२०८२ बैशाख २६ शुक्रबार
२०८२ बैशाख २६ शुक्रबार

कतारमाथि नेपालको ८ विकेटको सानदार जित

काठमाडौं – हङकङमा आजबाट सुरु भएको चारदेशीय टी–२०आई सिरिजमा नेपालले विजयी सुरुवात गरेको छ ।
पहिलो खेलमा नेपालले कतारलाई ८ विकेटले पराजित गर्दै उत्कृष्ट सुरुवात गरेको हो । 

कतारले दिएको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा पुरा गरेको हो । नेपालका लागि ओपनर कुशल भुर्तेलले १९ बलमा ३८ रन बनाए । उनले ४ चौका र ३ छक्का प्रहार गरे । आसिफ शेखले २१ बलमा ४ छक्कासहित ३३ रनको योगदान दिए ।

Ncell 2
Ncell 2

कप्तान रोहित २९ बलमा २ चौका र १ छक्कासहित २७ रनमा नटआउट रहे । भने बसीर अहमतले ३३ बलमा २ चौकासहित नटआउट ३० रन जोडे । कतारले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५१ रन जोडेको थियो । कतारका लागि कप्तान इक्रमउल्लाह खानले सर्वाधिक ५४ रनको योगदान दिए । उनले ५२ बलमा अर्धशतक पूरा गरेका थिए । 

shivam cement
shivam cement

नेपालका लागि करण केसी, ललित राजवंशी, सोमपाल कामी, नन्दन यादव र गुलशन झाले १–१ विकेट लिएका थिए ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट