२०८२ माघ ३ शुक्रबार
LATEST NEWS
२०८२ माघ ३ शुक्रबार

तीनकुने घटनामा छानविनका लागि थप ६ जना पक्राउ

काठमाडौं –यहि चैत्र १५ गते काठमाडौँको तीनकुने क्षेत्रमा राजावादी प्रदर्शनको क्रममा भएको हिंसात्मक घटनामा प्रहरीले छानविनका लागि थप ६ जनालाई पक्राउ  गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ परेका ६ जनाविरूद्ध आपराधिक उपद्रव र संगठित अपराध कसुरमा अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

पक्राउ पर्नेमा सर्लाही घर भई ललितपुरको टिकाथली बस्ने २२ वर्षीय अमित शाह, धरान घर भई काठमाडौं बस्ने १९ वर्षीय सुमन कार्की, बर्दियाका ३४ वर्षीय हेमराज थारू, धादिङका २७ वर्षीय दिवस बोगटी क्षेत्री, काभ्रेकी ३० वर्षीया अनिता कुँवर (एनी) र सिन्धुपाल्चोकका ३० वर्षीय कुमार तामाङ छन् ।

Ncell 2
Ncell 2

यो सँगै घटनामा पक्राउ पर्नेको संख्या ७३ जना पुगेको छ । दुर्गा प्रसाईंको आह्वानमा राजसंस्था पुनर्स्थापनाका लागि भन्दै तीनकुनेमा भएको प्रदर्शनमा दुई जनाको मृत्यु भएको थियो । घटनाका मुख्य आरोपित मानिएका दुर्गा प्रसाई भने अझै फरार रहेका छन् । उनको खोजीकार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ । 

shivam cement
shivam cement

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट