइरहेको छ।नेपालबाट चैत २० गते भूकम्प प्रभावित क्षेत्रमा औषधि लगायतका स्वास्थ्य सामग्री लिएर नेपाली टोली म्यानमार गएका छन्। म्यानमारमा चैत १५ गते ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पका कारण पाँच हजारभन्दा बढीको मृत्यु भएको छ भने हजारौं घाइते छन्।नेपालबाट खटिएको मेडिकल टोली म्यानमारको म्यान्डलेस्थित यामाथिन सहरमा उपचार सेवामा खटिएको छ। नेपालको टोलीले राखेको मेडिकल शिविरमा उपचार सेवा लिन आउने बिरामीको चाप बढीरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।नेपालबाट गएका टोलीमा विशेषज्ञ शल्य चिकित्सक प्राविधिक प्रमुख सेनानी डा विकासबहादुर रायमाझी, हाडजोर्नी विशेषज्ञ प्राविधिक प्रमुख सेनानी डा मोहित थापालगायत मेडिकल अधिकृत, नर्स तथा प्यारामेडिक रहेका छन्।निर्देशनालयका अनुसार मेडिकल टोलीले सात सयभन्दा बढी भूकम्पपीडितको उपचार गरी मेडिकल राहत सामग्री उपलब्ध गराएको छ। टोलीले गम्भीर घाइते भएका ६० जनाभन्दा बढीको जटिल शल्यक्रिया र ९० जनाभन्दा बढीको हाडजोर्नी उपचार गरिसकेको छ। एक हप्ताका लागि गएको टोलीले सञ्चालन गरेको शिविरमा सेवाग्राहीको चाप बढेपछि थप एक सता बसेर सेवा दिने भएका छन्। 
सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट