२०८२ बैशाख ७ आईतवार
LATEST NEWS
२०८२ बैशाख ७ आईतवार

रविमाथि ज्यादती गरेको भन्दै रास्वपाले गरायो मानव अधिकार आयोगको ध्यानाकर्षण

काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेलाई पक्राउ गर्दा प्रहरीले ज्यादती गरेको भन्दै मानव अधिकार आयोगको ध्यानाकर्षण गराएको छ।

रास्वपाका कार्यवहाक महामन्त्री कविन्द्र बुर्लाकोटीको नेतृत्वमा गएको रास्वपाको टोलीले आयोगलाई ज्ञापनपत्र बुझाएको हो। 

आयोगको ध्यानाकर्षण गराउन कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रमुख सचेत सन्तोष परियार लगायतका नेताहरु आज बिहान आयोगको कार्यालयमा पुगेका थिए।

Ncell 2
Ncell 2

हुलहुज्जत र दलबलसहित गैरकानूनी रूपमा अनावश्यक बल प्रयोग गरी अभद्र व्यवहार र घरपकड गरी प्रचलित कानून र न्यायिक प्रक्रियतासमेत अबलम्बन नगरी गैर कानूनी रुपमा पक्राउ गरेको रास्वपाका नेताहरूले बताए।

उच्च अदालतको आदेश नआउँदै हातहतियारसहितको प्रहरीले अघोषित रुपमा घर सिल गरिएको बताए। मानव अधिकार उल्लंघनको घटनामा आयोगले छानबिन गरेर आवश्यक कामकारवाही अगाडि बढाउने आयोगका अध्यक्षले प्रतिबद्धता जनाएको बताए।

shivam cement
shivam cement

सहकारीको रकम ठगेको कसुरमा चैत २२ गते शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो। जिल्ला अदालत रुपन्देहीले एक करोड धरौटीमा छाड्न दिएको आदेश बदर गर्दै उच्चले पुर्पक्षमा पठाउन आदेश दिएपछि सोही दिन राति लामिछानेलाई प्रहरीले काठमाडौंस्थित निवासबाटै पक्राउ गरेको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट