२०८२ बैशाख ६ शनिबार
२०८२ बैशाख ६ शनिबार

जनताको आक्रोशलाई सामान्य लिन हुँदैनः नेता कोइराला

काठमाडौं। नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी भित्र आन्तरिक समिक्षाको जरुरी रहेको बताएका छन्।

नेपाली काँग्रेस चितवनले मंगलबार चितवनमा आयोजना गरेको ३५ औं जनआन्दोलन दिवसको सन्दर्भ तथा नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रममा कोइरालाले कांग्रेस भित्रको समिक्षा हुन नसक्दा लक्ष्यमा पुग्न कठिन भएको बताए। उनले सरकारले गरेका काम कारवाहीका कारण जनता आक्रोसित भएको समेत बताए।

अहिले दिनहुँ जनता सडकमा आउनु पर्ने बाध्यताको अन्त्य गर्न सकेमा मात्र सरकारमा भएको अनुभुती हुने उनको भनाई थियो। जनताको आक्रोशलाई सामान्य लिन नहुने उनले बताए। कोइरालाले वर्तमान सरकार गठनका समयमा दुईदलबीच भएको सहमति कार्यान्वयन हुन नसकेको जिकिर गरे।

कार्यक्रममा अन्य कांग्रेस नेताहरुले जनतालाई बलियो बनाउन लोकतन्त्र बलियो बन्नुपर्नेमा जोड दिएका थिए।

 


सामाग्री श्रोत :

जनताको आक्रोशलाई सामान्य लिन हुँदैनः नेता कोइराला

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट