२०८२ बैशाख ७ आईतवार
२०८२ बैशाख ७ आईतवार

औषधोपचार र दुर्घटनामा परिवारलाई सामाजिक सुरक्षा कोषको सेवा, एनआईडीसहित केवाईसी भर्नुपर्ने

काठमाडौँ । सामाजिक सुरक्षा कोषले नयाँ वर्षदेखि योगदानकर्ताहरूको परिवारका सदस्यलाई समेत औषधोपचार तथा दुर्घटना सम्बन्धी सेवामा समेट्ने भएको छ । कोषले एक सूचना जारी गर्दै यसका लागि आफ्नो केवाईसी अपडेट गर्न अनुरोध गरेको छ ।

औपचारिक क्षेत्रका योगदानकर्ताहरूका लागि संशोधित कार्यविधि अनुसार १ वैशाख २०८२ देखि योगदानकर्ताका श्रीमान्/श्रीमती र १८ वर्षसम्मका छोराछोरीको पनि औषधी उपचार र दुर्घटना सम्बन्धी सेवा सुरु हुनेछ । सोही सेवा सुविधा प्राप्त गर्न कोषले केवाईसी अपडेटका लागि आग्रह गरेको हो ।

“सो सुविधा प्राप्त गर्न सम्बन्धित सम्पूर्ण योगदानकर्ताले लाभग्राही सबैको राष्ट्रिय परिचयपत्र नम्बर र फोटो सहितको व्यक्तिगत विवरण (केवाईसी) योगदानकर्ता पोर्टल मार्फत अध्यावधिक गर्न हुन सूचीत गरिन्छ,” कोषको सूचनामा भनिएको छ ।

यदि तपाईँ पनि सामाजिक सुरक्षा कोषमा योगदानकर्ताको रूपमा रहनु भएको छ भने यहाँ क्लिक गरी योगदानकर्ता पोर्टलमार्फत आफ्नो परिवारका सदस्यको केवाईसी अपडेट गराउन सक्नु हुनेछ । 

 

पछिल्लो अध्यावधिक: चैत २६, २०८१ १९:३





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट