काठमाडौं । एफवन सफ्ट ग्रुप अन्तर्गतको फोनपोइन्ट्स र आईएमएस सफ्टवेयरबिच सम्झौता भएको छ । सम्झौता अनुसार देशभरका २० हजारभन्दा बढी मर्चेन्ट काउन्टरमा प्रयोगकर्ताले छुट सुविधा पाउनेछन् ।

प्रयोगकर्ताले एउटा कोड देखाएरै छुट प्राप्त गर्न सक्ने बताइएको छ । पहिलो चरणमा सेल्सबेरीका सातदोबाटो, मूलपानी, महाराजगञ्ज, सीतापाइला, चिप्लेढुङ्गा शाखामा २०० रुपैयाँ छुट उपलब्ध हुनेछ ।
त्यस्तै बाल्ट्रा ब्राण्डका उत्पादनमा १२ प्रतिशत, पिज्जा वर्ल्ड, पिज्जा प्लानेट, बोधी बुक्स एण्ड बेक्स, दि आई-ला लंजमा १५ प्रतिशत छुट पाइनेछ । जिन्सवेस्टका सबै फेसन आइटममा १५ प्रतिशत छुट उपलब्ध हुनेछ ।
यो छुट प्राप्त गर्न प्रयोगकर्तासँग फोनपोइन्ट एप हुनु अनिवार्य छ । एपमा उपलब्ध अफरबाट आफूलाई मनपर्ने अफर छानेर रिडिम गर्नुपर्नेछ । रिडिम गर्दा ईमेल वा एपमार्फत युनिक कोड प्राप्त हुनेछ ।

बिल भुक्तानी गर्ने समयमा काउन्टरमा उक्त कोड देखाउनुपर्नेछ । व्यवसायीले आईएमएस सफ्टवेयरमा कोड राख्ने बित्तिकै छुट लागु हुने बताइएको छ ।
पछिल्लो अध्यावधिक: चैत २६, २०८१ १४:५८
सामाग्री श्रोत :
टेक पाना