२०८२ बैशाख ७ आईतवार
LATEST NEWS
२०८२ बैशाख ७ आईतवार

आन्दोलनमा मारिएका सविन महर्जनलाई न्यायको माग गर्दै फेसबुकमा #JusticeForSabin ट्रेन्डिङ

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा ह्याशट्याग जस्टिस फर सविन (#JusticeForSabin) ट्रेन्डिङमा परेको छ । शुक्रबार राजावादी समर्थकले गरेको प्रदर्शनका क्रममा ज्यान गुमाएका कीर्तिपुर नगरपालिका-४, गाम्चाका सविन महर्जनको न्यायको माग गर्दै पोस्ट गरिएको ह्याशट्याग ट्रेन्डिङमा परेको हो । 

आइतबार न्युज २४ नेपाल टेलिभिजनले सार्वजनिक गरेको भिडिओमा मृतक सविन महर्जनलाई प्रहरीले गोली हानेको दाबी गरिएको छ । प्रदर्शनको माहोल सामान्य नै रहेको अवस्थामा प्रहरीले सर्वसाधारणमाथि गोली चलाउँदा सविनलाई लागेको र उनी ढलेको दाबी गरिएको छ । अहिले चौतर्फी रूपमा त्यही दाबी भाइरल भइरहेको छ । 

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले #JusticeForSabin राख्दै प्रहरी प्रशासनसँग कडा प्रश्न गरिरहेका छन्– स्थिति सामान्य हुँदा गोली चलाउने आदेश कसले दियो ? कतिपयले सविनलाई निशाना बनाएर गोली हानिएको दाबी गर्दै दोषीमाथि कारबाहीको माग गरिरहेका छन् ।

केही फेसबुक पेज र एक्स ह्यान्डलहरूले भने यो घटनामा मुख्यधारका मिडियाहरू मौन रहेको आरोप लगाएका छन् । उनीहरूले सविनको अन्यायपूर्ण मृत्यु किन चर्चामा आएन भन्ने प्रश्न उठाउँदै घटनाको निष्पक्ष अनुसन्धानको माग गरेका छन् ।

पछिल्लो अध्यावधिक: चैत १८, २०८१ २२:५७





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट