२०८२ बैशाख ७ आईतवार
२०८२ बैशाख ७ आईतवार

लुम्बिनी विकास बैंकले सुरु गर्‍यो नेपालपे कार्ड, केके छन् सुविधा ?

काठमाडौँ । लुम्बिनी विकास बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँगको सहकार्यमा नेपालपे कार्ड सेवा सुरु गरेको छ । यससँगै बैंकले आफ्ना ग्राहकलाई कार्ड भुक्तानी सेवामा थप सहजता प्रदान गर्ने भएको छ ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतासँगै लुम्बिनी विकास बैंकले नेपालपे कार्ड जारी गर्ने र स्वीकार गर्ने दुवै सेवा उपलब्ध गराउनेछ ।

एनसीएचएलले हालै नेसनल पेमेन्ट सिस्टम (एनपीएस-एनसीएस) को पूर्वाधार तयार भएको घोषणा गर्दै बैंक तथा वित्तीय संस्थालाई नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम नेपालपे कार्डमा आबद्ध हुन आह्वान गरेको थियो । यसै क्रममा लुम्बिनी विकास बैंकले यो सेवा सुरु गरेको हो ।

एनपीएस-एनसीएसले विभिन्न कार्ड स्विचहरूबिच अन्तरआबद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबारको रुटिङ र सेटलमेन्टलाई सहज बनाउने लक्ष्य लिइएको छ । यसको पूर्ण कार्यान्वयनपछि डोमेस्टिक कार्ड कारोबारको लागत घट्ने, डेटा स्थानीयकरण सुनिश्चित हुने र डिजिटल इकोसिस्टममा थप नवीन उपकरणको विकास हुने अपेक्षा गरिएको छ ।

एनसीएचएलले ५४ भन्दा बढी बैंक तथा वित्तीय संस्था, अधिकांश पीएसओ र पीएसपी तथा १०० भन्दा बढी गैर-बैंकिङ सदस्यलाई विभिन्न राष्ट्रिय भुक्तानी प्रणाली सञ्चालन गरी सेवा दिँदै आएको छ ।

लुम्बिनी विकास बैंकले देशभर रहेका ८९ शाखा र २० एटीएम टर्मिनलमार्फत ६ लाखभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ तथा वित्तीय सेवा प्रदान गर्दै आएको छ । 

के हो डोमेस्टिक कार्ड स्किम (नेपाल पे कार्ड) ?

एटीएममा पैसा झिक्न जाँदा सम्पूर्ण विवरण प्रविष्ट गरिसकेपछि पैसा निस्किन केही समय लाग्छ । त्यो समय के को लागेको होला ? हाल नेपालका बैंक तथा वित्तीय संस्थाहरूले अन्तर्राष्ट्रिय कार्ड उपलब्ध गराइरहेका छन् । यसले गर्दा तपाईं एटीएममा गएर पैसा झिक्दा केही समय लाग्छ अन्तर्राष्ट्रिय डेटा राउटिङका कारण ।

अर्थात् तपाईंले पैसा प्राप्त गर्नुभन्दा अगाडिको जुन ५-६ सेकेन्ड समय छ, त्यो समयमा तपाईंले प्रविष्ट गरेको डेटा तपाईंको बैंक हुँदै तपाईंले बोकेको कार्डको डेटा सर्भर भएको देशसम्म पुगेर फर्कन्छ । जसले गर्दा पैसा निस्किन समय लाग्छ । यो प्रक्रिया अन्तर्राष्ट्रिय कार्ड स्किमभित्र पर्दछ ।

अब यही प्रक्रियालाई डोमेस्टिक कार्ड स्किमको रूपमा बुझ्दा, हामीले एटीएममा गएर आफ्नो विवरण प्रविष्ट गरिसकेपछि जुन डेटा विदेश घुमेर आउँथ्यो, अब त्यो नेपालभित्रै एनसीएचएलको सर्भरमा घुम्नेछ ।

अर्थात्, नेपालको डेटा नेपालमै रहनेछ । अर्को कुरा, यो स्किम अन्तर्गत तपाईंले कुनै एउटा बैंकको एटीएम अन्य बैंकको एटीएमहरूमा पनि प्रयोग गर्न सक्नुहुनेछ । जसरी अहिले आफ्नो बैंकको कार्ड अन्य बैंकको एटीएममा पनि प्रयोग गरिरहनु भएको छ । सोही अनुरूप यो कार्ड पनि सम्पूर्ण नेपाली बैंकहरूको नेटवर्कमा काम गर्नेछ । त्यसैले पनि यसलाई डोमेस्टिक कार्ड स्किम भनिन्छ ।

यस प्रणालीको महत्त्वपूर्ण पक्ष भनेको, यसअन्तर्गत हुने कारोबारको डेटा स्थानीय स्तरमै नियन्त्रण हुनु हो । यही अवधारणा अनुरूप नेपाल पे कार्ड तयार गरिएको हो । राउटिङ, क्लियरिङ र सेटलमेन्ट नेपालभित्र नै हुनेछ । यसलाई विश्वस्तरमा हेर्ने हो भने हाल छिमेकी देश भारतसँगै विश्वका विभिन्न देशले अन्तर्राष्ट्रिय कारोबारको सुविधासहित डोमेस्टिक कार्ड स्किम सञ्चालन गरिरहेका छन् ।

नेपाल पे कार्डले केके काम गर्छ ? 

अहिले हामीले जसरी हाम्रो बैंकहरूबाट डेबिट वा क्रेडिट कार्ड पाउँछौं, त्यसैगरी नेपाल पे कार्ड पनि डेबिट, क्रेडिट, प्रिपेड र भर्चुअल कार्डका रूपमा उपलब्ध हुनेछ । यसमा अनलाइन भुक्तानीदेखि लिएर अन्तरआबद्ध भएका बैंकको एटीएमबाट पैसा झिक्न पनि मिल्नेछ ।

हाल यो सुरुवाती चरणमा नै भएकाले, देशभित्र मात्र यो कार्ड प्रयोग गर्न सकिनेछ । तर, यसलाई अन्तर्राष्ट्रिय स्तरमा पनि प्रयोगमा ल्याउनका लागि काम भइरहेको एनसीएचएलले बताएको छ ।

पछिल्लो अध्यावधिक: चैत २७, २०८१ १३:५७





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट