२०८२ बैशाख ७ आईतवार
२०८२ बैशाख ७ आईतवार

पंजाबको लगातार दोस्रो जित, लखनउ आठ विकेटले पराजित

काठमाडौं। इण्डियन प्रिमियर लिग(आईपीएल)को आजको खेलमा पंजाब किंग्सले लखनउ सुपरजायन्ट्सलाई पराजित गरेको छ।

लखनउमा भएको खेलमा पंजाबले लखनउलाई ८ विकेटले पराजित गरेको हो। जारी आईपीएलमा पंजाबको यो लगातार दोस्रो जित हो। लखनउ भने तीन खेलमध्ये दुई खेलमा पराजित तथा एकमा विजयी भएको छ।

लखनउले जितका लागि दिएको एक सय ७२ रनको लक्ष्य पंजाबले १६.२ अ‍ोभरमा २ विकेट गुमाएर पुरा गर्‍यो। पंजाबका कप्तान श्रेयस ऐअर र ओपनर प्रभसिमरन सिंहले अर्धसतक बनाए। ऐअरले ३० बलमा ३ चौका र ४ छक्काको मद्दतमा ५२ रन बनाए भने प्रभसिमरनले ३४ बलमा ९ चौका र तीन छक्का प्रहार गर्दै सर्वाधिक ६९ रन बनाए। यस्तै नेहाल बडेराले २५ बलमा ३ चौका र ४ छक्का प्रहार गरि ४३ रन बनाए। लखनउका दिग्भेष राठीले दुई विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० अ‍ोभरमा ७ विकेट गुमाएर एक सय ७१ रन बनाएको थियो। लखनउका निकोलस पुरनले सर्वाधिक ४४ रन तथा आयुष बडोनीले ४१ रन बनाए। यस्ते ऐडेन मार्करमले २८ रन बनाउँदा अब्दुल समदले २७ रन बनाए। पंजाबका अर्शदीप सिंहले तीन विकेट लिए।


सामाग्री श्रोत :

पंजाबको लगातार दोस्रो जित, लखनउ आठ विकेटले पराजित

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट