२०८२ बैशाख ७ आईतवार
LATEST NEWS
२०८२ बैशाख ७ आईतवार

सेयर बजारमा आजपनि गिरावट

काठमाडौं–अघिल्लो दिन ३३ अंक घटेको सेयर बजार मंगलबार थप ३.४४ घटेको छ। सो गिरावटपछि नेप्से परिसूचक २६६६ अंकमा कायम भएको छ।

सूचीकृत कम्पनीको अन्तिम मूल्य गणनाका आधारमा नेप्से १.७३ अंकले बढेको थियो। तर भारित औसत मूल्य गणना हुँदा अघिल्लो दिनको तुलनामा ३.४४ अंक घट्न पुग्यो। दुई सातादेखि बजारमा कम्पनीको अन्तिम १५ मिनेटको भारित औसत मूल्यका आधारमा सूचकहरू गणना हुँदै आएका छन्।

कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन ५ अर्ब ६५ करोडको कारोबार भएकोमा आज ५ अर्ब ३० करोडको भयो। १२१ कम्पनीको मूल्य बढ्दा १२३ को घट्यो।

Ncell 2
Ncell 2

उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १.५७ प्रतिशत बढ्यो। त्यस्तै फाइनान्स ०.६०, निर्जीवन बीमा ०.१३ र व्यापार समूह ०.७० प्रतिशत बढे।

बैंकिङ ०.३०, विकास बैंक ०.१६, होटल तथा पर्यटन ०.४८, हाइड्रोपावर ०.४९, लगानी ०.२५, जीवन बीमा ०.१७, माइक्रोफाइनान्स ०.०८ र अन्य ०.५७ प्रतिशत घटे।

shivam cement
shivam cement

तीन कम्पनीको मूल्य १० प्रतिशत बढ्यो। आजदेखि कारोबारमा आएको नेपाल माइक्रो इन्स्योरेन्स, बोटलर्स नेपाल बालाजु र विन नेपाल लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो।
बाराही हाइड्रोपावरको ५.८५, सामुदायिक लघुवित्तका ४.६२ प्रतिशत मूल्य घट्यो।

कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा कम्पनी, युनाइटेड मोदी हाइड्रोपावर र राधि विद्युत् कम्पनी क्रमशः अगाडि रहे।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट