२०८२ बैशाख ६ शनिबार
२०८२ बैशाख ६ शनिबार

उत्तरी चीनको नर्सिङ होममा आगलागी, २० जनाको मृत्यु

एजेन्सी–उत्तरी चीनको हेबेई प्रान्तको एक नर्सिङ होममा आगलागी हुँदा २० जनाको मृत्यु भएको बेइजिङको सरकारी समाचार एजेन्सी सिन्ह्वाले बुधबार जनाएको छ।

a-fire-kills-20-people-at-a-nursing-home-in-northern-china-1744179581.webp

बुधबार बिहान ३ः०० बजेसम्म २० जनाको मृत्यु भएको पुष्टि भएको सिन्ह्वाले जनाएको छ।

Ncell 2
Ncell 2

“नर्सिङ होममा रहेका अन्य वृद्धवृद्धालाई थप अवलोकन र उपचारका लागि नजिकैको अस्पतालमा सारिएको छ”, सरकारी समाचार एजेन्सीले जनाएको छ। सिन्ह्वाका अनुसार आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ।

नर्सिङ होमका लागि जिम्मेवार एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको काउन्टी सरकारले जनाएको छ।

shivam cement
shivam cement

चीनमा शिथिल भवन संहिता र कार्यस्थल सुरक्षाप्रति अक्सर लापरवाह दृष्टिकोणका कारण घातक आगलागीहरू तुलनात्मक रूपमा सामान्य छन्।

जनवरीमा बेइजिङको उत्तरपश्चिममा रहेको झाङजियाकोउ सहरको एक तरकारी बजारमा भएको आगलागीमा आठ जनाको मृत्यु र १५ जना घाइते भएका थिए।

त्यसभन्दा एक महिनाअघि पूर्वी चीनको रोङचेङ सहरमा रहेको एक निर्माण स्थलमा भएको आगलागीमा नौ जनाको मृत्यु भएको थियो।
 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट