२०८२ बैशाख २८ आईतवार
२०८२ बैशाख २८ आईतवार

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकलाई समाजवादको बाटोमा अघि बढाउन देशभक्त शक्तिहरु एकताबद्ध हुनुपर्ने आवश्यकता औँल्याएका छन्।

नेपालको वामपन्थी तथा लोकतान्त्रिक आन्दोलनका योद्धा रत्नकुमार बान्तवाको ७३औँ जन्मजयन्ती एवं ४६औँ स्मृति दिवसका अवसरमा आज श्रद्धासुमन व्यक्त गर्दै उनले मुलुकको राष्ट्रियतालाई संरक्षण गर्दै जनताका जल्दाबल्दा समस्यालाई सम्बोधन गर्न एकताबद्ध हुनुपर्ने बताएका हुन्।

‘समाजवादको दिशामा देश, जनता र राष्ट्रलाई अघि बढाएर मात्र हामीहरु अमर सहिद रत्नकुमार वान्तवाप्रति सच्चा श्रद्धाञ्जली अर्पण गर्न सक्छौँ। त्यसैले आउनुहोस् यो देशका समस्त देशभक्त, प्रगतिशील र वामपन्थी शक्तिहरु एकताबद्ध बनौँ र समाजवादको उच्चतम लक्ष्य तिर अघि बढौँ’, उनले भनेका छन्।

विसं २००८ चैत २७ गते जन्मिएका नेपालको वामपन्थी तथा लोकतान्त्रिक आन्दोलनका योद्धा रत्नकुमार वान्तवालाई तत्कालीन पञ्चायती शासकले इलामको इभाङ्ग (हाल माङ्सेबुङ्ग गा.पा) मा २०३५ साल चैत २७ गते गोली हानी हत्या गरेको थियो।


सामाग्री श्रोत :

देशभक्त शक्तिहरु एकताबद्ध हुनुपर्छ: पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं। यही चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा घाइते भई उपचारका लागि अस्पताल पुगेका १२९ जनामध्ये पाँच जनाबाहेक सबै उपचारपछि घर फिर्ता भएका छन्।

प्रदर्शनका घाइतेमध्ये ५९ जनाको सामान्य उपचार, ५७ जनाको सामान्य शल्यक्रिया र १३ जनाको आकस्मिक शल्यक्रिया भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। आकस्मिक शल्यक्रिया भएकामध्ये राष्ट्रिय ट्रमा सेन्टरमा दुई जना, निजामती कर्मचारी अस्पताल, काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल र बि एण्ड बि अस्पतालमा एक÷एक जना गरी पाँच जना हाल उपचाररत छन्। बाँकी सबै उपचारपश्चात घर फिर्ताभएका मन्त्रालयले आज विज्ञप्तिमार्फत जनाएको छ।

आजै गृहमन्त्री रमेश लेखक, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीलगायतको टोलीले उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। स्वास्थ्य मन्त्रालयले सबै अस्पतालहरूले निःशुल्क उपचार व्यवस्थापन गरिरहेको उल्लेख गर्दै घाइतेहरूको उपचार व्यवस्थापनमा लागेको सम्पूर्ण खर्च विवरण संलग्न राखी कागजातसहित मन्त्रालयमा सोधभर्नाका लागि पठाउन अनुरोध गरेको छ।


सामाग्री श्रोत :

तीनकुने घटनाः १२५ जना घाइते उपचारपछि घर फर्के

काठमाडौं । नेपालमा डिजिटल भुक्तानी प्रयोगकर्ताहरूलाई लक्षित गरी ‘The_Alert’, ‘AT_Alert’ जस्ता  नामबाट पठाइने फिशिङ एसएमएस आतंकले इसेवा र खल्ती वालेटसँगै कनेक्ट आईपीएस (connectIPS) प्रयोगकर्तालाई पनि निशाना बनाएको छ । कनेक्ट आईपीएस सञ्चालन गर्ने नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले आफ्ना प्रयोगकर्ताहरूलाई यस्ता भ्रामक मेसेजबाट सचेत रहन र कुनै पनि शंकास्पद लिङ्कमा क्लिक नगर्न अनुरोध गरेको छ ।

यसअघि इसेवा र खल्तीले पनि ‘The_Alert’ वा यस्तै मिल्दोजुल्दो नामबाट ‘खाता निलम्बन (Account Suspended) भयो’ वा ‘खातामा समस्या आयो’ जस्ता झूटा मेसेज पठाई प्रयोगकर्ताको गोप्य विवरण चोर्ने प्रयास भइरहेको भन्दै आफ्ना प्रयोगकर्तालाई सचेत गराइसकेका छन् । अहिले यही शैली अपनाएर कनेक्ट आईपीएस प्रयोगकर्तालाई निशाना बनाउन थालिएको हो ।

एनसीएचएलले जारी गरेको सूचनामा भनिएको छ, “The-Alert नामबाट connectIPS को account suspended भयो भन्ने लगायतका Messages पठाएर ठगी गर्ने कार्य बढिरहेको छ । तपाईंलाई पनि यस्ता Message हरु आइरहेको छ भने ती Link हरुमा Click नगर्नुहोस् ।”

एनसीएचएलले यस्ता लिङ्कहरू फिशिङ/स्क्याम/फ्रड हुन सक्ने र क्लिक गर्दा प्रयोगकर्ताको डिभाइस वा खाता नै ह्याक (कम्प्रोमाइज) हुनसक्ने गम्भीर जोखिम औंल्याएको छ ।

एनसीएचएलले ‘NCHL_ALERT’ वा ‘NCHL-ALERT’ बाट मात्र आधिकारिक मेसेज पठाउने स्पष्ट पारेको छ । यसबाहेक अन्य कुनै पनि नामबाट आएका मेसेजहरू पूर्ण रूपमा नक्कली भएको कम्पनीले उल्लेख गरेको छ ।

एनसीएचएलले प्रयोगकर्ताहरूलाई यस्ता नक्कली एसएमएस प्राप्त भएमा [email protected] मा ईमेलमार्फत जानकारी गराउन पनि अनुरोध गरेको छ ।

यो पनि पढ्नुहोस्: AT_Alert को नाममा मोबाइलमा यस्तो मेसेज आयो ? क्लिक नगर्नुहोस्, इसेवा अकाउन्ट नै रित्तिएला

खल्ती र इसेवाले यसअघि नै दिएका थिए चेतावनी

बुधबार नै खल्तीले पनि ‘The_Alert’ नामबाट आउने यस्तै मेसेजहरूबारे सूचना जारी गर्दै भनेको थियो, “सो लिङ्क click गरी आफ्नो विवरणहरू Share नगर्नुहोस् ।” इसेवाले पनि ‘AT_Alert’ जस्ता नामबाट आउने फिशिङ आक्रमणबारे प्रयोगकर्तालाई सचेत गराएको छ ।

यी सबै घटनाले एउटै प्रकृतिको संगठित साइबर ठगी समूह सक्रिय रहेको विश्लेषकहरू बताउँछन् । प्रयोगकर्ताको सानो गल्तीको फाइदा उठाउँदै उनीहरूको खाताबाट रकम चोर्ने प्रयास भइरहेको देखिन्छ ।

यो पनि पढ्नुहोस्: अकाउन्ट सस्पेन्सन चेतावनीसहित अलर्ट मेसेजको नाममा खल्ती प्रयोगकर्तामाथि स्क्यामरको निशाना ! 

कसरी हुन्छ ठगी ?

‘The_Alert’ बाट प्राप्त मेसेजमा दिइएको लिङ्क क्लिक गर्दा प्रयोगकर्तालाई सक्कली जस्तै देखिने, तर नक्कली लगइन पेजमा पुऱ्याइन्छ (जस्तै, नक्कली कनेक्ट आईपीएस, खल्ती वा इसेवाको लगइन पेज) । प्रयोगकर्ताले आफ्नो युजरनेम (मोबाइल नम्बर/युजर आईडी) र पासवर्ड हाल्ने बित्तिकै त्यो विवरण स्क्यामरसम्म पुग्छ ।

त्यसपछि, नक्कली पेजले ओटीपी (वन टाइम पासवर्ड) माग्छ । प्रयोगकर्ताको मोबाइलमा आएको वास्तविक ओटीपी उनीहरूले नक्कली पेजमा हाल्ने बित्तिकै स्क्यामरहरूले सो ओटीपी प्रयोग गरेर वास्तविक खातामा पहुँच बनाउँछन् र तुरुन्तै रकम अन्यत्र सार्न सक्छन् ।

कसरी बच्ने ?

पछिल्लो अध्यावधिक: चैत २७, २०८१ २१:५८





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– फरार अवस्थामा रहेका व्यवसायी दुर्गा प्रसाईं फेरि गुप्त स्थानबाट नयाँ भिडिओमा प्रस्तुत भएका छन् । उनले आफ्नो सुरक्षा ग्यारेन्टी गरिएको खण्डमा २४ घन्टाभित्रै सार्वजनिक हुने घोषणा गरे ।

प्रसाईंको सचिवालयको फेसबुक पेजबाट भिडिओ सार्वजनिक भएको हो । साढे आठ मिनेट लामो भिडिओमा प्रसाईंले आफू नेपालमै रहेको दाबी गरेका छन् ।

Ncell 2
Ncell 2

गत चैत १५ को आन्दोलनमा मारिएका दुई युवाको परिवारलाई ५-५ लाख रुपैयाँ दिने घोषणा पनि उनले गरे । आफू बाहिर आएपछि उक्त रकम दिने उनले बताए ।

shivam cement
shivam cement

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं। नेपाल पत्रकार महासंघले दिवङ्गत स्वर्गीय पत्रकार सुरेश रजकको सम्झनामा आज बेलुका माइतीघरमा मण्डलामा दीप प्रज्वलन गरेको छ।

महासंघको अगुवाइमा पत्रकारहरुले माइतीघर मण्डलामा दीप प्रज्वलन गरी यही चैत १५ गते दिवङ्गत हुनुभएका पत्रकार रजकप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन्।

पत्रकारहरूले सुरेशको नाम लेखेर मैनबत्ती बालेका थिए। पूर्वराजाका समर्थकहरुले तीनकुनेमा गरेको प्रदर्शनका क्रममा घरभित्र रहेका रजकको जलेर मृत्यु भएको थियो।

त्यसैगरी महासंघका उपाध्यक्ष उमितप्रसाद वाग्चनको प्रतिनिधिमण्डलले दिवङ्गत पत्रकार रजकको १३औँ पुण्यतिथिमा आज परिवारलाई भेटगरी समवेदन पनि व्यक्त गरेको छ।


सामाग्री श्रोत :

दिवङ्गत पत्रकार सुरेश रजकको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफूलाई लिएर सामाजिक सञ्जालमा ट्रोल र मिम बनाएकोमा आपत्ति जनाएका छन् । चैत १५ गतेको राजावादी आन्दोलनपछि सम्पर्कविहीन प्रसाईंले बुधबार सामाजिक सञ्जालमा एक भिडिओ सार्वजनिक गर्दै यस्तो बताएका हुन् । 

उक्त भिडिओ सन्देशमा प्रसाईंले आफूलाई ‘जोकर’ र ‘मुर्गा प्रसाईं’ भनेर ट्रोल र मिम बनाएको देख्दा अचम्म लागेको प्रतिक्रिया दिएका छन् । “खास गरेर धेरै मिडियाहरूमा मेरो विषयमा मिम बनाउने कुरा, मलाई जोकर बनाउने कुरा आए । दुर्गा प्रसाईं, मुर्गा प्रसाईं भनेर जुन हिसाब किताबका कुराहरू आए । ती देखेर मलाई अचम्म लाग्यो,” उनले भनेका छन् ।

उनले अगाडि थपे, “म साथीहरूलाई के भन्न चाहन्छु भने हजार माइलको यात्रा पनि शून्यबाट सुरु हुन्छ । भिजन भनेको एउटा व्यक्तिबाट सुरु हुने हो । यात्रा भनेको पनि एउटा व्यक्तिले नै सुरु गर्ने हो । र, यस्ता अप्ठ्यारा कुराहरू एउटा व्यक्तिबाटै सुरु हुन्छ र एउटा व्यक्तिबाटै विचार हुन्छ ।”

प्रसाईंले चैत १५ गतेको घटनाबारे पनि बोलेका छन् । आफूहरूले शान्तिपूर्ण प्रदर्शन गर्न खोजे पनि प्रहरीले अश्रुग्यास प्रहार गरेपछि कार्यक्रम बिथोलिएको उनको आरोप छ । 

चैत १५ को प्रदर्शनअघि सरकारसँग डटेर लड्ने र कतै नभाग्ने बताएका प्रसाईं घटनापछि एकाएक सम्पर्कविहीन भएका थिए । यही विषयलाई जोडेर उनी फरार भएको भन्दै सामाजिक सञ्जालमा ट्रोल र मिमहरू बनेका थिए ।

प्रसाईंको सचिवालयले​ सार्वजनिक गरेको ८ मिनेट ३० सेकेन्डको भिडिओमा पृष्ठभूमि हटाइएको (ग्रिन स्क्रिन प्रयोग गरिएको) देखिन्छ । यसअघि उनले मन्दिर अगाडि बसेर खिचेको भिडिओ सार्वजनिक गर्दै आफू काठमाडौँमै रहेको दाबी गरेका थिए । तर, भिडिओको पृष्ठभूमिमा देखिएको मन्दिर नेपालको नभएको भन्दै विभिन्न सञ्चारमाध्यमहरूले उनी भारत पुगेको हुनसक्ने अड्कल गरेका थिए ।

पछिल्लो अध्यावधिक: चैत २७, २०८१ २०:५९





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेससँगको सहकार्य २०८४ को चुनावपछि पनि कायम रहने दाबी गरेका छन् ।

नेपाल चेम्बर अफ कमर्शको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले आजभोलि नै सरकार परिवर्तन हुने हल्लामा कुनै सत्यता नभएको बताए ।

Ncell 2
Ncell 2

उनले भने, ‘हाम्रो देशलाई अब विकासमा अगाडि बढाउन एकपछि अर्को अनुकूलता छ । देशमा सबैभन्दा ठूला योगदान गरेका, इतिहास बोकेका जिम्मेवार पार्टी कम्फर्टेबल बहुमतसहित सरकारमा छन् । स्थिरता र स्थायित्व छ, रहन्छ पनि । अहिले सरकार परिवर्तन भइहाल्छ अर्को आइहाल्छ भन्ने स्थिति छैन । यो २०८४ को चुनावसम्म जान्छ र त्यसपछि पनि यो सिलसिला कायम रहन्छ ।’

shivam cement
shivam cement

प्रधानमन्त्री ओलीले दुई ठूला पार्टी मिलेर सरकार बनाएकाले देशमा तीव्र विकासको अवसर भएको जिकिर गरे । उनले आफू पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने दोहोर्‍याए ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्(एनएचआरसी)ले राष्ट्रिय स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको ११औं शिखर सम्मेलन गर्दैछ। चैत २८ देखि ३० गतेसम्म द सोल्टी होटेल, काठमाडौंमा उक्त सम्मेलन आयोजना गर्न लागिएको छ। अनुसन्धानका विषयमा अनुनसन्धानकर्ताका साथै नीति निर्माता, राजनीतिक नेतृत्व, सरोकारवाला आदिलाई एक ठाउँमा ल्याउने क्रमको ११ औं संस्करण हो। अनुसन्धानको आवश्यकता बढ्दो छ तर अनुसन्धानमा काम गर्ने संस्थाहरु स्रोतसाधनका हिसाबले त्योअनुसार बलियो देखिदैन। सम्मेलन र स्वास्थ्य अनुसन्धानलाई लिएर सदस्य सचिव डा प्रमोद जोशीसँग गरिएको संवाद : एघारौं शृंखलामा कुन विषयलाई प्राथमिकतमा राखेर छलफल हुँदैछ ? हाम्रो अहिलेको थिम पहिलेको भन्दा समय सापेक्ष बनाएका छौं । स्वास्थ्य, जलवायु र जनसंख्यामा परिवर्तनः दिगो र समातामुलक भविष्यको लागि उत्थानशील स्वास्थ्य प्रणाली हाम्रो मुख्य थिम हो।  विशेषगरी जलवायु परिवर्तनका कारण स्वास्थ्य क्षेत्रमा उत्पन्न भएका र हुनसक्ने सम्भावित चुनौतीहरू, स्वास्थ्य प्रणालीको उत्थानसिलता र स्वास्थ्य सेवामा समान पहुँचको सुनिश्चितता जस्ता विषयमा हामी छलफल गर्दैछौं। यसका साथै स्वास्थ्य बीमा कार्यक्रम, दक्ष स्वास्थ्यकर्मी र विज्ञहरूको पलायन, जनसंख्याको परिवर्तनसँग सम्बन्धित विविध पक्षहरू मानसिक रोग, सर्ने तथा नसर्ने रोगहरु र अनुसन्धान नियमन जस्ता स्वास्थ्य क्षेत्रका सान्दर्भिका विषयमा छलफल र प्रस्तुतिकरण रहनेछन्। हाम्रो राष्ट्रिय प्राथमिकतामा एन्टिमाइक्रोबियल रेसिस्टेन्ट (एएमआर)को विषय छ । ह्युमन र एनिमलमा एएमआरको कुरा भइरहेको छ। इन्भाइरोमन्टको भएको छैन । त्यसलाई पनि जोड्ने कोशिस गरेका छौं । छलफलहरु, अध्ययनहरु र प्रस्तुतिहरु पनि यिनै थिममा केन्द्रीत भएर मागिएका हुन् वा विषय विविधता पनि छन् ?हामीले दुईजना कि नोट स्पिकर राखेका छौं । एकजना राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा शिवराज अधिकारी हुनुहुन्छ भने अर्को विश्व स्वास्थ्य संगठनको चिफ साइन्टिसिस्ट हुनुहुन्छ । उहाँहरुले संसारमै भइरहेको अध्ययनको जटिलता बताउनुहुनेछ । नेपाल अनुसन्धानको फेज ३ सम्म पुगेको छ। फेज २ मा पुग्न नसक्नुका विषयमा पनि उहाँहरुले बताउनुहुनेछ। शिखर सम्मेलनबाट हामीले कस्तो अपेक्षा गरेका छौं ? शिखर सम्मेलनमा हामीले अहिले रिसर्चहरु कसरी भइरहेका छन्? कुन अवस्थामा छन्? कहाँ पुगेका छन् ? भन्ने कुरा सबैको माझमा पस्किने हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुले त्यसैमा रहेर छलफल गर्नुहुनेछ । त्यही हिसाबले हामीले सेसन राखेका छौं । त्यसैमा आधारित रहेर विचार, विमर्श र निचोड आउनेछन्।  अर्को हाम्रा साझेदार संस्था, दातृनिकाय, ब्युरोक्रेट,  नीति निर्माता, राजनीतिज्ञ समेत राखेर निष्कर्षमा पुग्ने र त्यसलाई नीति निर्माणमा बदल्ने योजना छ।  स्वास्थ्य उपचार वा निरोधात्मक कार्यक्रमका लागि आफ्नै अनुसन्धान जरुरी हुने कुरा उठ्दै आएको छ। तर, स्वास्थ्य अनुसन्धान परिषद्ले त्योअनुसार काम गर्न कोशिस मात्रै गरेको छ, सक्षम हुन सकेको छैन। त्यसका पछाडि स्रोत, जनशक्ति वा के कुराको कमी छ ?कुनैपनि रिसर्च गर्नु मात्रै पर्याप्त होइन, त्यसको निष्कर्ष निक्लिनु पर्योष । रिसर्च गर्नु र निष्कर्ष निक्लिनुबीच धेरै नै ठूलो स्रोतसाधन र जनशक्ति आवश्यक हुन्छ । मुख्य कुरा दक्ष जनशक्ति नै भयो । दक्ष जनशक्तिको कुरा गर्दा जम्मा २२-२३ जना कर्मचारीले नेपाल स्वास्थ्य अनुसन्धान परिषद् धानेको अवस्था छ । हामीले विनियम संशोधन गरेर, पारित गरेर स्थायी प्रकृतिका कर्मचारी यहाँ राख्न आवश्यक छ । जुन दिनदेखि स्थापना भयो, त्यो दिनदेखि आजसम्म जतिजना कर्मचारी छन्, त्यतिमै सिमित छन्। जो रिटायर्ड भएका छन्, तिनीहरुको पदपूर्ती पनि हुन सकेको छैन।  हामीले कम भन्दा स्रोतसाधनमा काम गरिरहेको अवस्था छ। आजभन्दा १० वर्षअघिको अहिलेको बजेट हेर्ने हो भने ७-८ गुणा कम भएर गएको छ। हरेक वर्ष कम हुँदै गएको छ। हरेक वर्ष महंगाइ बढेको छ। काम गर्ने क्रम बढेको छ। तथ्यांक संकलन गर्नेको भत्ता बढेको छ, यातायात बढेको छ। अनुसन्धान गर्नका लागि बजेट एकदमै न्युन छ।  स्रोतसाधन र बजेटको कमीले गर्दा हामीले अन्तर्राष्ट्रिय तहमा अनुसन्धान पुर्या उन जति कोशिस गरेपनि सकेका छैनौं ।  तथापि हामीले नेपाललाई सान्दर्भिक अनुसन्धान सुरु गरिसकेका छौं । भिटामिन डी को रिफ्रेन्स रेन्ज हामीले विदेशीको मानिरहेका छौं । तर, अहिले तपाईं हाम्रै ब्लड जाँच गर्दा भिटिमिन डी डिफिसेन्सी देखिन्छ। हामीलाई एभिडेन्स प्र्याक्टिस हुन्छ । केही राष्ट्रिय प्राथमिकताका कार्यक्रम रोकिएका छन्, ती पनि अघि बढाउने कोशिस गरिरहेका छौं ।एनएचआरसी बाहिरबाट हेर्दा स्वास्थ्य मन्त्रालयसँगै जोडिएको ‘पावरफुल’ संस्था देखिन्छ। भौतिक पहुँच यतिनिकट हुँदा पनि बजेट तथा स्रोतसाधनमा कमजोर पहुँच किन भयो ?मैले मात्रै यसको उत्तर दिनसक्ने अवस्था छैन । हामीले आर्थिक मन्दी सुनिरहेका छौं,  त्यसले पो हो कि ?  वा अरु केही होला । तर, कतिपय विषयहरु, जुन संसदमै  नियमित उठिरहेका हुन्छन्। जस्तो, सिकलसेलका विषयमा, क्यान्सरका विषयमा पनि संसद्मै उठेका छन्। डेंगी पहाडतिर पुगेको छ। प्राथमिकतामा रहेका विषयलाई राज्यले नै प्राथमिकतामा राखेर सम्पूर्ण स्रोतसाधन लगाउनुपर्छ भन्ने हाम्रो धारणा हो। अनुसन्धानका विषयमा नीति निर्माता तथा राजनीतिक नेतृत्वलाई बुझाउन हामीले नसकेका हौं वा बुझ्न नखोजिएको हो?केही समयअघिसम्म धेरैको अनुसन्धानमा रुचि थिएन । अनुसन्धानका लागि मान्छे खोज्दा पनि पाइन्नथ्यो । अहिले त्यो अवस्थाबाट हामी बाहिर आएका छौं । अहिले चाख बढेको छ। हामीले २५-३० जनालाई हस्पिटल वा प्रतिष्ठानमा तालिम दिने भन्यौं । तर, चितवनमा अस्ति ७८ जनाले रुचि देखाउनुभयो। हामीले सबैलाई तालिम दियौं । नयाँ पुस्तामा रुचि छ । उनीहरुलाई कसरी प्रोत्साहन गर्ने भन्नेतर्फ पनि हामी लागिरहेका छौं । अहिले ७ वटै प्रदेशमा एनएचआरसीलाई विकेन्द्रीकरण गर्ने भनेर पाँच सदस्यी कमिटी पनि बनाएका छौं । हामीले सबै प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री र सचिवसँग भेटघाट गरेका छौं । हामीले दुई हप्ताभित्र कार्यविधि बनाउँदैछौं । अहिलेसम्म प्रदेशमा रिसर्चमा छुट्याएको बजेट फ्रिज भएको छ। अब उप्रान्त सातवटै प्रदेशमा हामीले हाम्रो कार्यक्षेत्र विस्तार गर्दा त्यसको उपयोग पनि हुनेछ र जनशक्ति पनि बढ्नेछ।  चिकित्साको एमबीबीएसमा समेत रिसर्च भन्ने विषय नै राखिएको छैन । त्यसैले करिकुलममा पनि राख्नुपर्छ भन्ने कुरामा समेत हाम्रो जोड छ। 
सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुभएका भारतका कृषि तथा किसान कल्याणमन्त्री शिवराजसिंह चौहानले आज शिष्टाचार भेट गरेका छन्।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)का कृषिमन्त्रीहरुको बैठकका लागि नेपाल आएका मन्त्री चौहानले प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन्। मन्त्री चौहानले नेपाल र भारतबीचको परम्परादेखिको सम्बन्धका आयामबारे चर्चा गर्दै दुवै मुलुक मिलेर कृषिको आधुनिकता, खाद्यसुरक्षा र आर्थिक विकासका लागि काम गर्नुपर्नेमा जोड दिए।

उनले द्विपक्षीय सम्झौता र संयुक्त कार्यसमूहहरुलाई गतिका साथ अगाडि बढाउनुपर्ने र सानातिना अल्झनका मुद्दा छाडेर थाँती रहेका महत्त्वपूर्ण विषयमा समान चिन्ताका साथ गतिशील रुपमा काम गर्न आफू तयार रहेको बताए। उनले हालै थाइल्याण्डको बैंककमा प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको भेटवार्ताले दुई देशका बीचमा आशाजनक भविष्य कोरेको उल्लेख गरे।

प्रधानमन्त्री ओलीले मानवीय जीवन बचाउन र उद्यमशीलताको विकास गर्न सबैभन्दा महत्त्वपूर्ण क्षेत्र कृषि भएकाले यसको आधुनिकीकरणसहित आर्थिक विकासका लागि दुई छिमेकी मिलेर अघि बढ्नुपर्नेमा समान धारणा व्यक्त गरे।

प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीसँग थाइल्याण्डमा भएको भेटवार्ताले विश्वासका वातावरण बनेकाले अब इतिहास वा भावनामा मात्रै नबगी आर्थिक विकासका लागि मिलेर अगाडि बढ्ने उल्लेख गरे। उनले बद्लिँदो विश्व परिवेशलाई आत्मसात् गर्दै त्यसबाट पर्नसक्ने नकारात्मक प्रभावलाई ध्यान दिएर राष्ट्रिय, क्षेत्रीय र अन्तरराष्ट्रिय स्वार्थका लागि एकजुट हुनुपर्नेमा जोड दिए।

भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तबलगायत सहभागी थिए।


सामाग्री श्रोत :

प्रधानमन्त्री ओलीसँग भारतीय कृषिमन्त्री चौहानको भेट

काठमाडौं । नेपालस्थित स्काईवेल ईभीको आधिकारिक बिक्रेता जी मोटर्स प्रालिले ‘ड्राइभ स्काइवेल २०२५ नेपाल टु युरोप’ नामक नयाँ स्किम घोषणा गरेको छ । यस स्किमअन्तर्गत ग्राहकले स्काइवेल ईभी खरिद गर्दा वा ड्राइभ टेस्ट गर्दा युरोप टुरको प्याकेज पाउन सक्नेछन् ।

जी मोटर्सले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी यो स्किमबारे जानकारी दिएको हो । स्किममा छनोट भएका सहभागीले सात दिने युरोप टुर प्याकेज पाउनेछन् । जसमा फ्रान्समा ड्राइभिङ टुरदेखि टेस्ट ड्राइभसम्मका गतिविधिमा सहभागी हुन पाइनेछ ।

यस योजनाअन्तर्गत स्काईवेल बीई ११ र स्काईवेल ईटी फाइभ खरिद गर्ने ग्राहकले आफ्नो जोडीसहित युरोप भ्रमणको मौका पाउनेछन् । साथै स्काईवेलका जुनसुकै एसयुभी खरिदकर्ताले आफ्नो जोडीसहित यो योजनामा भाग लिनसक्ने बताइएको छ ।

त्यतिमात्र नभई सन् २०२५ मोडलको जुनसुकै भेरियन्ट टेस्ट ड्राइभ गर्ने ग्राहक यस योजनामा सहभागी हुन सक्नेछन् । टेस्ट ड्राइभमा सहभागी हुने ग्राहकले आफ्नो अनुभव सामाजिक सञ्जालमा #TestDriveSkywell र #DriveSkywellNepalToEurope ह्यासट्याग प्रयोग गरी शेयर गर्नुपर्नेछ । यसरी शेयर गर्नेमध्ये दुई जना (एक महिला र एक पुरुष) ले समेत युरोप टुरको अवसर र युरोपमै स्काईवेल ड्राइभको मौका पाउनेछन् ।

नेपाली बजारमा स्काईवेलका ईटी फाइभको मूल्य एक करोड १५ लाख र बीई ११ को मूल्य ७९ लाख ९० हजारदेखि ८९ लाख ९० हजारसम्म रहेको छ । यी दुवै मोडेल फुल साइज एसयूभी हुन् ।

जी मोटर्सले भक्तपुरको राधेराधे र इटहरीमा अत्याधुनिक सर्भिस सेन्टर सञ्चालनमा ल्याइसकेको छ । नक्साल, राधेराधे, विराटनगर, इटहरी, चितवन र पोखरामा बिक्री कक्षहरू सञ्चालनमा छन् ।


 

पछिल्लो अध्यावधिक: चैत २७, २०८१ १२:५३





सामाग्री श्रोत :
टेक पाना