२०८२ बैशाख ७ आईतवार
२०८२ बैशाख ७ आईतवार

व्यापारीलाई निःशुल्क पार्सल डेलिभरीदेखि ५० डलरको फेसबुक एड क्रेडिट सम्मका अफर दिँदै पठाओ

काठमाडौं । पठाओ नेपालले नयाँ वर्ष २०८२ को अवसरमा ‘पठाओ पार्सल डेलिभरी महोत्सव- न्यू इयर बोनाञ्जा’ सुरु गरेको छ । ‘सस्तो दर, भरपर्दो डेलिभरी’ भन्ने नारासहित यही चैत २५ देखि वैशाख १७ गतेसम्म यो महोत्सव सञ्चालन हुनेछ ।

महोत्सवको अवसरमा पठाओ नेपालले काठमाडौं उपत्यकाभित्र रहेका व्यावसायिक व्यापारीलाई लक्षित गरी विभिन्न उपहार र योजनाहरू ल्याएको छ ।

“नेपालको प्रमुख चुनौती नै लजिस्टिक्स हो । पठाओले त्यो चुनौती समाधान गर्दै साना व्यवसायहरूको पहुँच मुलुकभर विस्तार गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो,” पठाओ नेपालकी निर्देशक सुरक्षा हमालले भनिन् ।

पठाओको नयाँ योजनामा‍ दर्ता हुने सबै व्यापारीहरूले पहिलो ५० अर्डरसम्म तीन केजीसम्मका पार्सल नेपालभर निःशुल्क पठाउन सक्नेछन् ।

कम्पनीका अनुसार अप्रिल र मे महिनामा डेलिभरी शुल्कमा छुट दिइनेछ । त्यस्तै काठमाडौं उपत्यकाभित्रको डेलिभरीका लागि तीन केजीसम्म ५९ रुपैयाँ र काठमाडौँ उपत्यका बाहिरका लागि ७९ रुपैयाँ तोकिएको छ ।

महोत्सव अवधिभर २०० भन्दा बढी अर्डर गर्ने १० जना व्यापारीहरूले ५० डलरको फेसबुक एड क्रेडिट जित्न सक्ने छन् । त्यस्तै, दैनिक अर्डर गर्ने व्यापारीहरूमध्ये हरेक हप्ता एक जनाले १०० ओटा निःशुल्क डेलिभरी भाउचर जित्नेछन् भने हरेक दिन विभिन्न गिफ्ट ह्याम्पर वा शपिङ भाउचर पनि जित्न सक्नेछन् ।

पठाओले व्यापारीहरूका लागि २४ घण्टामा फन्ड सेटलमेन्ट, २४ घण्टा ग्राहक सेवा सपोर्ट र व्यावसायिक ड्यासबोर्ड सुविधा समेत ल्याएको छ । यसले गर्दा उनीहरूले अर्डर, भुक्तानी र ट्रयाकिङ सजिलै गर्न सक्ने कम्पनीको विश्वास छ । यस महोत्सवमा सहभागी हुन चाहने व्यापारीहरूले पठाओ पार्सलको वेबसाइटमार्फत अनलाइन दर्ता गर्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: चैत २६, २०८१ १४:३६





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट