२०८२ असार २३ सोमबार
LATEST NEWS
२०८२ असार २३ सोमबार

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबीच सम्झौता

काठमाडौं- थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबीच सम्झौता भएको छ। अस्पतालमा आएका बिरामीको आवश्यक परीक्षणका लागि दुई संस्थाबीच सम्झौता भएको हो।सम्झौता पत्रमा अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारी र प्रयोगशालाका निर्देशक डा रञ्जनराज भट्टले हस्ताक्षर गरेका छन्। यो सम्झौतापछि अबदेखि अस्पतालमा उपलब्ध नभएका परीक्षणहरु जनस्वास्थ्य प्रयोगशालामा परीक्षणा हुने छ।सम्झौता अनुसार अस्पतालले परीक्षणका लागि नमुना संकलन गरी प्रयोगशालामा पठाउनु पर्ने छ भने नमुना संकलन गरी पठाउने बिरामीको व्यक्तिगत विवरण र रोगसँग सम्बन्धित विवरण उल्लेख गर्नुपर्ने छ। त्यसैगरी सम्बन्धित नमुना परीक्षणका लागि दोश्रो पक्षको स्वीकृत दररेट अनुसारको रकम प्रदान गर्नु पर्ने लगायत छन्।त्यसैगरी प्रयोगशालाले व्यक्तिगत विवरण प्रेस्कृप्सन सहित प्रथम पक्षबाट उपलब्ध हुने प्रयोगशाला परीक्षण नियमित प्रक्रिया अन्तर्गत रही परिक्षण सेवा उपलब्ध गराउने छ भने अस्पतालसँग परीक्षण शुल्क रकम मासिक रुपमा दावी गर्ने छ।
सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट