२०८२ बैशाख ६ शनिबार
२०८२ बैशाख ६ शनिबार

कुपोषणले अस्ताए ‘लाज शरणम’का विकास

काठमाडौं– हाल प्रदर्शनरत चलचित्र ‘लाज शरणम’ मा महत्वपूर्ण भूमिका निभाएका १५ वर्षीय बालक विकास केसीको कुपोषणबाट निधन भएको छ । उनले चलचित्रमा पनि कुपोषित बालककै भूमिकामा अभिनय गरेका थिए ।

विकास वास्तविक जीवनमै पनि कुपोषणबाट ग्रसित थिए । चलचित्रको सुटिङपछि तत्काल निर्माण पक्षले उनलाई उपचारका लागि ग्रीन सिटी अस्पताल ल्याएको थियो ।

सो अस्पतालले कान्ति बाल अस्पताल रिफर गर्यो । कान्ति बाल अस्पतालले जटिल खालको कुपोषणको उपचार सम्भव भएको जनाउँदै फिर्ता गरेको थियो ।

Ncell 2
Ncell 2

सुटिङ समयमा विकासको स्याहार र परिवारको सहजताका लागि खानेकुरा, लत्ता कपडा र सञ्चारका लागि मोबाइल उपलब्ध गराइएको कलाकार अर्जुन घिमिरे पाँडेले बताए ।

निर्माण पक्षसँग उनलाई भेट गराउने, उपचारका लागि ल्याउने–लैजानेसहित पारिवारिक दायित्व निर्वाह गीतकार–संगीतकार वसन्त उदासले गरेका थिए ।

shivam cement
shivam cement

वि. सं. २०६६ साल साउन १ गते जन्मेका विकासको आज निधन भएको घिमिरेले जानकारी गराए । उपचार सम्भव नभएपछि विकासलाई कर्णाली फर्काइएको थियो । घरमै उनको निधन भएको खबर आएको घिमिरेले जानकारी दिए । उनको परिवारमा बुवा, आमा दिदी र भाइ छन् । भाइ पनि कुपोषित छन् ।
कर्णालीमा ५२ हजार बालबालिका कुपोषणबाट पीडित छन् ।

लाजशरणमा कर्णालीको दुखलाई चित्रण गरिएको चलचित्र हो । एक महिना अगाडि प्रदर्शनमा आएको चलचित्र अहिले पनि हलहरुमा चलिरहेको छ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट