२०८२ माघ २ बिहीबार
LATEST NEWS
२०८२ माघ २ बिहीबार

हैदरावाद माथि कोलकाताको सानदार जित

काठमाडौँ –इन्डियन प्रिमियर लिग (आईपीएल) मा गएराती भएका खेलमा कोलकाता नाइट राइडर्सले सन राइसजर्स हैदरवाद माथि सानदार जित निकालेको छ । कोलकाताले शानदार कमब्याक गर्दै हैदरावादलाई ८० रनले हराएको हो । २८६ रन प्रहार गर्दै आईपीएल २०२५ मा सनसनीपूर्ण सुरुवात गरेको हैदरावाद भने लगातार तेस्रो खेलमा पराजित भएको छ ।

चार दिन अघि मुम्बईसँग ११६ रनमा समेटिएको कोलकाताले हैदरावादसँगको खेलमा ६ विकेटको क्षतिमा २०० रन जोडेको थियो । कलकताका लागि उपकप्तान बैंकटेस ऐयारले २९ बलमा ६० रन जोडे । रिकु सिंह अविजित रहँदै १७ बलमा ३२ रन प्रहार गर्न सफल भए । यी दुई जमेपछि कोलकाताले अन्तिम ५ ओभरमा ७८ रन प्रहार गरेको थियो । यसअघि कप्तान अजान्का रहजने र अंगरिस रघुवंशीले तेस्रो विकेटका लागि ८१ रनको साझेदारी गरेका थिए । रहानेले ३८ तथा रघुवंशीले ५० रन जोडेका थिए ।

जवाफमा पहिलो १३ रनमा नै तीन विकेट गुमाएको हैदरावाद १२० रनमा समेटिएको हो । गत सिजनको उपविजेता २ अंकसहित तालिकाको पुछारमा छ भने साबिक विजेता कोलकाता ४ अंकसहित पाँचौँ स्थानमा पुगेको छ ।

Ncell 2
Ncell 2

ट्रेभिस हेड लगातार दोस्रो खेलमा वैभव आरोहाको सामु सस्तोमा समेटिए । गत वर्षको आईपीएलको फाइनलमा पनि उनी सस्तैमा आउट भएका थिए । इसन किसन र अभिषेक शर्माले पनि २ रन भन्दा बढी जोड्न सकेनन् । शीर्षक्रमको खराव सुरुवातले गत सिजनको फाइनलको नै झझल्को दिएको थियो ।

९ रनमा तीन विकेट गुमाएको हैदरावादका लागि हेन्रिक क्लासेनले २१ बलमा ३३, शून्य रनमा जीवनदान पाएका कामिन्डु मेन्डिसले २० बलमा २७ तथा नितिस कुमार रेड्डीले १९ रन जोडे । हैदरावादले १६.४ ओभरमा सम्पूर्ण विकेट गुमायो ।

shivam cement
shivam cement

वैभव आरोहाले ४ ओभरमा २९ रन खर्चेर ३ तथा वरुण चक्रवर्तीले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । आन्द्रे रसेल महँगो साबित हुँदै १.४ ओभरमा २१ रन खर्चिँदै २ विकेट लिएका थिए । अंकतालिकाको शिर्ष स्थानमा ४ अंक सहित पञ्जाब किङ्स रहेको छ । आइपिएलमा आज लखनउ सुपर जायन्ट र मुम्बई इन्डिएन्स खेल्दैछन् । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट