२०८२ भाद्र २४ मंगलवार
LATEST NEWS
२०८२ भाद्र २४ मंगलवार

आजबाट काठमाडौं शिक्षक महासंघ पुनः सडक आन्दोलनमा

काठमाडौं। नेपाल शिक्षक महासंघले आजदेखि काठमाडौं केन्द्रित शैक्षिक सडक आन्दोलन गर्ने भएको छ। गत माघ २० गतेदेखि आन्दोलनमा रहेको महासंघले ‘काठमाडौं जा‍औं अभियान’ सहित अनिश्चितकालीन शैक्षिक सडक आन्दोलन गर्न लागेको हो।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले संसदमा छलफलमा रहेको विद्यालय शिक्षा विधेयक यथाशीघ्र ऐन जारी गर्न मागसहित आन्दोलन जारी राख्ने बताए।

गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक कर्मचारीमैत्री  अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउन राज्य पक्षलाई बाध्य पार्न आन्दोलन गर्न लागिएको अध्यक्ष सुवेदीको भनाइ छ।

आन्दोलनमा देशभरका अधिकांश शिक्षक कर्मचारी सहभागी हुने उनको दावी रहेको छ। हाल काठमाडौं रहेका र आजसम्ममा आउन लागेका  आएका शिक्षक कर्मचारी विद्यालय शिक्षा ऐन जारी नहुँदासम्म काठमाडौंबाट नफर्किने चेतावनी पनि उनले दिए।


सामाग्री श्रोत :

आजबाट काठमाडौं शिक्षक महासंघ पुनः सडक आन्दोलनमा

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट