२०८२ बैशाख ७ आईतवार
२०८२ बैशाख ७ आईतवार

थाक्रे गाउँपालिकाको वेबसाइट ह्याक गरी पोर्न फोटो र कोकाकोला प्रचार

काठमाडौं । धादिङ जिल्लाको थाक्रे गाउँपालिका*को आधिकारिक वेबसाइट ह्याक भएको छ । ह्याकरहरूले वेबसाइटको सबडोमेन नियन्त्रणमा लिएर अश्लील सामग्री र विभिन्न पेय पदार्थको प्रचार गरेका हुन् । 

गाउँपालिकाको सबडोमेन ‘plan.thakremun.gov.np’ लाई ह्याकरहरूले नियन्त्रणमा लिएर आफूखुसी विज्ञापन र अश्लील सामग्री प्रचार गरिरहेका छन् ।

गुगलमा ‘site:https://thakremun.gov.np “porn”‘ र ‘site:https://thakremun.gov.np “Cola”‘ खोज्दा अश्लील सामग्री र कोकाकोलाको विज्ञापन गरिएका सयौं पेजहरू देखा पर्छन् । यद्यपि, ती लिङ्कहरूमा क्लिक गर्दा लगइन विवरण राख्न भनिन्छ । 

“कम्प्रोमाइज गरेर विज्ञापन राखेको जस्तो देखिन्छ,” एक अनुभवी साइबर सुरक्षा अनुसन्धानकर्ताले टेकपानासँग भने, “क्याशमा बसेको भएर गुगलमा इन्डेक्स भएको हुनसक्छ ।”

सामान्यतः आक्रमणकारीले मालिसियस वा स्पाम कन्टेन्ट राख्दा यस्तो देखिन्छ । थाक्रे गाउँपालिकाकोको वेबसाइटको कमजोर भएकाले आक्रमणमा परेको उनको भनाइ छ । यस वेबसाइटको होमपेज सामान्य भएपनि त्यसमा गोप्य पेज वा डाइरेक्टरीमा अनधिकृत वा स्पाम कन्टेन्ट होस्ट भएको देखिन्छ । 

यस्तो प्रकारको आक्रमणलाई सर्च इन्जिन स्पाम ह्याक भन्ने गरिन्छ । यसमा ह्याकरले पोर्न, जुवा वा नक्कली सामानका पेज अपलोड गरिदिएका हुन्छन् । यस्ता पेज सामान्य भिजिटरले फेला पार्न सक्दैनन् । तर, सर्च इन्जिनमा भने इन्डेक्स भएर बसेको हुन्छ ।

*समाचारमा गाउँपालिकाको नाम थाक्रे हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ । स.

पछिल्लो अध्यावधिक: चैत २६, २०८१ २१:३३





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट