२०८२ बैशाख ६ शनिबार
२०८२ बैशाख ६ शनिबार

आईपीएलमा चेन्नई माथि पञ्जाबको सानदार जित, आर्यको विष्फोटक शतक

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मंगलबार राति भएको खेलमा पन्जाब किङ्सले चेन्नई सुपर किंग्सलाई १८ रनले हराएको छ । पन्जाबले दिएको २२० रनको लक्ष्य पछ्याएको चेन्नई ५ विकेटको क्षतिमा २०१ रनमा समेटिएको हो ।

पन्जाबलाई जित दिलाउने क्रममा प्रियांश आर्यले ३९ बलमा ९ छक्का र ७ चौकाको मद्दतमा विष्फोटक शतक प्रहार गरेका थिए । यस भन्दा अघि आईपीएलमा उनी भन्दा कम बलमा शतक बनाउने तीन खेलाडी मात्र छन् । क्रिस गेलले ३९, युसुफ पठानले ३७ तथा डेभिड मिलरले ३८ बलमा शतक बनाएका छन् ।

Ncell 2
Ncell 2

यता शानदार सुरुवात गरेको चेन्नईका लागि रचिन रविन्द्रले २३ बलमा ३६ रन जोडे भने डेभिड कोन्वे ४९ बलमा ६९ रन बनाए । उनी रिटायर्ड हर्ट भएका थिए । शिवम् दुवेले २७ बलमा ३२ तथा महेन्द्र सिंह धोनीले १२ बलमा २७ रन जोडे । ४ खेलमा तीन जितसहित पन्जाब चौथो स्थानमा छ । पाँच खेलमा लगातार चौथो हार व्यहोरेको चेन्नई नवौँ स्थानमा रहेको छ । आइपिएलको पुछारमा सनराइजर हैदराबाद रहेको छ । 

shivam cement
shivam cement

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट