२०८२ बैशाख ७ आईतवार
LATEST NEWS
२०८२ बैशाख ७ आईतवार

यस्ता छन् मन्त्रिपरिषद् बैठकको निर्णयहरु [सूचीसहित]

काठमाडौं– सरकारले आगामी पाँच आर्थिक बर्षसम्मका लागि प्रदेश तथा स्थानीय तहलाई उपलव्ध गराउने राजस्व बाँडफाँटको विस्तृत आधार र ढाँचा स्वीकृत गरेको छ ।

मंगलबार सिंहदरबारमा चैत्र १८ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले आर्थिक वर्ष २०८२/८३ देखि २०८६/८७ सम्मका लागि प्रदेश तथा स्थानीय तहलाई उपलव्ध गराउने राजस्व बाँडफाँटको विस्तृत आधार र ढाँचा स्वीकृत गरेको जानकारी दिए। 

बैठकले आगामी आर्थिक बर्षका लागि प्रदेश तथा स्थानीय तहलाई उपलव्ध गराउने राजस्व बाँडफाँटको हिस्सा अनुमानीत रकम र बित्तीय समानीकरण अनुदान रकम स्वीकृत गर्ने निर्णय गरेको उनले बताए ।

Ncell 2
Ncell 2

मन्त्रिपरिषद्ले धुलिखेल अस्पताल ट्रमा तथा आपत्तकालीन केन्द्र सुधार परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन ५७ करोड ३० लाख थप अनुदान सहायता प्राप्त गर्ने निर्णय गरेको छ भने नेपाल स्टक एकस्चेन्ज लिमिटेडको रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा चुडामणी चापागाईलाई नियुक्त गर्ने निर्णय भएको प्रवक्ता गुरुङले जानकारी दिए ।

त्यस्तै बैठकले कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिको कार्यकारी निर्देशक पदमा कृषि मन्त्रालयका वरिष्ठ अर्थ बिज्ञ डा प्रद्युम्नराज पाण्डेलाई नियुक्त गरेको छ भने परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानसम्बन्धी विधेयक तर्जुमा गर्न स्वीकृत गरेको छ । मन्त्रिपरिषद्ले म्यानमार सरकारलाई औषधि लगाएतका राहत सामाग्री उपलव्ध गराउने र नेपाली सेनाको चिकित्सक टोली म्यानमार पठाउने निर्णय समेत गरेको छ ।

shivam cement
shivam cement

486170682_4115888825350507_8613786988974723822_n-1743504460.jpg

486726838_1039590858055262_420794984446940032_n-1743504460.jpg

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट