
काठमाडौं। वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्राको चौथो दिन भव्य जात्रासहित सेतो मच्छेन्द्रनाथलाई जनबहालमा फर्काइएको छ।
पाँचौँ दिन बुधबार रथबाट मूर्ति मन्दिरमा सारिने सेतो मच्छेन्द्रनाथ रथ यात्रा व्यवस्थापन समितिले जनाएको छ। रथबाट मूर्तिलाई जनबहालस्थित मन्दिरमा राखिएसँगै यस वर्षको पाँच दिने जात्रा बुधबार अन्त्य हुने समितिका संयोजक, काठमाडौं महानगरपालिका–२५ का पूर्ववडाध्यक्ष तथा सेतो मच्छेन्द्रनाथका पुजारी नीलकाजी शाक्यले जानकारी दिए।
प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट रथयात्रा सुरु हुन्छ। पहिलो दिन रथलाई असन र दोस्रो दिन हनुमानढोका लगी राखिएको थियो। जात्राको तेस्रो दिन हनुमानढोकाबाट रथ तानी लगनटोल पुर्याइएको थियो। जात्राको चौथो दिन आज लगनमा सेतो मच्छेन्द्रनाथको आमाको मन्दिरमा रथ तीनपटक घुमाइएको थियो।
सहरको भित्री भागमा तीन दिनसम्म रथयात्रा चल्ने गर्छ। असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः रथयात्रा मच्छेन्द्रबहालमा ल्याएर चौथो दिन अन्त्य गरिन्छ। पाँचौँ दिन आर्यावलोकितेश्वर करुणामयसमेत भनिने सेतो मच्छेन्द्रनाथलाई रथबाट निकालेर मन्दिरमा स्थापित गरिन्छ। यसपछि पाँच दिन लामो जात्रा समापन हुने परम्परा रही आएको छ।
सामाग्री श्रोत :
चैत्र शुक्ल एकादशीः सेतो मच्छेन्द्रनाथको मूर्ति फर्काइयो जनबहालमा
काठमाडौँ । सामाजिक सुरक्षा कोषले नयाँ वर्षदेखि योगदानकर्ताहरूको परिवारका सदस्यलाई समेत औषधोपचार तथा दुर्घटना सम्बन्धी सेवामा समेट्ने भएको छ । कोषले एक सूचना जारी गर्दै यसका लागि आफ्नो केवाईसी अपडेट गर्न अनुरोध गरेको छ ।
औपचारिक क्षेत्रका योगदानकर्ताहरूका लागि संशोधित कार्यविधि अनुसार १ वैशाख २०८२ देखि योगदानकर्ताका श्रीमान्/श्रीमती र १८ वर्षसम्मका छोराछोरीको पनि औषधी उपचार र दुर्घटना सम्बन्धी सेवा सुरु हुनेछ । सोही सेवा सुविधा प्राप्त गर्न कोषले केवाईसी अपडेटका लागि आग्रह गरेको हो ।
“सो सुविधा प्राप्त गर्न सम्बन्धित सम्पूर्ण योगदानकर्ताले लाभग्राही सबैको राष्ट्रिय परिचयपत्र नम्बर र फोटो सहितको व्यक्तिगत विवरण (केवाईसी) योगदानकर्ता पोर्टल मार्फत अध्यावधिक गर्न हुन सूचीत गरिन्छ,” कोषको सूचनामा भनिएको छ ।
यदि तपाईँ पनि सामाजिक सुरक्षा कोषमा योगदानकर्ताको रूपमा रहनु भएको छ भने यहाँ क्लिक गरी योगदानकर्ता पोर्टलमार्फत आफ्नो परिवारका सदस्यको केवाईसी अपडेट गराउन सक्नु हुनेछ ।
पछिल्लो अध्यावधिक: चैत २६, २०८१ १९:३
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री तथा सांसद धवलशमशेर राणासहित २० जनाविरुद्ध १५ दिनको म्याद थप भएको छ ।
काठमाडौं जिल्ला अदालतले उनीहरूसहित २० जनाविरुद्ध थप १५ दिन हिरासतमा राख्न अनुमति दिएको हो । राज्यविरुद्धको कसुरमा मुद्दा चलाइएकाहरू अब १५ दिनमा हिरासतमै रहने भएका छन् । उनीहरूविरुद्ध राज्यविरुद्धको कसुर र संगठित अपराधको कसुरमा मुद्दा चलाइएको छ ।
त्यसैगरी आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा मुद्दा चलाइएकाहरुविरुद्ध भने १५ दिनको म्याद थप भएको छ । प्रहरीले अहिलेसम्म तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनको क्रममा ७३ जनालाई पक्राउ गरेको छ ।
राजावादी समूहका तर्फबाट १५ चैतमा भएको प्रदर्शनमा दुई जनाको ज्यान समेत गएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले नेपालमा आयोजना हुने आइसिसी यु–१९ पुरुष विश्वकप क्रिकेट एसिया छनोट खेल्ने टोलीको घोषणा गरेको छ।
क्यानले आज नरेन भट्टको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो। सो टोलीमा अभिषेक तिवारी, नीरज यादव, साहिल पटेल, सिब्रीन श्रेष्ठ, रोशन विश्वकर्मा, दिलसाद अलि र दर्श सोनार छनोट भएका छन्। त्यसैगरी सन्तोष यादव, अशोक धामी, दयानन्द मण्डल, अप्राजित पौडेल, युवराज खत्री र विपिनप्रसाद शर्मा पनि छनोटमा परेका छन्।
तल्लाे मूलपानी अन्तरराष्ट्रिय क्रिकेट मैदानमा नेपालले युएईसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। यी दुईबीचको खेल यही चैत ३१ गते हुनेछ। नेपालले आफ्नो दोस्रो खेल आगामी वैशाख ३ गते हङकङसँग खेल्ने जनाइएको छ।
सामाग्री श्रोत :
काठमाडौं । धादिङ जिल्लाको थाक्रे गाउँपालिका*को आधिकारिक वेबसाइट ह्याक भएको छ । ह्याकरहरूले वेबसाइटको सबडोमेन नियन्त्रणमा लिएर अश्लील सामग्री र विभिन्न पेय पदार्थको प्रचार गरेका हुन् ।
गाउँपालिकाको सबडोमेन ‘plan.thakremun.gov.np’ लाई ह्याकरहरूले नियन्त्रणमा लिएर आफूखुसी विज्ञापन र अश्लील सामग्री प्रचार गरिरहेका छन् ।
गुगलमा ‘site:https://thakremun.gov.np “porn”‘ र ‘site:https://thakremun.gov.np “Cola”‘ खोज्दा अश्लील सामग्री र कोकाकोलाको विज्ञापन गरिएका सयौं पेजहरू देखा पर्छन् । यद्यपि, ती लिङ्कहरूमा क्लिक गर्दा लगइन विवरण राख्न भनिन्छ ।
“कम्प्रोमाइज गरेर विज्ञापन राखेको जस्तो देखिन्छ,” एक अनुभवी साइबर सुरक्षा अनुसन्धानकर्ताले टेकपानासँग भने, “क्याशमा बसेको भएर गुगलमा इन्डेक्स भएको हुनसक्छ ।”
सामान्यतः आक्रमणकारीले मालिसियस वा स्पाम कन्टेन्ट राख्दा यस्तो देखिन्छ । थाक्रे गाउँपालिकाकोको वेबसाइटको कमजोर भएकाले आक्रमणमा परेको उनको भनाइ छ । यस वेबसाइटको होमपेज सामान्य भएपनि त्यसमा गोप्य पेज वा डाइरेक्टरीमा अनधिकृत वा स्पाम कन्टेन्ट होस्ट भएको देखिन्छ ।
यस्तो प्रकारको आक्रमणलाई सर्च इन्जिन स्पाम ह्याक भन्ने गरिन्छ । यसमा ह्याकरले पोर्न, जुवा वा नक्कली सामानका पेज अपलोड गरिदिएका हुन्छन् । यस्ता पेज सामान्य भिजिटरले फेला पार्न सक्दैनन् । तर, सर्च इन्जिनमा भने इन्डेक्स भएर बसेको हुन्छ ।
*समाचारमा गाउँपालिकाको नाम थाक्रे हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ । स.
पछिल्लो अध्यावधिक: चैत २६, २०८१ २१:३३
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं– राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले आफूहरूलाई निषेधको राजनीति गरेको आरोप लगाएका छन् । बल्खुमा मंगलबार पार्टीले आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले आफूहरूलाई भृकुटीमण्डपमा सभा गर्न नदिएकोमा पनि आक्रोश व्यक्त गरे ।
केही हजार मान्छेको र्याली निस्कन्छ भनेर सरकार डराएको उनको आरोप छ । उनले भने, ‘हामी शान्तिपूर्ण प्रदर्शन नै चाहन्छौँ । तर हामीले चारतिरबाट जुलुस हेल्दिने हो भने के हुन्छ । हामीले बालुवाटारलाई चारतिरबाट घेरा हालेर भातपानी बन्द गर्दिन सक्छौँ ।’
राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणालाई तत्काल रिहा गर्न उनको माग छ । त्यस्तै राजा चाहिने भन्नेलाई थुन्ने हो भने लाखौं मानिसलाई थुन्न जेल खाली गर्न पनि उनको माग छ ।
‘शान्तिको कुरा गर्दा हामीलाई हेप्ने र हाम्रो कमजोरी ठान्ने हो भने तपाईंहरूसँगै सल्लाह गरौंला,’ उनले भने ‘एउटा भरुवा बन्दुक र केही घरेलु हतियार बोकेर युद्ध थालेको माओवादीले देशलाई कहाँ पुर्यायो । के राजा चाहिनका लागि २/४ हजार मानिस जंगल पस्नलाई तयार छैनन र ? तर, हामी शान्तिको पक्षधर हौं ।’
उनले राप्रपालाई कमजोर नठान्न पनि चेतावनी दिए । राप्रपाले प्रदेश स्तरमा गरिरहेको सभामध्ये देशभर ६ वटा सभा सम्पन्न गरेर मंगलबार बागमती प्रदेशस्तरीय सभा काठमाडौंमा गरेको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
इटहरी (सुनसरी)। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले हालको परिस्थितिमा देशमा राजा फर्कने कुनै सम्भावना नरहेको बताएका छन्। पार्टीको कोशी प्रदेश कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले राजा फर्काउने कुरा केवल दिवा सपना मात्र भएको बताए।
अध्यक्ष नेपालले देश समाजवादी गणतन्त्रको यात्रामा अघि बढेको उल्लेख गर्दै अब जनतालाई अलमलमा पार्ने काम गर्न नहुने बताए। देशमा अराजकता बढ्दा सरकारले केही गर्न नसकेको उनको आरोप थियो।
अध्यक्ष नेपालले भने, ‘कुनै पनि वादीको नाममा भएको आन्दोलनले मच्चाएको अराजकताले आम जनमानसमा त्रास सिर्जना गरेको छ।’
नेपाली समाजवादको स्थापना गर्न मदन भण्डारीको योगदान उल्लेख्य रहेको उल्लेख गर्दै उनले सहिदको योगदानलाई सम्झिन आग्रह गरे। ‘उद्देश्य सही छ भने अगाडि बढ्ने बाटो पनि सही हुनुपर्छ’, अध्यक्ष नेपालले भने।
सामाग्री श्रोत :
काठमाडौं । गत शुक्रबार (२२ चैत) मा बुढानीलकण्ठस्थित निवासबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परे । उच्च अदालतको बुटवल इजलासले थुनामा पठाउन आदेश दिएपछि त्यही दिन राति प्रहरीको टोली उनलाई पक्राउ गर्न खटिएको थियो ।
लामिछाने पक्राउ परेपछि शनिबार सामाजिक सञ्जालमा उनलाई प्रहरीले पेस्तोल देखाएको भन्दै भिडिओ भाइरल भएको छ । जहाँ प्रहरीले हत्कडी लगाएर लामिछानेलाई बन्दुक तेर्स्याएको देखिन्छ । तर, टेकपानाले उक्त भिडिओको तथ्यजाँच गर्दा भिडिओ चिपफेक रहेको पाइएको छ । चिपफेक प्रविधि के हो भनेर थाहा पाउनुभएको छैन यहाँ क्लिक गरी पढ्नुहोस् ।
दाबी
‘ताप्लेजुङको लिम्बू’ नामको फेसबुक अकाउन्टबाट ५ अप्रिल, २०२५ मा रवि लामिछानेलाई हत्कडी लगाएको र प्रहरीले पेस्तोल तेर्स्याएको देखिने भिडिओ सार्वजनिक भएको छ । १७ सेकेन्ड लामो उक्त भिडिओ यो सामग्री तयार पार्दासम्म २३ लाखभन्दा बढी पटक हेरिएको छ ।
भिडिओमा लेखिएको छ, “रवि लामिछानेलाई मार्ने रणनीति आखिर किन गर्दैछन् यस्तो व्यवहार” । पृष्ठभूमिमा भिडमा मानिसहरू बोलिरहेको सुनिन्छ । “राम्रोसँग सुन्नु होला”, “उहाँले अन्तिम इच्छा के हो सोध भन्नु भएको छ” । “अन्तिम इच्छा सोध्ने को हो” जस्ता वाक्यहरू बोलेको सुन्न सकिन्छ । ‘ताप्लेजुङको लिम्बू’ले सार्वजनिक गरेको भिडिओ र आर्काइभ लिङ्क हेर्नुहोस् ।
उक्त भिडिओमा १४ सयभन्दा धेरैले कमेन्ट गरेका छन् । केही व्यक्तिले एआईको प्रयोग गरेर भिडिओ बनाइएको बताएका छन् भने केहीले पेस्तोल देखाउने प्रहरीलाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।
‘ताप्लेजुङको लिम्बू’ बाहेक विभिन्न फेसबुक पेज, टिकटक अकाउन्ट तथा युट्युबमा पनि सोही भिडिओ राखिएका छन् । सोही भिडिओ अन्य सामाजिक सञ्जाल अकाउन्टमा राखिएको हेर्न यहाँ र यहाँ क्लिक गर्नुहोस् ।
तथ्य जाँच
५ अप्रिलदेखि सामाजिक सञ्जालमा रविलाई पेस्तोल ताकिएको भन्दै भिडिओ भाइरल भयो । भिडिओ हेर्दा कतिपय प्रयोगकर्ताले एआईबाट तयार पारिएको भिडिओ भएको प्रतिक्रिया दिएका छन् । वास्तवमै उक्त भिडिओलाई ध्यानपूर्वक हेर्दा एआई वा एडिटिङ टुलबाट तयार पारिएको प्रस्ट हुन्छ ।
यद्यपि भिडिओको विस्तृत विवरण हेर्दा प्रहरीले रविलाई पेस्तोल देखाएका छन् भने रवि लामिछानेजस्तो देखिएको व्यक्ति हत्कडीमा देखिएका छन् । अनुहारमा पसिना आएको छ र उनी तनावपूर्ण अवस्थामा देखिन्छन् । भिडिओबाट विभिन्न फ्रेम निकालेर गुगल इमेजमा खोज्दा रवि लामिछानेको हालसम्म सार्वजनिक कुनै तस्बिर वा भिडिओसँग मेल खाएन ।
त्यस्तै, शुक्रबार लामिछाने पक्राउ परिरहेको विभिन्न तस्बिर वा भिडिओहरू मिडिया तथा सामाजिक सञ्जालमा राखिएका छन् । तर सार्वजनिक तस्बिरमा रविलाई हत्कडी लगाइएको प्रमाणित हुने कुनै सामग्री भेटिएन ।
शनिबार बिहान १२:४१ मा ‘सुनौलो खबर टिभी एचडी’ नामक फेसबुकले रवि पक्राउ परेर घरबाट निस्किँदै गरेको भिडिओ राखेको छ । रविका दुवै हात प्रष्ट देखिने उक्त भिडिओमा रविको हातमा हत्कडी देखिँदैन ।
त्यस्तै भिडिओमा देखिएको प्रहरी पनि वास्तविक नेपाली प्रहरीजस्तो देखिँदैन । नेपाल प्रहरीको पोसाकभन्दा भिडिओमा देखिएको पोसाक फरक छ । गुगल रिभर्स सर्चमार्फत हेर्दा उक्त पोसाक सिंगापुरको प्रहरीसँग मिल्दोजुल्दो देखिन्छ ।
भिडिओमा गोली चलाएको दृश्य पनि देखिन्छ । तर गुगलमा ‘रवि लामिछाने पेस्तोल’ वा ‘गोली’ भनेर खोज्दा त्यस्तो भिडिओ वा समाचार भेटिएन ।
शुक्रबार राति लामिछानेलाई पक्राउ गर्न निवास पुगेका प्रहरीले रविको “अन्तिम इच्छा के हो ?” भनेर सोधेको भिडिओ सामाजिक सञ्जालमा निकै भाइरल भएको छ । प्रहरीले यस्तो वाक्य बोलेको विषयमा आलोचना पनि भएको छ । यदि साँच्चिकै गोली ताकिएको भए, पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेमाथि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै बहस हुने थियो । तर, पेस्तोल देखाइएको विषयमा कतै पनि यस्ता बहस देखिएनन् ।
यता भाइरल फेक भिडिओको ब्याकग्राउन्ड अडिओमा भने केही वास्तविकता देखिन्छ । शुक्रबार प्रहरीले रविलाई पक्राउ गरेपछि उनका समर्थकहरूले मिडियालाई देखाएको “अन्तिम इच्छा सोधिएको” अडिओ डिपफेक भिडिओ बनाउन प्रयोग भएको पाइएको हो ।
“NewGeneration3256” नामको फेसबुक आईडीबाट शुक्रबार राति ११:१९ मा सार्वजनिक गरिएको भिडिओलाई र भाइरल फेक भिडिओको अडिओलाई तुलना गर्दा उस्तै सुन्निन्छ ।
२७ सेकेन्ड लामो उक्त भिडिओको पहिलो १६ सेकेन्ड र रविलाई पेस्तोल ताकिएको जस्तो देखिएको भिडिओलाई हुबहु सुन्न सकिन्छ । “NewGeneration3256” ले सार्वजनिक गरेको भिडिओ र त्यसको आर्काइभ लिङ्क ।
‘न्यु जेनेरेसन’ नामको फेसबुक आईडीबाट सेयर गरिएको भिडिओ रवि पक्राउ परेपछि एचटीपी खबरले फेसबुकमा गरेको लाइभ भिडिओसँग मिल्दोजुल्दो देखिन्छ । शुक्रबार राति १०:३७ मा गरिएको पाँच मिनेट ४४ सेकेन्ड लामो उक्त लाइभ भिडिओको पहिलो दुई मिनेट ‘न्यु जेनेरेसन’ले राखेको भिडिओजस्तै देखिन्छ ।
दाबी
रवि लामिछानेमाथि प्रहरीले पेस्तोल उठाए
दाबीकर्ता
‘ताप्लेजुङको लिम्बू’ नामक फेसबुक पेजसहित विभिन्न सामाजिक सञ्जाल प्रयोगकर्ता ।
तथ्य
रवि लामिछानेमाथि प्रहरीले पेस्तोल तेर्स्याएको भिडिओ एआईमार्फत तयार पारिएको हो ।
निष्कर्ष
सामाजिक सञ्जालमा भाइरल भएजस्तो प्रहरीद्वारा रवि लामिछानेमाथि पेस्तोल तेर्स्याइएको होइन । पक्राउ परेको रातिको अडिओलाई प्रयोग गरी विभिन्न एआई टुलमार्फत चिपफेक भिडिओ बनाइएको हो ।
प्रतिक्रिया
तपाईंले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु होला ।
पछिल्लो अध्यावधिक: चैत २६, २०८१ २१:५
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं– सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको अभियोगमा बाराको कलैया उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँचजना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कलैयाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रल्हादप्रसाद वर्णवाल, शिक्षा अधिकृत विजय अधिकारी, जिन्सी प्रमुख राजेश ठाकुर र लेखा अधिकृत दिव्या सर्राफ तथा सेनिटरी प्याड खरिदको ठेक्का पाएका सागरदेवी फर्माका प्रोपाइटर बिमलेश साहविरुद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । आव २०७७/७८ र आव २०७८/७९ का लागि मिलेमतोमा महँगोमा मूल्य कायम गरेर प्याड खरिद गरेको अनुसन्धानबाट पुष्टि भएपछि अख्तियारले ५१ लाख ९९ हजार १ सय २० रुपैयाँ बिगो कायम गरी कैद र बिगोबमोजिम जरिवाना मागदाबी गर्दै प्रतिवादीविरुद्ध मुद्दा दायर भएको हो ।
अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार सागरदेवी फर्माका प्रोपाइटर साहसँग मिलेमतोमा महँगो मूल्य कायम गरी प्याड खरिद गरेको भेटिएपछि संलग्न प्रतिवादीविरुद्ध मुद्दा दायर भएको हो । सार्वजनिक खरिद नियमावली एवं सेनिटरी प्याड वितरण तथा व्यवस्थापन कार्यविधिविपरीत ०७७ मंसिर १९ मा प्रमुख प्रशासकीय अधिकृतसहितका कर्मचारीले प्रतिप्याकेट प्याडको मूल्य ७९ रुपैयाँ १ पैसा कायम गरिएको थियो । त्यसकै आधारमा लागत स्टिमेट तयार पारी खरिद योजना स्वीकृत गराइएकोमा खरिद प्रतिस्पर्धामा एकै परिवारका तीनजनाका नाममा रहेका फर्महरुबाट मात्रै बोलपत्र पेस भएको थियो ।
त्यसमध्ये सागरदेवी फर्माबाट पेस भएको ७८ रुपैयाँ प्रतिप्याकेट भुक्तानी गर्ने गरी ९६ हजार २ सय ८० प्याकेट प्याड खरिदको ठेक्का दिइएको पाइएको थियो । जबकी त्यही सेनिटरी प्याड आब २०७८/७९ मा प्रति प्याकेट २४ रुपैयाँका दरले खरिद भएकोमा अख्तियारले प्रतिप्याकेट ५४ रुपैयाँ भ्रष्टाचार भएको निष्कर्षसहित खरिद प्रक्रियामा संलग्न कर्मचारी र ठेकेदारलाई कसुरदार देखाएर हिनामिना भएको रकमलाई बिगो कायम गरी मुद्दा दायर गरेको हो ।
अख्तियारले विशेष अदालतमा दायर गरेको अभियोगपत्रमा भनिएको छ, ‘मिलेमतोमा एकै परिवारको नाममा रहेका तीन फरक फर्महरुको बोलपत्र पेश गरी/गराई प्रति प्याकेट सेनिटरी प्याडको मूल्य ७८ रुपैयाँ कायम गरी ठेक्का दिएकोमा आव २०७८/७९ मा सोही कम्पनीको सेनिटरी प्याड खरिद गर्दा प्रति प्याकेट २४ रुपैयाँमा खरिद गरेको देखिएकोले पछिल्लो वर्षभन्दा अघिल्लो बर्ष प्रति प्याकेटमा ५४ रुपैयाँका दरले ९६ हजार २ सय ८० प्याकेटको जम्मा ५१, लाख ९ हजार १ सय २० रुपैयाँ बढी भुक्तानी गरेको हुँदा प्रतिवादीहरु प्रल्हादप्रसाद वर्णवाल, विजय अधिकारी, राजेश ठाकुर हजाम र दिव्या सर्राफलाई भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम कैद र बिगोबमोजिम जरिवाना सजाय गरी बिगो असुलउपर हुन मागदाबी लिइएको छ ।’
महँगोमा प्याड खरिद गर्ने ठेक्का हत्याएको भन्दै अख्तियारले सागरदेवी फर्माका सञ्चालक साहलाई मतियारका रुपमा हिनामिना भएको रकमअनुसार छुट्टै बिगो कायम गरी कैद र जरिवाना मागदावी लिइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सुर्तीजन्य पदार्थको बाहिरी प्याकेटमा शतप्रतिशत चेतावानीमूलक सन्देश तथा चित्रहरू राख्नुपर्ने निर्देशिका कार्यान्वयन नगर्न उद्योग तथा वाणिज्य मन्त्रालयले पठाएको पत्रलाई लिएर सरोकारवालाले आपत्ति जनाएका छन्। नेपालका चिकित्सकहरु साझा संगठन नेपाल चिकित्सक संघलगायतले कानुन कार्यान्वयनमा अवरोध सृजना गर्न उद्योग मन्त्रालयले चालेको कदमको भर्त्सना गरेका छन्। मन्त्री दामोदर भण्डारीले गरेको निर्णयअनुसार पठाइएको पत्रले गभ्भीर नैतिक तथा कानुनी आशंका सृजना गरेको बताइएको छ। एनएमएले प्रेस विज्ञप्ति जारी गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा उक्त व्यवस्थालाई निस्तेज पार्न खोजिएको प्रति नेपाल चिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। धुम्रपान तथा सुर्तीजन्य पदार्थको उपभोगले मुटुरोग, दम, मुख तथा फोक्सोको क्यान्सर लगायत गम्भीर स्वास्थ्य समस्या उत्पन्न भई नेपालमा वर्षेनी हजारौंको संख्यामा मानिसहरुको ज्यान जाने गरेको तथ्य सार्वजनिक भइरहेको एनएमएले उल्लेख गरेको छ। भनिएको छ, ‘ मानिसको स्वास्थ्यमा गम्भीर प्रतिकूल असर पार्ने यस्ता वस्तुको उपभोग कम गर्न आम नागरिकहरूमाझ यस्ता पदार्थको उपभोगबाट आईपर्ने जोखिमको बारेमा जनचेतना फैलाउन अत्यन्त आवश्यक रहेको छ। त्यसैले क्यान्सरको उपचार मात्र नभई रोकथाम गर्नका लागि यस्ता पदार्थको प्याकेटमा शत् प्रतिशत चेतावानीमूलक सन्देश तथा चित्रहरू राख्नुपर्ने नियम लागु गर्न नेपाल चिकित्सक संघ नेपाल सरकारसँग जोडदार माग गर्दछ।’नेपालमा सुर्तीजन्य पदार्थमा लाग्ने कर दक्षिण एसियामै सबैभन्दा न्यून रहेकोले यस्ता हानिकारक पदार्थहरुमा कर वृद्धी गरी सोवापत असूल गरिएको रकम स्वास्थ्य क्षेत्रको विकासमा उपयोग गरी स्वस्थ समाज निर्माणमा सहयोग पुर्याउन नेपाल चिकित्सक संघ नेपाल सरकारसँग माग गरेको छ। एशिया प्यासेफिक टोबाको कन्ट्रोल, भाइटल स्ट्राटेजीका निर्देशक डा तारासिंह बम उद्योग मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई पठाएको हालैको पत्र (जसले १०० प्रतिशत चित्रात्मक स्वास्थ्य चेतावनी भएको सुर्तिजन्य उत्पादनको प्याकेजिङसम्बन्धी नयाँ कानुन कार्यान्वयनमा अवरोध सृजना गर्न खोजेको छ)ले गम्भीर नैतिक र कानुनी प्रश्न उठाएको बताउँछन्। नेपालमा सुर्तीजन्य पदार्थ उत्पादक कम्पनीहरू प्रत्येक वर्ष २५ हजार भन्दा बढी रोक्न सकिने मृत्युका लागि जिम्मेवार रहेको उनको भनाइ छ। त्यसैलाई न्युनिकरण गर्न स्वास्थ्य मन्त्रालयले विश्वव्यापी रुपमा उपलब्ध अध्ययनका नतिजामा आधारित भएर नयाँ नियमावली जारी गरेको बताए। जसले आमजनलाई धूम्रपानको खतराबारे जानकारी दिन र सुर्तीजन्य पदार्थबाट हुने मृत्यु तथा रोगहरू घटाउन प्रभावकारी भूमिका खेल्ने बताए। ‘स्वास्थ्य सुरक्षाका लागि ल्याइएको यस्तो कदमलाई कमजोर बनाउने कुनै पनि प्रयास ( जस्तै उद्योग मन्त्रीको हस्तक्षेप) ले जनस्वास्थ्यभन्दा सुर्ती उद्योगको स्वार्थलाई प्राथमिकता दिएको देखिन्छ। यस्ता कार्यहरू अन्यायपूर्ण र अनैतिक मात्रे छैनन्, सार्वजनिक सेवाको मर्मविपरीत पनि छन्,’ उनले भने। स्वास्थ्य नीतिमा उद्योग मन्त्रालयको यो हस्तक्षेप आफ्नो अधिकार क्षेत्रको उल्लङ्घन मात्रै नभएर नेपालले हस्ताक्षर गरेको विश्व स्वास्थ्य सङ्गठनको फ्रेमवर्क कन्वेन्सन अन टोब्याको कन्ट्रोलको सिद्धान्तहरू विरुद्ध समेत रहेको उनले बताए। सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि नेपालमा काम गरिरहेको एक्सन नेपालका अध्यक्ष आनन्द चन्द उद्योग मन्त्री भण्डारी र तथा मन्त्रालय जनस्वास्थ्यप्रति संवेदनशील नरहेको बताउँछन्। उक्त नियमावलीको मर्म बुझ्न मन्त्री तथा मन्त्रालयले टिमले नसकेको बताए। उनले भने, ‘संसद्ले बनाएको ऐनले दिएको अधिकार स्वास्थ्य मन्त्रालयले प्रयोग गरेर निर्देशिका जारी गरेको हो। जुन उद्योग मन्त्रालयले बुझ्न सकेन।’ सुर्तिजन्य पदार्थ उत्पादकको प्रभावमा मन्त्री परेको देखिएको उनी बताउँछन्। जनस्वास्थ्यका लागि हानिकारक चुरोट तथा सुर्ती उद्योगको प्रभावमा उद्योग मन्त्री भण्डारीअब चुरोट तथा सुर्तीजन्य पदार्थको प्याकेटमा १०० प्रतिशत चेतावनीमूलक चित्र र सन्देश छाप्नुपर्ने
सामाग्री श्रोत :
swasthyakhabar