२०८२ असार २४ मंगलवार
LATEST NEWS
२०८२ असार २४ मंगलवार

नेपाल मेडिकल काउन्सिलको २०८२ को लाइसेन्स परीक्षा तालिका सार्वजनिक

काठमाडौं- नेपाल मेडिकल काउन्सिलको २०८२ सालमा लिइने परीक्षाको वार्षिक तालिका सार्वजनिक गरेको छ। सार्वजनिक सूचना गर्दै परीक्षा तालिका प्रकाशित गरेको हो। स्नातक तहको दर्ता प्रमाणपत्र परीक्षा पहिलो २०८२ साल जेठ १२, १३ र १४ गते हुनेछ। दोस्रो २०८२ साल असोज ८, ९ र १० गते र  अन्तिम २०८२ साल माघ १३, १४ र १५ गते हुनेछ। स्नातकोत्तर तहको विशेष परीक्षा पहिलो २०८२ साल साउन १५ र १६ गते,  दोस्रो २०८२ साल मंसिर १६ र १७ गते र तेस्रो २०८२ साल चैत्र १९ र २० गते हुनेछ। पहिलो नाम दर्ता परीक्षका लागि २०८१ चैत्र ३० गतेदेखि २०८२ वैशाख २८ गतेसम्म नियमित र वैशाख २९ र ३० गते विलम्ब शुल्कसहित अनलाइन आवेदन गर्न सूचित  भनिएको छ। अनलाइन बाहेकको माध्यमबाट बुझाएको आवेदन फाराम र शुल्क मान्य नहुने उल्लेख छ । विदेशी कलेजमा भर्ना भई कोभिडका कारण नेपालमा इन्टर्नसिप गरिरहेका विद्यार्थीले परीक्षामा सामेल हुनका लागि इन्टर्नसिप पूरा गरेको र आफू भर्ना भएको विश्वविद्यालयबाट इन्टर्नसिपसहित अन्तिम प्रमाणपत्र प्राप्त गरेको हुनुपर्ने बताइएको छ।
सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट