२०८२ बैशाख ६ शनिबार
२०८२ बैशाख ६ शनिबार

गेमिङका लागि चर्चित इन्फिनिक्स जीटी २० प्रो पुनः बजारमा, २४ जीबीसम्म र्‍याम बढाउन मिल्ने

काठमाडौं । गेमिङ फोनको रूपमा चर्चा कमाएको इन्फिनिक्स जीटी ट्वेन्टी प्रो (Infinix GT 20 Pro) पुनः नेपाली बजारमा उपलब्ध हुने भएको छ । गेमिङ प्रयोगकर्तालाई लक्षित गर्दै इन्फिनिक्सले गएको असारमा यो फोन पहिलो पटक नेपाली प्रयोगकर्तामाझ सार्वजनिक गरेको थियो । त्यसबेला नेपालमा आयोजना भएको पब्जी मोबाइल सुपर लिग २०२४ मा समेत यो फोन प्रयोग गरिएको थियो ।

ग्राहकको माग भइरहँदा पनि फोन समाप्त भएपछि पुनः नयाँ स्टक बजारमा उपलब्ध गराइएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार आउँदो शुक्रबारदेखि जीटी ट्वेन्टी प्रो पुनः बजारमा उपलब्ध हुनेछ ।

यो फोनमा डेडिकेटेड गेमिङ डिस्प्ले चिप राखिएको छ । ६.७८ इन्चको फुल एचडी एमोलेड डिस्प्ले रहेको जीटी ट्वेन्टी प्रोमा १२० हर्जको रिफ्रेश रेट छ, जसमा अधिकतम १३०० निट्स ब्राइटनेस उपलब्ध छ । साथै, फोनमा मेका लुप लाइटनिङ डिजाइन दिइएको छ । नयाँ र फरक स्वरूपमा आउने फोन एन्ड्रोइड १४ मा आधारित छ ।

फोनमा मिडियाटेक डाइमेन्सिटी ८२०० अल्टिमेट चिपसेट राखिएको छ । यसमा अक्टा-कोर सीपीयू र माली जी६१० एमसी६ जीपीयू दिइएको छ ।

यसमा १२ जीबी र्‍याम र २५६ जीबी स्टोरेज छ । कम्पनीका अनुसार फोनको र्‍याम बढाएर २४ जीबीसम्म पुर्‍याउन सकिन्छ ।

यसमा ट्रिपल क्यामेरा सेटअप छ, जसमा अप्टिकल इमेज स्टेबलाइजेसन (OIS) सहितको १०८ मेगापिक्सेल मुख्य क्यामेरा, २ मेगापिक्सेल म्याक्रो र डेप्थ क्यामेरा छन् । सेल्फीका लागि ३२ मेगापिक्सेलको क्यामेरा छ ।

४५ वाटको फास्ट चार्जिङ सुविधा रहेको फोनमा ५,००० एमएएच क्षमताको ब्याट्री छ । भीसी लिक्विड कुलिङ, डुअल स्पिकर, बाइपास चार्जिङ, फिङ्गरप्रिन्ट जस्ता फिचरहरू रहेका यो फोन इन्फिनिक्सको अनलाइन स्टोर, दराज लगायतका प्लेटफर्ममा उपलब्ध हुने बताइएको छ ।

फोनको बजार मूल्य ४७,९९९ रुपैयाँ तोकिएको छ ।

पछिल्लो अध्यावधिक: चैत २६, २०८१ ११:३९





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट