२०८२ बैशाख ८ सोमबार
२०८२ बैशाख ८ सोमबार

तत्काल मूल्य बढ्न नदिन एप्पलले भारतबाट हतार हतार ५ हवाई जहाजमा भरेर लग्यो आईफोन

काठमाडौँ । नयाँ आयात करबाट बच्न एप्पलले भारत र चीनमा पहिले नै उत्पादन गरिएका उत्पादनहरूलाई तत्कालै अमेरिकामा रहेका आफ्ना गोदामहरूमा पठाएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प प्रशासनले घोषणा गरेको १० प्रतिशत नयाँ भन्सार शुल्क ५ अप्रिलदेखि लागु हुँदैछ । सोही शुल्कबाट बच्न एप्पलले यस्तो कदम चालेको हो ।

ढिलाई गर्दा एप्पलले यी उत्पादन अमेरिका भित्र्याउन सोही अनुरूपको थप शुल्क तिर्नुपर्ने हुन्थ्यो । मार्चको अन्तिम साता उल्लिखित परिमाणमा एप्पल उत्पादन ढुवानी भएको मनि कन्ट्रोलले लेखेको छ ।

तीन दिनभित्र आईफोन र अन्य ग्याजेटहरूले भरिएका पाँच ओटा जहाज भारतबाट अमेरिकातर्फ उडेका थिए । नयाँ कर लाग्नुअघि नै सामान गोदाममा पुर्‍याएर स्टोर गर्न यसरी हतारमा पठाइएको हो । आफ्ना उत्पादनहरू समयमै देशमा ल्याएर, एप्पलले हालकै मूल्यमा बिक्री जारी राख्न सक्छ ।

यसले तत्काल ग्राहकलाई बिक्री गरिने उत्पादनको मूल्य वृद्धि हुनबाट बच्न पनि मद्दत गर्नेछ । एप्पलले भारत वा अन्य देशहरूमा तत्काल मूल्य बढाउने योजना बनाएको छैन । तर यदि अमेरिकाले घोषणा गरेको आयात शुल्क लामो समयसम्म रहेको खण्डमा भने अन्य क्षेत्रमा पनि आईफोन लगायतका एप्पल उत्पादनको मूल्य वृद्धि हुन सक्ने ठानिएको छ ।

भारत एप्पलका लागि विश्वकै एक ठुलो बजार हो । अमेरिकाले ९ अप्रिलदेखि २६% शुल्क थप्ने तयारी गरिरहेकाले एप्पल भारतको अझ बढी भर पर्न सक्छ । किनभने भारतबाट आउने सामानहरूमा चीनको तुलनामा कम आयात कर लाग्नेछ ।

भारतबाट आयात हुने सामानमा लाग्ने कर अमेरिकाले २६ प्रतिशत पुर्‍याउने घोषणा गरेको छ भने चीनमाथि यस्तो कर ५४ प्रतिशतसम्म हुने बताइएको छ । यसले भारतलाई एप्पलका उत्पादनहरू तयार पार्ने सस्तो विकल्पको रूपमा स्थापित गर्न सक्छ । हाल, एप्पलले भारतमा आईफोन र एयरपड्स बनाइरहेको छ । 

 

पछिल्लो अध्यावधिक: चैत २६, २०८१ १९:१७





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट