२०८२ बैशाख ७ आईतवार
२०८२ बैशाख ७ आईतवार

बारको अध्यक्षमा प्रा डा मिश्र विजयी हुने निश्चित

काठमाडौं। नेपाल बार एशोसिएशनको २७औँ केन्द्रीय कार्यसमितिमा अध्यक्षका उम्मेदवार वरिष्ठ अधिवक्ता प्रा डा विजयप्रसाद मिश्र विजयी हुने निश्चित भएको छ।

नेपाल बार एशोसिएशन निर्वाचन २०८१ को प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाका अनुसार नौ हजार चार सय ३७ मत गणना गर्दा अध्यक्षको उम्मेदवार वरिष्ठ अधिवक्ता प्राडा मिश्रले चार हजार आठ सय ९२ मत र उनका निकटतम् प्रतिद्वन्द्वी वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले दुई हजार दुई सय २९ मत प्राप्त गरेका छन्। अब ५६० मत मात्रै गणना गर्न बाँकी छ।

महासचिवमा वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले चार हजार सात सय चार र महासचिवका अर्का उम्मेदवार यज्ञमणि न्यौपानेले दुई हजार २९ मत प्राप्त गरेका छन्।

प्रमुख निर्वाचन अधिकृत निरालाका अनुसार आजका लागि मतगणना यतिमै रोकेर भोलि बिहान ८ बजेबाट पुनःगणना गुरू गरिनेछ। बारको नयाँ कार्यसमितिका लागि शनिबार मतदान भएको थियो।

बारको नयाँ कार्य समिति चयन गर्न नौ हजार नौ सय ९७ मतदाता रहेकामा सात हजार नौ सय ९५ (८० प्रतिशत) मत खसेको थियो। कूल २५ जना रहने कार्यसमितिका लागि ५७ जनाको उम्मेदवारी परेको थियो।

बारको नयाँ नेतृत्वका लागि अध्यक्षमा बृहत लोकतान्त्रिक, प्रगतिशील, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्रा डा मिश्र र व्यावसायिक कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता श्रेष्ठबीच प्रतिस्पर्धा भएको थियो।

वरिष्ठ अधिवक्ता प्रा डा मिश्रको समूहमा महासचिवमा वरिष्ठ अधिवक्ता कोइराला रहेका छ भने वरिष्ठ अधिवक्ता श्रेष्ठको समूहमा अधिवक्ता न्यौपानेको रहेका छन्।


सामाग्री श्रोत :

बारको अध्यक्षमा प्रा डा मिश्र विजयी हुने निश्चित

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट