२०८३ असार ४ बिहीबार
LATEST NEWS
२०८३ असार ४ बिहीबार

काठमाडौं– गत सातादेखि काठमाडौं उपत्यकाका विभिन्न स्थानमा वायुको गुणस्तर खस्किँदै निरन्तर अस्वस्थकर तह कायम भएपछि सरकारले विलम्ब नगरी ‘प्रदूषण सङ्कटकाल’ घोषणा गर्नुपर्ने माग केही विज्ञहरूले गरेका छन्।

अधिकारीहरूका अनुसार उपत्यका वायु गुणस्तर व्यवस्थापन कार्ययोजनाले एक्यूआई सूचकाङ्क ३०० भन्दा माथि पुगेमा सङ्कटकाल घोषणा गर्न सक्ने व्यवस्था पनि छ।

प्रदूषण सङ्कटकाल घोषणा भएको अवस्थामा विद्यालय र उद्योगहरू निश्चित अवधिका लागि बन्द हुने छन् भने वायु प्रदूषण घटाउनका लागि विभिन्न उपाय अवलम्बन गरिने छ। तिनमा सवारीसाधनमा जोरबिजोर प्रणाली लगाउने वा अत्यावश्यकबाहेक अन्य सवारीसाधन चलाउन नदिने व्यवस्था पनि पर्न सक्ने बताइएको छ। साताको दुई दिन बिदा दिनुपर्नेबारे पनि चर्चा हुन थालेको छ।

“यस बेला वायु सामान्यतया अस्वस्थकर नै हुन्छ तर अहिले डढेलोमा वृद्धि भएसँगै प्रदूषण ह्वात्तै बढेको हो। तर आपत्काल घोषणा गर्नका लागि अर्को तहमा पुग्नुपर्छ जुन अवस्था आइसकेको छैन,” वातावरण विभागका प्रदूषण, नियन्त्रण तथा नियमन शाखाका प्रमुख दीपक ज्ञवालीले भने।

“केही [प्रदूषण मापन] केन्द्रहरूमा केही समयका लागि उक्त तह पुगेको भए पनि दैनिक औसत ३०० नाघेको अवस्थालाई मात्र हामीले आपत्काल घोषणा गर्ने समय मान्नुपर्ने हुन्छ।”

वातावरण विभागले देशका २७ स्थानमा वायु प्रदूषण मापन गर्ने उपकरण राखेको छ। तिनले ती ठाउँको वायुको नमुना सङ्कलन गरेर प्रदूषण मापन गर्छन्।

बिहीवार काठमाडौं उपत्यकाका अधिकांश मापन केन्द्रमा प्रदूषण ‘अस्वस्थकर’ देखिएको थियो भने शुक्रवार दिउँसो उपत्यकाबाहिर दाङ देउखुरीमा प्रदूषण ‘हानिकारक’ तहमा पुगेको थियो।

चिन्ता किन
कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बिहीवार सरोकारवाला विज्ञ र अधिकारीहरूसँग गरेको छलफलमा समेत प्रदूषणका कारण सङ्कटकाल घोषणा गर्नुपर्ने विषय उठेको थियो।

Ncell 2
Ncell 2

छिट्टै ठोस कदम चाल्न आवश्यक रहेकोमा सबै पक्ष सहमत भएको भए पनि विद्यमान समस्यालाई सङ्कटकाल नभनीकनै अन्य तरिकाले समाधान गर्ने कुरा भएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार सङ्कटकाल घोषणा गर्दा मानवाधिकार हनन हुने गरी कदम चाल्नुपर्ने भएकाले तत्काल त्यसका पक्षमा रुचि नदेखिएको हो।
विगतमा नेपालमा पनि एक्यूआई ३०० नाघ्दा विद्यालय बन्द गर्नेसहितका विविध कदम चालिएको थियो।

“यतिखेर हामी प्रदूषणको मुख्य स्रोत नियन्त्रण गर्ने उपाय चाल्ने सोचेका छौँ। जस्तो, जहाँजहाँ डढेलो लागेको छ त्यहाँ ससानै स्वरूपमा भए स्थानीय रूपमै अग्रसरता लिएर नियन्त्रणका प्रयास थाल्ने भन्ने सोचिएको छ। कम सङ्ख्यामा सवारीसाधनहरू चलाउने विभिन्न उपायबारे पनि सोचिएको छ,” डा बुढाथोकीले भने।

वायु गुणस्तरविज्ञ भूपेन्द्र दास सुरुमै डढेलो नियन्त्रण गर्ने प्रयास नभएकाले परिस्थिति बिग्रिन गएको हो।

shivam cement

shivam cement

“अमेरिकाजस्तो देश कसरी कैयौँ दिन क्यालिफोर्नियाको डढेलो नियन्त्रणमा लिन सकेन भन्नेबाट हामीले त्यसको जटिलता बुझ्छौँ। डढेलो नेपालमा अब सधैँको समस्या बनिसक्यो। कम्तीमा अब हरेक प्रदेशमा एउटा अग्निनियन्त्रक हेलिकप्टर हाम्रो लागि अत्यावश्यक भइसक्यो,” दास भन्छन्।

“तर पनि नेपालका डढेलो अधिकांश मानवीय क्रियाकलापका नतिजा हुन्। त्यसैले स्थानीय तहहरू अग्रसर भएर त्यसलाई नियन्त्रण गर्ने उपायमा अग्रसर हुनुपर्छ।”

कहिले होला सुधार
शुक्रवार वायुको गति बढेकाले विगत केही दिनको तुलनामा अवस्था केही सुधार भएको देखिएको अधिकारीहरू बताउँछन्।

यसपालि आइतवार रामनवमी परेको र दुई दिनको सार्वजनिक बिदाले अवस्था केही सहज हुन सक्ने प्रवक्ता बुढाथोकीले बताए।

“तुलनात्मक रूपमा प्रदूषणको तह केही कम होला कि भन्ने हाम्रो अनुमान छ। नत्र उक्त बिदालगत्तै केही कदम चाल्ने तयारी छ।”

बिहीवार फेसबुकमा एउटा पोस्ट लेख्दै चिकित्सक डा अनूप सुवेदीले यस तहको प्रदूषणबाट “हजारौँ [मानिस] अस्पताल पुगिसकेको हुनुपर्ने” र अहिले सङ्कटकाल मान्नुपर्ने तहको अवस्था रहेको औँल्याउँदै निर्णय गर्ने दिनदिनै ढिलो भएको टिप्पणी गरेका छन्।

“केही कुरा त तुरुन्तै गरिहाल्नुपर्छ होला नि यस्तो बेलामा, कि पर्दैन? डढेलो नियन्त्रणमा कति वटा सिन्को भाँचिए, खरखडाईको बारेमा के निर्णय गरिए? काठमाडौं वरिपरि धुवाँ धेरै निकाल्ने कलकारखाना, आदि स्रोतहरू को उत्सर्जन केही दिनलाई भए पनि कम वा बन्द गर्न के गरिए?” उनले लेखेका छन्।

“जीवाश्म इन्धनका गाडीहरू जोरबिजोर गर्नुपर्ने हो कि, धेरै प्रदूषण गर्ने ट्रक-ट्रिपरहरूबारे यी केही दिनका लागि विशेष नीति बनाउनुपर्ने हो कि?”

मौसमविद्हरूका अनुसार अहिलेसम्म आगामी एक साता वर्षा गराउने खालको मौसमी प्रणाली देखा परिसकेको छैन। पानी नपरेसम्म अवस्थामा सुधार नआउने विज्ञहरू बताउँछन्।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)को मापदण्डअनुसार एक्यूआईको मान १०० भन्दा कम भएको वायु सास फेर्न सुरक्षित हुन्छ।

त्यो सूचक १५० बाट उकालो लागेपछि सबै किसिमका मानिसका लागि अस्वस्थकर मानिन्छ। तर संवेदनशील समूहका मानिसका लागि १०० र १५० बीचको सूचक भएको वायुबाट पनि हानि पुग्न सक्छ।

एक्यूआई २०० माथि पुगे अस्वस्थकर र ३०० भन्दा माथि पुगे खतरनाक वा हानिकारक मानिन्छ। तर ४००-५०० पुग्दा त्यसलाई “गम्भीर” अथवा “अति नै हानिकारक” मानिन्छ।

नेपालमा बर्सेनि चैत र वैशाख महिनामा वायु प्रदूषण उच्च हुने गरेको छ। डढेलोलाई त्यसको प्रमुख कारक ठानिएको छ।

रोग
स्वास्थ्य मन्त्रालयका प्रवक्ता बुढाथोकीका अनुसार प्रदूषणका कारण स्वास्थ्यमा पर्ने समस्यासहित मानिसहरू अस्पताल जाने क्रम बढेको छ।

“औ‍‍षधि लिइरहेका दीर्घरोगीहरूले थप औषधि प्रयोग गर्नुपर्ने अवस्था देखिएको छ। आँखा चिलाउने, छालाजन्य रोगका बिरामी बढ्नुमा प्रदूषणकै असर देखिन्छ।”

स्वास्थ्य मन्त्रालयले १११५ नम्बरको ‘हेलो स्वास्थ्य’ नामक हटलाइन सुरु गरेको बताएको छ। तर त्यो सीधा चिकित्सकीय परामर्शका लागि नभएर अस्पताल जानुपर्ने अवस्था भए नभएको निर्क्योल गर्न ‘परामर्श’ र गुनासो सुन्नका लागि भएको बताइएको छ।

डब्ल्यूएचओका अनुसार वायुमा हुने ‘पार्टिक्युलेट म्याटर’ (पीएम) र अन्य प्रदूषक तत्त्वले श्वासनली र फोक्सोमा सुजन गराउँदै प्रतिरक्षा प्रणाली कमजोर पार्छ र रगतको अक्सिजन बोक्ने क्षमतालाई कमजोर पार्छन्।

प्रदूषित हावाले श्वासप्रश्वासमा सङ्क्रमण, हृदयरोग, मस्तिष्काघात र फोक्सोको क्यान्सर गराउँछ। त्यसको असर खास गरी बालबालिका, वृद्धवृद्धा र न्यून आय भएका मानिसहरूमा पर्ने डब्ल्यूएचओले जनाएको छ।बीबीसी नेपाली

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं। वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले पछिल्लो समयमा भइरहेको वायु प्रदूषण न्यूनीकरण गर्ने प्रयास भइरहेको बताएका छन्।

वायु प्रदूषणलाई जनस्वास्थ्य आपत्काल घोषणा गरी तत्काल न्यूनीकरणका उपाय कार्यान्वयन गर्नुपर्ने माग गर्दै महिला पुनःस्थापना केन्द्र (ओरेक) ले आज हस्तान्तरण गरेको ज्ञापनपत्र बुझ्दै उनले काठमाडौं उपत्यकामा विगत एक सातादेखि देखिएको वायु प्रदूषण हटाउन सरकारले योजनाबद्ध रूपमा पहल गरिरहेको उल्लेख गरे।

ओरकले अनुगमन संयन्त्रलाई प्रभावकारी बनाउने र वातावरणीय नियमनलाई कडाइपूर्वक कार्यान्वयन गर्नुपर्ने, महिला र सीमान्तकृत समुदायमा वायु प्रदूषणको असमानुपातिक प्रभावलाई सम्बोधन गर्न लैङ्गिक–उत्तरदायी नीतिहरू लागू गर्नुपर्ने, वायु गुणस्तर व्यवस्थापन, नवीकरणीय ऊर्जाको प्रवर्द्धन र सहरी हरियालीको विस्तारसम्बन्धी नीति, दिगो समाधानका लागि लगानी गर्नुपर्ने र वायु प्रदूषण नियन्त्रण गर्न छिमेकी देशहरूसँग क्षेत्रीय सहकार्य स्थापित गर्नुपर्ने माग गर्दै ज्ञापनपत्र बुझाएको हो।

काठमाडौंको वायु गुणस्तर सूचकांक (एक्युआइ)ले निरन्तर रूपमा ‘अति अस्वस्थकर’ सीमा नाघेको र यहाँको वातावरणीय अवस्था पटकपटक ‘खतरनाक’ स्तरमा पुगेको ओरेकको भनाइ छ। ‘यसले सम्पूर्ण नागरिक, विशेषगरी महिला, बालबालिका, गर्भवती तथा स्तनपान गराउने आमा र ज्येष्ठ नागरिक र सडकपेटीमा रहेर श्रम गर्ने श्रमिकमा गम्भीर स्वास्थ्य जोखिम सृजना गरेको गरेको छ’, ओरेकले भनेको छ।

ओरेकले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई समेत ध्यानाकर्षण गराएको छ।


सामाग्री श्रोत :

‘वायु प्रदूषण न्यूनीकरण गर्न सरकार प्रयासरत छ’

काठमाडौं । घाम पावरले नेपालमा अहिलेसम्मकै ठुलो ४ मेगावाट आवर क्षमताको ऊर्जा भण्डारण प्रणाली स्थापना गर्ने भएको छ । कम्पनीले प्राक्टिकल एक्सन र स्वान्बर्टनसँग मिलेर संयुक्त राष्ट्र सङ्घीय औद्योगिक विकास सङ्गठन (युनिडो) अन्तर्गत यो परियोजना अघि बढाउने भएको हो ।

परियोजना स्थापनाले उद्योग र व्यवसायहरूलाई डिजेल खपत कम गर्न र स्मार्ट ग्रिडको विकास मार्फत कार्बन उत्सर्जन घटाउने मद्‍दत गर्नेछ । युनिडोका महानिर्देशक गर्ड मुलरले विभिन्न पाँच देशका राजदूतहरूको उपस्थितिमा यसको घोषणा गरेका थिए । जसअनुरूप अन्य परियोजना पनि सञ्चालन हुने बताइएको छ ।

नेपालको तर्फबाट नेपाली राजदूत भरत कुमार रेग्मी, घाम पावरका सीईओ अञ्जल निरौला लगायतको सहभागिता रहेको थियो । यो परियोजनाले प्रदूषण निम्त्याउने डिजेल जेनेरेटरहरूलाई सौर्य ऊर्जाबाट सञ्चालित ठुलो मात्राको ब्याट्री भण्डारण प्रणालीले प्रतिस्थापन गरी औद्योगिक ऊर्जा प्रयोगलाई परिवर्तन गर्ने लक्ष्य राखेको छ।

महँगो र हानिकारक इन्धन स्रोतबाट टाढा रहेर यो परियोजनाले आगामी २५ वर्षमा २,८०० टन कार्बन उत्सर्जन घटाउने र १,००० किलोलिटर डिजेल विस्थापित गर्ने अपेक्षा राखिएको छ । जसले स्वच्छ र थप दिगो औद्योगिक भविष्य निर्माण गर्न मद्दत गर्नेछ।

एआईबाट सञ्चालित इनर्जी अप्टिमाइजेसनका साथै, प्रणालीले ऊर्जा लागत घटाउने, भरपर्दो र उद्योगहरूमा दिगो ऊर्जा प्रयोगलाई साथ दिनेछ । यो परियोजना सोलार र पावर स्टोरेजको नवप्रवर्तनमा एक महत्वपूर्ण कोसेढुङ्गो हुने बताइएको छ ।

युनिडोको एक्सेलेरेट-टु-डेमोनस्ट्रेट (ए२डी) सुविधा अन्तर्गत एआईमा आधारित ऊर्जा सोलुसन प्रदर्शन गर्न विश्वव्यापी रूपमा छनोट हुन पाउँदा गर्व महसुस भएको घाम पावरले जनाएको छ । 

 

पछिल्लो अध्यावधिक: चैत २२, २०८१ १२:४७





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– सहकारी ठगी प्रकरणमा उच्च अदालत तुलसीपुरले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई थुनामा पठाउने आदेश गरेको छ ।

जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उच्च अदालत तुलसीपुरका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले रविलाई थुनामा पठाउने आदेश गरेको हो । उच्च अदालत तुलसीपुर बुटवल इजलासका सूचना अधिकारी यमप्रसाद बास्कोटाले छविलाल जोशीको हकमा भने जिल्लाको आदेश सदर गरेको जानकारी दिए । 

छविलाललाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । रवि र पूर्वडीआईजी जोशीको मुद्दाको उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा बहस भएको थियो । बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा उनीहरुविरुद्धको मुद्दा उच्च अदालतमा छ ।

बिहीबार प्रतिवादीतर्फ रवि लामिछानेका वकिलको बहस नसकिएपछि मुद्दा शुक्रबारका लागि हेर्दाहेर्दैमा राखिएको थियो । लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र थापा, नारायण कँडेल, पशुपति भण्डारीले बहस गरेका थिए । त्यस्तै छविलालको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, अपूर्व खतिवडा, मनोज चौधरी र सरकारी वकिलबाट सहन्यायाधिवक्ता सोमकान्ता भण्डारी, प्रकाश मरासिनी, वसन्त पोखरेलले बहस गरेका थिए ।

यसअघि रूपन्देही जिल्ला अदालतले यो मुद्दामा रविलाई १ करोड धरौटीमा छाडेको थियो भने छविलाललाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । सुप्रिम सहकारी ठगी प्रकरणमा गत माघ १३ गते रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले तत्कालीन प्रबन्ध निर्देशक लामिछानेलाई एक करोड धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

Ncell 2
Ncell 2

सोही मुद्दामा जिल्ला अदालत रुपन्देहीका न्यायाधीश वशिष्ठकुमार घिमिरेको इजलासले गोर्खा मिडियाका सञ्चालकसमेत रहेका पूर्वडीआइजी जोशीलाई भने पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

थुनाको आदेशविरुद्ध जोशीका छोरा रोचक जोशीले उच्च अदालतमा निवेदन दर्ता गराएका थिए । उक्त निवेदनमा पनि प्रारम्भिक सुनुवाइ गर्दै माघ ३० मा उच्च अदालतले कैफियत प्रतिवेदन झिकाउन आदेश गरेको थियो । यसअघि सरकारी वकिलले लामिछानेको मुद्दा पनि जोशीसँगै राखेर सुनुवाइ गर्न माग गरेपछि इजलासले लामिछानेको कैफियत प्रतिवेदन माग गरेको थियो ।

सुप्रिम सहकारीमा रवि, छवि र गितेन्द्रबाबु (जीबी) राईसहित ४२ जनाको संलग्नतामा सहकारीको ५५ करोड बढी रकम अपचलन भएको र रवि, छवि र जीबीले मात्र छुट्टै १० करोड ९९ लाख ३६ हजार रकम अपचलन गरेको पूरक अभियोगसहितको मुद्दा जिल्ला सरकारी वकिल कार्यालयले अघि बढाएको थियो ।

shivam cement
shivam cement

तर जिल्ला सरकारी वकिलको कार्यालयले समान प्रकृतिको मुद्दामा रविलाई धरौटी र छविलाई थुना भएपछि रविलाई पनि थुनामै राख्नु पर्ने अपिल गर्दै उच्च अदालत पुगेको हो भने उता छविलालले पनि धरौटीमा छुट्न पाउनुपर्ने भन्दै उच्चमै निवेदन दर्ता गराएका छन् ।

सोही मुद्दामा धरौटी लिएकोमा साधारण तारेखमै मुद्दा लड्न पाउनु पर्ने भन्दै रविले पनि ७३ नम्बर दर्ता गराएका थिए । समान प्रकृतिका मुद्दामा छुट्टाछुट्टै ७३ नम्बर दर्ता भएपछि उच्च अदालत बुटवलले एकैसाथ हेर्ने आदेश दिएपछि अहिले उच्चमा यो मुद्दा अघि बढेको हो ।

उच्च अदालतको आदेशअनुसार थुनामा नराखी मुद्दा लड्नुपर्ने छविको माग, रविलाई धरौटीमा नछाडी थुनामा राख्नुपर्ने सरकारी वकिलको माग र रविको धरौटीबिना साधारण तारेखमा बस्न पाउने निवेदनसहित तीनवटै मुद्दालाई जोडेर बिहीबार पेश भएको मुद्दामा आज बहस सकिएको हो ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

तानसेन (पाल्पा)। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमा कार्यक्रम थप प्रभावकारी बनाउँदै लगिएको बताएका छन्। आजदेखि तानसेनको टुँडिखेलमा सञ्चालन भएको दोस्रो तानसेन महोत्सवलाई उद्घाटन गर्दै उनले स्वास्थ्य बिमाका लागि स्रोत सुनिश्चित गरी व्यवस्थित र प्रभावकारी बनाउने कार्यमा सरकार लागेको बताए।

मन्त्री पौडेलले भने, ‘केही व्यक्तिहरूले मलाई भन्ने गर्नुभएको छ, तपाईँले त बिमा बन्द गर्न लाग्नुभयो रे, यो बिमा चल्दैन भन्नुभयो रे, मैले भनेको यसरी चल्दैन, मैले डुब्न लागेको बिमालाई उठाउन खोजेको, अव्यवस्थित बिमालाई व्यवस्थित बनाउन खोजेको, अपूर्ण बिमालाई पूर्णतातिर लिएर जान खोजेको हो, कार्यान्वयन हुनेगरी हुनसक्ने गरी हामीले दृष्टिकोणहरू ल्याएका छौँ, केके गर्यौँ भने बिमा सुरक्षित गर्न सकिन्छ, केके गरे बिमामा नियमित आम्दानी गर्न सकिन्छ ? भन्ने कुराको परिकल्पना गरेका छौँ।’

आफू आमसर्वसाधारणले प्राप्त गरेका सुविधालाई कटाउने पक्षमा नभइ त्यसलाई सुरक्षित कसरी गराउनेतर्फ लागेको उनले स्पष्ट पारे। मन्त्री पौडेलले भने, ‘वर्तमान सरकार स्वास्थ्य क्षेत्रको विकास र सुधारलाई प्राथमिकतामा राखेर व्यवस्थित बनाउने योजनामा छ। बिरामीको उपचार सर्वसुलभ गर्ने र उपचार गर्न नसक्नेलाई निःशुल्क बनाउने तथा स्वास्थ्य बिमा कार्यक्रमलाई थप प्रभावकारी बनाउने छौँ।’

उपचार कसरी गर्ने भन्नेबारेमा केही उपलब्धिहरू भए पनि त्यसले पूर्णता प्राप्त गर्न नसकेको उनले बताए। मन्त्री पौडेलले बिरामी बढाउने नभइ बिरामी हुन नदिने उपाय कसरी खोज्न सकिन्छ त्यसअन्तर्गत काम गर्न जरुरी रहेको उल्लेख गरे।


सामाग्री श्रोत :

‘स्वास्थ्य बिमा बन्द होइन, थप प्रभावकारी बनाउँदैछौँ’

काठमाडौँ । राजधानीको तीनकुनेमा आयोजित १५ चैतको राजावादी प्रदर्शनका क्रममा राष्ट्रिय गान बजिरहँदा स्टेजमा अश्रुग्यास हानेको भनिएको भिडिओ ‘डिपफेक’ भएको प्रहरीको दाबी थियो । बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यले सामाजिक सञ्जालमा चर्चा भएजस्तो कार्यक्रममा राष्ट्रिय गान बजिरहँदा अश्रुग्यास प्रहार नभएको भन्दै उक्त भिडिओ डिपफेक भएको बताएका थिए ।  

टेकपाना फ्याक्टचेकका क्रममा ‘राष्ट्रिय गान बजिरहँदा अश्रुग्यास प्रहार भएको भन्ने भिडिओ डिपफेक हो’ भन्ने प्रहरीको दाबी मिथ्या देखिएको छ ।

वास्तवमा स्टेजमा अश्रुग्यास आएको सत्य हो, जुन कुरा प्रहरीले पत्रकार सम्मेलनकै क्रममा स्वीकार गरेको पनि छ । अर्को, राष्ट्रिय गान बजेको पनि सत्य हो । भाइरल भएका भिडिओमा डिपफेक प्रयोग गरी राष्ट्र गान थपिएको र कार्यक्रम सुरु नै नभई सुरु भएको देखाइएको प्रहरीको दाबी भने मिथ्या हो । 

दाबी

१५ चैतमा राजधानीको तीनकुनेमा भएको राजावादी समर्थकको प्रदर्शनका क्रममा राष्ट्रिय गान बजिरहँदा प्रहरीले अश्रुग्यास प्रहार गरेको भन्ने दाबीसहितका भिडिओहरू सामाजिक सञ्जालमा भाइरल भएका थिए । यस्ता दाबी आएपछि बुधबार २० चैतमा आयोजित पत्रकार सम्मेलनमा एक पत्रकारले केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यलाई ‘राष्ट्रिय गान बजिरहँदा टियर ग्यास हानेको भन्ने भिडिओ तपाईँले राख्नु भएन’ भनेर सोधेका थिए । उनको प्रश्न थियो, “तपाईँले जुन भिडिओ देखाउनु भएको छ, त्यसमा मञ्चमा राष्ट्रिय गान बजिरहेको बेला टियर ग्यास हानेको हो कि होइन, त्यो भिडिओ पनि राख्नु भएन ।” अनलाइन खबरले फेसबुक पेजमार्फत उक्त कार्यक्रमको प्रत्यक्ष प्रसारण गरेको थियो । सो भिडिओको ४२ मिनेट ३० सेकेन्डमा डीआईजी आचार्यले डिपफेक भिडिओको सन्दर्भ निकालेका छन् । हेर्नुहोस् ओर्जिनल भिडिओआर्काइभ भिडिओ । 

जवाफमा प्रवक्ता आचार्यले भनेका थिए, “ प्रहरीले अनावश्यक बल प्रयोग गर्‍यो भन्ने कुरा आइरहेको छ । प्रहरीले कार्यक्रम बिथोल्यो भन्ने जुन हिसाबले आइरहेको छ, प्रहरीले वास्तवमा सुरु गरेकै छैन त्यहाँ निर गएर । …त्यहाँ राष्ट्रिय गान कहीँ बजेको छैन । त्यो फेक डिपफेक भिडिओ हो । त्यहाँ कार्यक्रम नै सुरु भएको छैन त कसरी राष्ट्रिय गान बज्छ ? कोही देख्नुभएको छ तपाईँहरुले, त्यहाँ भएको नेता ? कोही जम्मा भएको देख्नुभएको छ, त्यहाँ कुनै भिडिओमा ? एउटा पनि भिडिओ छैन जहाँ नेता गएर बसिसकेको अवस्था होस् । त्यहाँ निर कार्यक्रम सुरु गरिरहेको अवस्था होस् । र, त्यो भन्दा अगाडि नै एक जना व्यक्तिले हामी यहाँ तपाईँहरू बसिरहने हैन, उता जानुपर्छ भनेर बोलेको अवस्था छ त । त्यस कारण त्यहाँ जुन हिसाबले यो कार्यक्रम थियो, कार्यक्रम छ भन्ने हिसाबले राष्ट्रिय गान बजेको भन्ने भन्ने कुरा छ, त्यो केही पनि होइन ।” 

“डेफ्नेट्ली यतातिर झडप हुने बेलामा टियरग्यास हान्ने क्रममा त्यो टियरग्यास त्यहाँ पनि पुगेको हो । किनभने त्यो त सबै अहिले जुन-जुन ठाउँमा घटनाहरू भइरहेको छ, त्यो घटना भएको एरिया त्यही हो । त्यस कारण एउटा टियरग्यास एक ठाउँबाट कहिलेकाहीँ अर्को ठाउँमा पुग्छ । त्यो हान्ने बेलामा कहिले एङ्गल मिल्दैन, केही चिज होला…”

 

अर्थात् डीआईजी आचार्यले त्यस दिन तीनकुनेको स्टेजमा राष्ट्रिय गान बजेको बेला अश्रुग्यास हानेको भिडिओ डिपफेक भएको बताए । द्वन्द्व भएको क्षेत्र नै तीनकुने भएकाले प्रहरीले हानेको अश्रुग्यास स्टेजसम्म पुगेको हुन सक्ने उनले बताए पनि राष्ट्रिय गान बजिरहँदा प्रहरीले टियर ग्यास हानेको दाबी डिपफपेक भएको उनको भनाई  थियो ।

तथ्यजाँच

डीआईजी आचार्यले दाबी गरेको जस्तो भिडिओ डिफफेक थियो कि थिएन भन्ने  तथ्य जाँच गर्नु अघि यो प्रविधि के हो भन्ने बुझ्न जरुरी छ । डिपफेक अडिओ, भिडिओ वा फोटो जुनसुकै स्वरूपमा पनि हुन सक्छ । डिपफेक भिडिओ आर्टिफिसियल इन्टेलिजेन्स (Artificial Intelligence) को प्रयोग गरेर बनाइएका यस्ता भिडिओ हुन्, जुन वास्तविक जस्तै देखिन्छ, तर वास्तविक भने हुँदैन । यस्ता भिडिओमा वास्तविक व्यक्तिले बोलेको वा गरेको जस्तो देखाउन सकिन्छ, तर वास्तवमा त्यो झुटो हुन्छ ।

त्यस्तै डिपफेक अडिओमा कसैको आवाजलाई कृत्रिम रूपमा नक्कल गरेर वा सिर्जना गरेर उसले नभनेको कुरा पनि बोलेको जस्तो बनाइन्छ । यसका लागि एआईले सम्बन्धित व्यक्तिको आवाजका विभिन्न नमुनाहरू (recording) बाट डेटा लिन्छ र त्यसको आधारमा नयाँ अडियो सिर्जना गर्छ ।

उदाहरणका लागि कसैले कुनै नेताको भाषणको डिपफेक अडियो बनाउन सक्छ । जहाँ नेताले कहिल्यै नबोलेका कुराहरू बोलेको जस्तो सुनिन सक्छ ।

डिपफेक भिडिओमा एआईको प्रयोग गरेर एउटा व्यक्तिको अनुहार र हाउभाउ अर्कै व्यक्तिको हाउभाउ वा सन्दर्भमा मिसाउन सकिन्छ । ताकि उसले नगरेको काम गरेको वा नभनेको कुरा बोलेको जस्तो देखिन्छ । 

उदाहरणका लागि केही समयअघि चर्चित युट्युबर मिस्टर बिस्टको भिडिओ डिफफेक प्रविधिबाट तयार पारी ठगी गर्ने काम भइरहेको थियो । युट्युब भिडिओमा कहिले गाडी, कहिले पैसा र कहिले अन्य किसिमका सामाजिक कार्य गरिरहेको देखिने मिस्टर बिस्टको उक्त डिपफेक भिडिओमा दुई डलरमै आईफोन १५ उपलब्ध गराउने उल्लेख थियो । केही प्रयोगकर्ताले वास्तविक सोचेर रकम बुझाएको दाबी पनि गरेका थिए । पछि मिस्टर बिस्ट आफैले उक्त भिडिओ डिपफेक प्रविधिबाट तयार पारिएको उल्लेख गरेका थिए । डिपफेकको बारेमा थप जानकारी लिन यहाँ क्लिक गर्न सक्नु हुन्छ । 

अब मूल विषय तर्फ प्रवेश गरौँ । बुधबार पत्रकार सम्मेलन सकिएपछि टेकपानासहित विभिन्न समाचार माध्यममा उक्त घटनाका समाचार आए । सञ्चार माध्यमहरूले डीआईजी आचार्यले ‘राष्ट्रिय गान बजिरहेको बेला अश्रुग्यास प्रहार भएको भन्ने भिडिओ डिपफेक भएको प्रहरीको दाबी’ भन्दै समाचार लेखे । यही सन्दर्भलाई लिएर केही सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा ‘प्रहरीले स्टेजमा टियरग्यास हानेको भिडिओ डिपफेक भएको बतायो’, ‘स्टेजमा टियर ग्यास प्रहार भएको भन्ने भिडिओ डिपफेक भएको प्रहरीको दाबी’ भन्ने आशयका पोस्ट आए । 

अब पत्रकार सम्मेलनपछि आएका समाचार र पोस्टको चर्चा गरौँ । सम्मेलनमा डीआईजी आचार्यले राष्ट्रगान बजिरहँदा स्टेजमा अश्रुग्यास प्रहार भएको भन्ने भिडिओ डिपफेक भएको बताएका थिए । सँगसँगै स्टेजमा अश्रु ग्यास पुगेको हुनसक्ने कुरा पनि स्वीकार गरेका थिए । तर, केही सञ्चार माध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताले ‘राजावादीको स्टेजमा अश्रुरग्यास प्रहार भएको भन्ने भिडिओ नै डिपफेक भएको दाबी प्रहरीले गरे जसरी समाचार तथा पोस्ट लेखे । प्रहरी प्रवक्ताले स्टेजमा अश्रुग्यास पुगेको विषय नकारेका छैनन् । उनले राष्ट्रगान बजिरहँदा अश्रुग्यास प्रहार भएको भन्ने भिडिओ डिपफेक भएको दाबी गरेका थिए । 

हामीले बिहीबार प्रहरी प्रवक्ता आचार्यलाई सम्पर्क गरी उनले डिपफेक दाबी गरेको भिडिओ कुन हो भनी सोधेका थियौँ । त्यस क्रममा उनले आफूहरू पनि उक्त भिडिओ खोजिरहेको बताए । हामीले सामाजिक सञ्जालमा भाइरल राष्ट्रिय गान बजिरहेको बेला स्टेजमा टियरग्यास प्रहार भएको भिडिओ पठायौँ । तर, उनले त्यस भिडिओलाई लिएर कुनै प्रतिक्रिया जनाएनन् । पटक पटक सम्पर्कको प्रयास गर्दा समेत उनको फोन उठेन । 

राष्ट्रगान बजिरहँदा अश्रुग्यास प्रहार भएका भिडिओको इनभिडबाट किफ्रेम निकालेर गुगल, बिङ्ग, यान्डेक्स जस्ता सर्च इन्जिनको इमेज सर्च टुलको सहयोगमा विभिन्न भिडिओहरू खोज्यौँ । ‘स्टेजमा अश्रुग्यास’, ‘राष्ट्रगान बजिरहँदा अश्रुग्यास’, आदि जस्ता किवर्ड राखेर पनि हेरौँ ।  

यसरी इन्टरनेटमा रहेका विभिन्न भिडिओहरू सङ्कलन गरेर तिनको विश्लेषण थाल्यौँ । अधिकांश सामाजिक सञ्जाल प्रयोगकर्ताले राखेको भिडिओ एउटै थियो । तर, हामीले पृष्ठभूमिमा राष्ट्रियगान बजिरहेको सुनिने फरक फरक व्यक्तिले खिचेका तीन ओटा भिडिओको टाइम फ्रेम दाँजेर हेर्‍यौँ । त्यसमध्येको एउटा हो, देशसञ्चारले फेसबुकमा राखेको भिडिओ । हेर्नुहोस् आरिजिनल लिङ्कआर्काइभ लिङ्क । यो भिडिओ ४२ सेकेन्ड लामो छ । देशसञ्चारका सहसम्पादक मनोज दाहालले सो भिडिओ आफ्नै सम्वाददाताले खिचेको नभई कुनै एक जना सामाजिक सञ्जाल प्रयोगकर्ताको सहयोगमा लिइएको बताए । (देशसञ्चारबाट ओरिजिनल सोर्सको जानकारी प्राप्त भएमा यहीँनिर अपडेट गर्नेछौँ) । 

त्यस्तै हामीले सचेत राइड्स नामक युट्युब च्यानलको भिडिओलाई आधार बनाएका छौँ । हेर्नुहोस्, ओरिजिनल लिङ्क । उनको यो भिडिओ १ घण्टा १२ मिनेट लामो छ । यो भिडिओमा राष्ट्रगान ३६ औँ मिनेटदेखि बज्न थालेको सुनिन्छ ।

हामीले विश्लेषणका लागि प्रयोग गरेको अर्को भिडिओ हो, फेसबुकमा विजय पन्त आशुतोषले राखेको भिडिओ । यो भिडिओ दुई मिनेट ८ सेकेन्डको छ । यसमा एक मिनेट १४ सेकेन्डमा राष्ट्रगान बज्न सुरु हुन्छ । हेर्नुहोस् ओर्जिनल भिडिओआर्काइभ भिडिओ । 

डिपफेक गरी बनाइएको भिडिओ हुनका लागि भिडिओमा देखिएका गतिविधि र पात्रहरू वास्तविक भन्दा फरक हुनुपर्ने अथवा वास्तविक पात्र र गतिविधि फरक सन्दर्भमा देखिनु पर्ने हो । तर त्यस्तो कुनै सङ्केत ती भिडिओहरूमा देखिँदैन । किन भने हामीले उक्त भिडिओहरूको किफ्रेमहरू निकालेर विश्लेषण गरेका छौँ । ती कि फ्रेममा कतै पनि अस्वाभाविक स्वरूप, पात्र, चाल, वा गतिविधि भेटिएन । 

प्रहरी प्रवक्ताले ‘भिडिओमा एडिट गरी पछि राष्ट्रगान राखिएको’ हुनसक्ने विषयलाई नबुझेर ‘डिपफेक भिडिओ’ बताउन खोजेको हुनसक्ने शङ्काको सुविधा दिएर पनि हेर्‍यौँ । यसका लागि फरक फरक कोणबाट खिचिएका यी तीन ओटै भिडिओलाई हामीले प्रिमियर प्रोमा राखेर हेर्नुपर्ने भयो । यी सबै भिडिओमा राष्ट्र गान सुरुवातदेखि नै सुनिँदैन । अर्थात् छोटो भिडिओ सुरु हुनु अघिदेखि नै राष्ट्रगान बजेको सुनिन्छ भने लामा दुई भिडिओमा राष्ट्र गान सुरुवातदेखि नै बजेको सुनिन्छ । यी भिडिओमा राष्ट्र गान बज्जाबज्दै एक्कासि रोकिएको भाग समान छ । त्यस्तै दुई लामा भिडिओमा राष्ट्र गान सुरु भएको समय एउटै छ । राष्ट्रगान रोकिएपछि स्टेजमा अश्रुग्यास फैलिएका किफ्रेमहरू दाँजेर हेर्दा राष्ट्रगान रोकिएको समय र देखिएका दृश्य मिल्दाजुल्दा छन् । यी सबै पक्ष विश्लेषण गर्दा कुनै पनि कोणबाट भिडिओमा राष्ट्रगान पछिबाट थपेको पुष्टि हुँदैन । टेकपानासँगको कुराकानीमा प्रहरी स्रोतहरूले समेत प्रवक्ताको भनाईमा सत्यता नरहेको बताए । यी सबै आधारबाट उक्त स्टेजमा राष्ट्र गान बजेको कुरा टेकपाना तथ्यजाँचबाट पुष्टि हुन्छ र भिडिओ डिपफेक वा एडिट गरेर राष्ट्रगान थपिएको भन्ने दाबी मिथ्या रहेको देखिन्छ ।  

अब कुरा गरौँ अश्रुग्यास प्रहार भइसकेपछि राष्ट्रगान बजेको हो कि अगाडि नै राष्ट्र गान बजेको थियो अनि प्रहरीले अश्रुग्यास प्रहार गर्‍यो भन्ने विषय । सचेत राइड्सले अपलोड गरेको भिडिओमा पहिले नै अर्थात ३५ मिनेट ४० सेकेन्डमा अश्रुग्यास फैलिएको देखिन्छ भने ३६ मिनेटमा राष्ट्र गान बज्न थाल्छ । र, राष्ट्र गान बीचमै बन्द भएपछि मञ्चमा अश्रुग्यासको धुवा बाक्लिँदै गएको देखिन्छ । 

देशसञ्चारले राखेको स्टेजको भिडिओमा पनि बीचबाट राष्ट्रगान बज्दा स्टेजमा अश्रुग्यास आइरहेको देखिन्छ । 

हामीले तथ्यजाँचकै क्रममा उक्त कार्यक्रमका लागि साउन्ड सिस्टम उपलब्ध गराउने कम्पनीले खटाएका एक कर्मचारीलाई सम्पर्क गर्‍यौँ । (तर गोपनीयताका कारण उनको नाम भने यहाँ उल्लेख गर्न असमर्थ छौँ) । “स्टेजमा अश्रुग्यास आउन थालेपछि मान्छे तितरबितर हुन थाले,” ती कर्मचारीले भने, “त्यसपछि हामीलाई स्टेजमै भएका एक जनाले राष्ट्रिय गान बजाउन भने । हामीले उनले भने अनुसार नै राष्ट्रिय गान बजायौँ । तर, सबै स्टेजमा बस्नै नसकिने भएपछि बन्द गरेर भाग्यौँ ।”

दाबी

‘स्टेजमा राष्ट्रिय गान बजिरहँदा अश्रुग्यास प्रहार भएको भन्ने भिडिओ डिपफेक हो’ भन्ने प्रहरी प्रवक्ता आचार्यको दाबी । 

दाबीकर्ता

नेपाल प्रहरीका प्रवक्ता डीआईजी दिनेशकुमार आचार्य । 

तथ्य

प्रहरी प्रवक्ता आचार्यले ‘स्टेजमा अश्रुग्यास प्रहार भएको भिडिओलाई सिधै डिपफेक भनेका थिएनन् । तर उनले स्टेजमा राष्ट्रिय गान बजिरहँदा अश्रुग्यास प्रहार भएको भन्दै भाइरल भिडिओ डिपफेक भएको दाबी गरेका थिए । तर उनले दाबी गरेको जस्तो भाइरल भिडिओ डिपफेक गरी बनाइएको कहीँबाट पुष्टि हुँदैन । न त  एडिट गरेर पछि राष्ट्र गान थपेको नै देखिन् छ । अश्रुग्यास प्रहार भइसकेपछि एक्कासि राष्ट्रगान बज्न थालेको र स्टेजमा अश्रुग्यास पुगेपछि राष्ट्रगान बन्द भएको तथ्यले देखाएको छ । 

निष्कर्ष

डीआईजी आचार्यले दाबी गरेको जस्तो भाइरल भिडिओहरूमा डिपफेक गरी वा पछि एडिट गरी राष्ट्रगान थपिएको होइन । विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताले राखेका भिडिओको विश्लेषणबाट अश्रुग्यास प्रहारकै बिच राष्ट्रगान एक्कासि सुरु भएको र बीचमा गएर एक्कासि बन्द भएको स्पष्ट हुन्छ । अर्थात् स्टेजमा राष्ट्रगान बजेको र त्यसैबिच अश्रुग्यास पुगेको कुरा साँचो हो । 

प्रतिक्रिया

तपाईंले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु होला ।

 

पछिल्लो अध्यावधिक: चैत २२, २०८१ २१:१५





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– रास्वपा सभापति रवि लामिछानेले आफूले उच्च अदालतको आदेशको सम्मान गर्दै गिरफ्तारी दिने बतएका छन् ।

सामाजिक सञ्जालमार्फत उच्च अदालत तुलसीपुरको आदेशलाई सम्मान गर्दै आजै गिरफ्तारी दिने बताए । यद्यपि, उनले आफूमाथि अन्याय भएको जिकिर गरेका छन् ।

Ncell 2
Ncell 2

‘सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफैं आजै अहिले नै गिरफ्तारी दिँदैछु । साथै न्यायलयका अन्य ढोकाहरु मेरा लागि खुल्ला होलान् नै । न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउँछु’, उनले लेखेका छन्, ‘म माथि ठूलो अन्याय भएको छ ।’

shivam cement
shivam cement

उनले आफूले न्यायका लागि हरेक ढोका ढकढकाउने पनि उल्लेख गरेका छन् । तर उनले आफ्नो अनुपस्थितिमा चितवनको सभा नरोक्न आग्रह पनि गरेका छन् ।

बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा उनलाई थुनामै राख्ने जिल्ला अदालत रुपन्देहीको आदेश सदर गर्दै उच्च अदालत तुलसीपुरका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले रविलाई थुनामा पठाउने आदेश दिएकाे हाे ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं ।‍ अब नेपालीहरूले भारत र भुटानमा पनि क्यूआर कोडमार्फत भुक्तानी गर्न सक्ने भएका छन् । नियामक निकाय नेपाल राष्ट्र बैंकले विदेशी विनिमय व्यवस्थापन विभागको एकीकृत परिपत्र-२०८१ जारी गर्दै यो व्यवस्था गरेको हो ।

संशोधित परिपत्रमा नेपाली वाणिज्य बैंक तथा राष्ट्रियस्तरका विकास बैंकमा खोलिएको खातामा आवद्ध क्यूआर कोड लगायतका विद्युतीय माध्यमबाट भारत र भुटानमा भुक्तानी गर्न सकिने उल्लेख छ । राष्ट्रिय भुक्तानी स्विच पूर्ण रूपमा सञ्चालनमा नआएसम्म रिटेल पेमेन्ट स्विच मार्फत यो सुविधा प्रदान गर्नुपर्ने परिपत्रमा उल्लेख छ ।

यस सुविधाको सीमा कार्डबाट हुने भुक्तानीको सीमासम्म नै हुने व्यवस्था गरिएको छ । यसअनुसार, भारतमा क्रेडिट, डेबिट र प्रिपेड कार्ड लगायतका विद्युतीय माध्यमबाट सामान वा सेवा खरिद गर्दा मासिक एक लाख भारतीय रुपैयाँसम्म भुक्तानी गर्न सकिनेछ । तर, होटल, अस्पताल र औषधि पसलमा भने यो सीमा लागू हुने छैन ।

पछिल्लो अध्यावधिक: चैत २२, २०८१ १९:५





सामाग्री श्रोत :
टेक पाना

पहिलो भूकम्प साँझ ८ बजेर ७ मिनेटमा गएको थियो भने दोस्रो भूकम्प तीन मिनेटपछि गएको थियो ।
सामाग्री श्रोत :
नेपाललाइभ


तानसेन (पाल्पा) । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सङ्घीयता खर्चिलो भएकाले छरितो बनाउन आवश्यक रहेको बताएका छन्। आज नेपाली कांग्रेस पाल्पाले तानसेनमा आयोजना गरेको शुभकामना तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सङ्घीयता राज्यको क्षमताभन्दा बढी खर्चिलो भएकाले छरितो बनाउन आवश्यक रहेको बताए। मन्त्री पौडेलले भने, ‘वास्तवमा सङ्घीयता जनतालाई अधिकार दिलाउने सन्दर्भमा यो परिस्कृतस्वरूप हो, तर […]
सामाग्री श्रोत :

सङ्घीयता खर्चिलो छ, छरितो बनाउनुपर्छ : मन्त्री पौडेल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट