२०८२ माघ ४ शनिबार
LATEST NEWS
२०८२ माघ ४ शनिबार

काठमाडौं– सरकारले दैलेखबाहेक देशका १० स्थानमा पहिचान गरिएका पेट्रोलिअम पदार्थ रहेका सम्भावित स्थानहरूमा भने पछिल्लो समय अन्वेषणको कुनै गतिविधि नगरेको अधिकारीहरूले बताएका छन्।

दैलेखमा गरिएको अन्वेषणका क्रममा प्राकृतिक ग्यासको भण्डारण रहेका सङ्केतहरू भेटिएपछि सरकारले त्यसको परीक्षण र व्यावसायिक उत्पादनको योजना बनाइरहेको छ।

पश्चिमको धनगढीदेखि पूर्वको विराटनगरसम्मका चुरे क्षेत्रमा पेट्रोलिअम पदार्थको भण्डारण रहेको हुन सक्ने सङ्केत ४५ वर्ष अघि गरिएका अध्ययनहरूले नै देखाएका थिए। थप अध्ययनपछि पेट्रोलिअम भण्डारणका सम्भाव्य स्थानलाई १० खण्ड अर्थात् क्लस्टरमा विभाजित गरेको थियो।

अध्ययन र अन्वेषणका लागि त्यसमध्ये कतिपय स्थानहरूको जिम्मा विभिन्न विदेशी कम्पनीहरूलाई जिम्मा दिइए पनि काम परिणामुखी हुन नसकेको अधिकारीहरूले बताएका छन्।

विसं २०३६/३७ सालमा अन्तर्राष्ट्रिय विकास संस्था विश्व ब्याङ्कको प्राविधिक सहयोगमा फ्रान्सको भूगर्भसम्बन्धी कम्पनी सीजीजीले नेपालको दक्षिणी भूभागको ४८,००० वर्ग किलोमिटर क्षेत्रमा ‘एरोम्याग्नेटिक’ सर्वेक्षण गरेको थियो।

उक्त सर्वेक्षणबाट नेपालको भूसतहमुनि पेट्रोलिअम पदार्थ हुन सक्ने विभिन्न भौगर्भिक सङ्केतहरू पत्ता लागेको खानी विभागका प्रतिवेदनहरूमा उल्लेख छ।

नेपालको चुरे तथा महाभारत शृङ्खलामा हालसम्म २,२०० किलोमिटर क्षेत्रको ‘पेट्रोजिओकेमिकल स्याम्प्लिङ’ कार्य सम्पन्न भई सकेको अधिकारीहरूले बताएका छन्।

१० क्षेत्रमा पेट्रोलिअम भण्डारको सम्भावनाको आधार के

खानी विभागको पेट्रोलिअम अन्वेषण परियोजना प्रमुख दिनेशकुमार नापितका अनुसार यसअघि विभिन्न कम्पनीहरूले गरेका अध्ययनका तथ्याङ्कका आधारमा नेपालले १० क्षेत्रमा पेट्रोलिअम भण्डार रहेको आशा गरेको छ।

“पहिलेको अध्ययनको तथ्याङ्क, पछिल्लो समय गरिएको सर्वेक्षण र भौगर्भिक संरचनाहरूको पहिचानका आधारमा ती स्थानमा पेट्रोलिअम भण्डार रहेको आकलनमा थप काम गर्ने क्षेत्र छुट्ट्याइएको हो। त्यसमा विस्तृत अध्ययन हुनै बाँकी छ,” उनले भने।

पेट्रोलिअम अन्वेषण परियोजनाका पूर्वप्रमुख समेत रहेका खानीविज्ञ श्यामबहादुर केसी नेपालको जस्तै भौगर्भिक संरचना रहेका भारतको असम र पाकिस्तानको पोतवार क्षेत्रमा पेट्रोलिअम खानी भेटिएका कारण नेपाल पनि आशावादी हुने ठाउँ भएको बताउँछन्।

“दुवै ठाउँको भौगर्भिक अवस्थिति नेपालको जस्तै भएका कारण नेपालको महाभारतभन्दा दक्षिणका क्षेत्रमा पनि लामो समयदेखि हाइड्रोकार्बन सञ्चित हुन सक्छ भन्ने अर्को आधार पनि छ,” केसी भन्छन्।

नेपालमा विसं २०४५ सालमा मोरङको बाहुनीमा ३,५२० मिटर गहिराइसम्म ड्रिल गरिएको थियो। मोरङको १० नम्बर खण्डको अन्वेषणका लागि नेपालले गरेको अन्तर्राष्ट्रिय बोलपत्र आह्वानमा द नेदरल्यान्ड्सको शेल एक्स्प्लोरेशन बी भी र अमेरिकारको ट्राइटन एनर्जी कर्पोरेशन छनौट भएका थिए।

ती कम्पनीहरूले विस्तृत साइस्मिक सर्वेक्षणपछि बाहुनीको राधानगरमा ड्रिलिङ गरेर अध्ययन गरेका थिए। ती नतिजामा हाइड्रोकार्बनका सङ्केतहरू नदेखिएपछि पेट्रोलिअम भण्डार नभएको निष्कर्ष निकालिएको थियो।

तर खानीविज्ञ केसी त्यतिकै आधारमा मात्रै उक्त स्थानमा पेट्रोलिअम भण्डारण नभएको निष्कर्षमा पुग्न नसकिने बताउँछन्।

नेपालमा पेट्रोल खोज्न कुनकुन देश आए

नेपालमा पेट्रोलिअम पदार्थको अन्वेषणका लागि यूके, अमेरिका, द नेदरल्यान्ड्स, फ्रान्स, नर्वे र चीनसहितका देशहरूले विभिन्न तहमा काम गरेका छन्।

सन् २००४ मा यूकेको केर्न एनर्जीले धनगढी, कर्णाली, लुम्बिनी, मलङ्गवा र वीरगन्जमा पेट्रोलिअम अन्वेषणको सम्झौता गरेको थियो। तर त्यही समयमा उत्कर्षमा पुगेको माओवादी द्वन्द्व र त्यसपछि भएका राजनीतिक उतारचढावका कारण उक्त कम्पनी बीचैमा काम छोडेर बाहिरिएको थियो।

“भारत र बाङ्ग्लादेशमा राम्रो काम गरेको यो कम्पनीले राम्रै गर्ला भन्ने अपेक्षा थियो। तर उहाँहरूले केही काम गरे पनि समयमा काम नगरेपछि सम्झौता खारेज गर्नुपर्‍यो,” पेट्रोलिअम अन्वेषण परियोजनाका प्रमुख नापित बताउँछन्।

त्यसै गरी अमेरिका दुई वटा कम्पनीहरू कम्पनी र टेक्साना रिसोर्सेस कम्पनीले पनि नेपालमा पेट्रोलिअम अन्वेषणका सम्झौता गरेर काम पूरा नगरी बाहिरिएका थिए। टेक्साना रिसोर्सेस कम्पनीले सन् १९९८मा नेपालगन्ज र चितवनमा पेट्रोलिअम अन्वेषणको सम्झौता गरेको थियो। उक्त कम्पनी पनि माओवादी द्वन्द्वलाई कारण देखाउँदै बाहिरिएको थियो।

द नेदरल्यान्ड्सको शेल एक्स्प्लोरेशन बीभी र अमेरिकारको ट्राइटन एनर्जी कर्पोरेशनले भने मोरङको बाहुनीमा ड्रिल गरेर पेट्रोलिअम भण्डार नरहेको निष्कर्ष निकालेका थिए। उक्त स्थान रहेको १०औँ खण्डका अन्य स्थानमा पेट्रोलिअम अन्वेषणका लागि अमेरिकाकै अर्को च्यान्पिअन्स ओइलले सन् २०१२ मा सम्झौता गरे पनि उक्त कम्पनीले काम अघि बढाएन।

संयुक्त अरब एमिरेट्सको ईएबीजीले पनि त्यही वर्ष खण्ड ८ को जनकपुर र खण्ड ९ को राजविराज क्षेत्रमा अन्वेषणको काम गर्ने सम्झौता गरेको थियो। तर उक्त कम्पनीले पनि सम्झौताबमोजिमका काम गर्न नआएको भन्दै सन् २०१५ मा सम्झौता रद्द गरिएको पेट्रोलिअम अन्वेषण परियोजनाको गत वर्षको प्रतिवेदनमा उल्लेख छ।

परियोजनाका अनुसार नेपालमा पेट्रलिअम अन्वेषणका लागि विदेशी तेल कम्पनीबाट लगानी जुटाउन सन् १९८० को दशकमा क्यानाडाको क्याल्गरी, अमेरिकाको हट्सन, यूकेको लन्डन, सिङ्गापुर र काठमाण्डूमा प्रवर्द्धन बैठकहरू आयोजना भएका थिए।

नेपालमा किन आइरहेका छैनन् विदेशी कम्पनी

नेपालले गत वर्ष पनि चितवन र लुम्बिनीमा पेट्रोलिअम अन्वेषणका लागि बोलपत्र आह्वान गरे पनि तोकिएको सर्त पूरा गरेका कम्पनीहरूबाट आवेदन नआएको अधिकारीहरूले बताएका छन्।

“गत वर्ष पनि हामीले ठेक्का प्रक्रियाका लागि आह्वान गरेका थियौँ। एउटा कम्पनी आएको भए पनि हाम्रो मापदण्ड पूरा गरेको थिएन,” नापित भन्छन्। “अहिले हाम्रो ध्यान दैलेखमा मात्रै छ। अरू ठाउँमा त्यति काम भइरहेको पनि छैन।”

नेपालमा पेट्रोलिअम अन्वेषणका लागि विदेशी कम्पनीहरू नआउनुको कारण राजनीतिक अस्थिरतासँगै नेपालसँग भएका अध्ययनको तथ्याङ्क पुराना प्रविधिमा आधारित हुनु प्रमुख कारण रहेको परियोजनाका पूर्वप्रमुख तथा खानीविज्ञ केसी बताउँछन्।

“हामीसँग भएका तथ्याङ्क पुरानो प्रविधिका भए, अहिले नयाँ प्रविधिबाट लिइने तथ्याङ्क अझै भरपर्दा भएका कारण पनि राम्रा अन्तर्राष्ट्रिय कम्पनीले चासो नदेखाएको हुन सक्छ,” केसी भन्छन्।

“अर्को कारण राजनीतिक अस्थिरता पनि हो किनभने अन्वेषणका लागि इन्धन कम्पनीहरूले ठूलो लगानी गरिसकेपछि उत्पादनको सुनिश्चितता भएन भने त्यो जोखिम कसैले लिँदैन। यद्यपि हामीसँग भएका कानुन र नीतिहरू लगानीका लागि मित्रवत् नै छन्।”

छैन सरकारको लगानी

खानी तथा भूगर्भ विभागअन्तर्गतको पेट्रोलिअम अन्वेषण परियोजनाका लागि सरकारले आफ्नै लगानीमा अन्वेषण गर्न पुग्ने बजेट दिएको छैन।

परियोजना प्रमुख नापित दैलेखको अन्वेषणले करिब दुई अर्ब रुपैयाँ लगानीमा एउटा स्थानमा अन्वेषणको काम सक्ने सम्भावना देखाएको बताउँछन्।

“हामीसँग अहिले प्रोडक्सन शेअरिङ अर्थात् उत्पादन बाँड्ने अनि जी-टू-जी सरकार र सरकारबीच सम्झौताका आधारमा अन्वेषण गर्ने प्रणाली मात्रै अभ्यासमा छन्। आफ्नै लगानीमा विदेशी प्रविधि र विज्ञ ल्याएर पनि गर्न सकिने रहेछ भन्ने चाहिँ लागेको छ,” नापित भन्छन्।

यसअघि नेपालमा पेट्रोलिअम पदार्थ अन्वेषणको काम उत्पादन बाँडफाँटको ढाँचामा हुने गरेको थियो। नेपालमा अन्वेषणका लागि आउने विदेशी तेल कम्पनीहरूलाई लगानीको सुरक्षा प्रत्याभूति गर्न पेट्रोलिअमको अन्तर्राष्ट्रिय प्रचलन तथा व्यवहार ऐन २०४०, पेट्रोलियम नियमावली २०४१ तथा पेट्रोलियम (आयकर) नियमावली २०४१ जारी गरिएका छन्।

नेपालका कानुन र नियमले अन्वेषणबाट पेट्रोलिअम पदार्थ भएको पत्ता लागे त्यसको उत्पादनको जिम्मा पनि अन्वेषण गर्ने कम्पनीले नै पाउने, नेपालले उत्पादन बापत १२.५ प्रतिशत रोयल्टी र बाँडफाँड सम्झौताअनुसार उत्पादनको हिस्सा पाउने व्यवस्था गरेको नापित बताउँछन्। बीबीसी नेपालीबाट

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं – आयुर्वेद चिकित्सकहरुको छाता संस्था नेपाल आयुर्वेद चिकित्सक संघको ११ औं कार्यसमिती चयनका लागि निर्वाचन हुन १५ महिना ढिलो भइसकेको छ । विसं २०७८ चैत १२ गते नेपाल आयुर्वेद संघको १० औं कार्यसमितिको पहिलो बैठक डा श्यामबाबु यादवको अध्यक्षतामा बसेको थियो । 

१० औं कार्यसमितीको पहिलो बैठक बसेको आधारमा गत चैतमा नै उक्त कार्यसमितीको पदावधि सकिएको छ। विधान अनुसार कार्यसमितिका पदाधिकारी तथा सदस्यको पदावधी दुई वर्षको रहने व्यवस्था उल्लेख छ । यसरी समयमा नै नयाँ कार्यसमिती चयनका लागि निर्वाचन गर्न नसक्दा अध्यक्ष श्यामबाबु यादव लगायतका पदाधिकारीहरुको आलोचना हुँदै आएको छ। 

श्यामबाबु यादवको अध्यक्षतामा बनेको १० औं कार्यसमितिमा महासचिवमा डा कोपिला अधिकारी, सचिवमा डा प्रेरक रेग्मी, कोषाध्यक्षमा डा शारदा खनाल, सदस्यहरुमा क्रमश डा नरेन्द्र लामिछाने, डा कैलाश न्यौपाने, डा ऋषि केशव भुसाल, डा राजकुमार साह, डा हरि खनाल, डा सुवर्ण पौडेल, डा जितेन्द्र श्रेष्ठ (जनजाति), डा दीपक कुमार मण्डल (मधेशी), डा सरिता बजगाईं (महिला) र डा कलावती विक (दलित) चयन भएका थिए । 

कार्यसमितिले टार्गेट गरेका कामहरु सम्पन्न हुन नसकेकाले ती काम सम्पन्न गर्नका लागि नयाँ कार्यसमितिको चुनाव गर्न नसकिएको नेपाल आयुर्वेद चिकित्सक संघकी महासचिव डा  कोपिला अधिकारीको तर्क छ। आयुर्वेद प्रतिष्ठान निर्माण यो कार्यसमितीको एजेन्डा भएकोले उक्त काम थालनी नहुँदा नयाँ कार्यसमिती चयनका लागि केही ढिलो भएको उनको दाबी छ। 

नयाँ कार्यसमिति चयनका लागि १५ महिना ढिलाइ भइसकेको संघका सचिव डा प्रेरक रेग्मी बताउँछन् । एक वर्षमा कार्यसमितीको  दुईवटा बैठक बसेकोमा पहिलो बैठकले नयाँ कार्यसमिति चयनका लागि मिती तोक्ने निर्णय गरेपनि अध्यक्ष श्यामबाबु यादवले दोस्रो बैठकमा विधान संशोधन नगरी अधिवेशनको मिति नतोक्ने भन्दै उक्त निर्णय कार्यान्वयनमा ल्याउन नमानेको उनी बताउँछन्। 

विधान संशोधन खासै ठूलो विषय नभएको तथा जिल्ला प्रशासन कार्यालयमा गएर एकैदिनमा गर्न सकिने कामलाई कारण देखाएर पुराना पदाधिकारीले कुर्सी मोहलाई त्याग्न नसकेका कारण हालसम्म नयाँ कार्यसमितीको चुनाव हुन नसकेको उनको आरोप छ। 

उनले थपे, ‘१५ महिनामा कार्यसमितीको २ वटा मात्रै बैठक बस्नु लज्जाको विषय हो। ‘नयाँ कार्यसमिती चयनका लागि निर्वाचनका विषयमा सर्वत्र चासो हुँदा हालसम्म नगरिनुले संस्थाको छवि बिग्रन पुगेको छ।’ युवा चिकित्सकहरुले अधिवेशनको माग गरेपनि त्यसको सुनुवाई हुन नसकेको डा रेग्मीको आरोप छ। 

नेपाल आयुर्वेद चिकित्सक संघका पूर्व अध्यक्ष डा प्रकाश ज्ञवाली विधान अनुसार एकदमै जटिल परिस्थितीमा समेत कार्यकाल सकिएको ६ महिनाभित्र नै नयाँ कार्यसमिति चयनका लागि निर्वाचन गर्नुपर्ने व्यवस्था रहेको बताउँछन् । १० औं कार्यसमितीका पदाधिकारीको कार्यकाल सकिएको १५ महिना सम्म पनि चुनाव नहुनु  सर्वत्र चासोको विषय भएको उनको तर्क छ । कार्यसमिति बैठकले एक पटक पास गरिसकेको नयाँ कार्यसमिती चयनको निर्वाचन नगराउनुले संस्थाको छवि बिग्रन पुगेको डा ज्ञवाली बताउँछन् ।
 

सामाग्री श्रोत :
swasthyakhabar

 

काठमाडौँ । एक्स-एजले आफ्ना उत्पादनहरूका लागि आकर्षक अफर ल्याएको छ । कम्पनीले आफ्ना सम्पूर्ण उत्पादनमा ५५ देखि ७० प्रतिशतसम्मको छुटसहितको ‘एक्स-एज धमाका अफर’ सार्वजनिक गरेको हो ।

ग्राहकहरूले भोलि सोमबारदेखि यही २८ असारसम्म यो योजनाको फाइदा उठाउन सक्नेछन् । कम्पनीका अनुसार अफर अवधिमा एक्स-एज बड्स Eb01 केवल ९९० रुपैयाँमै पाउन सकिनेछ ।

त्यस्तै ब्लुटुथ स्पिकर Xbs08 केवल ९०० रुपैयाँमा, पावर बैँक Xpb09 लाई १४०० रुपैयाँ र स्मार्टवाच Click का लागि १८०० अफर मूल्य राखिएको छ । एक्स-एजका उत्पादनबारे थप जानकारी लिन यहाँ क्लिक गर्नुहोस् । 

पछिल्लो अध्यावधिक: असार २२, २०८२ १९:४७





सामाग्री श्रोत :
टेक पाना

जनकपुरधाम– महोत्तरीको औरहीमा ११ हजार भोटको तार चुँडिएर खस्दा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

औरही नगरपालिका वडा नं ७ भोयल टिमकियास्थित कृषि सडकमा कलभर्ट निर्माणको काम गरिरहेका मजदुरको मृत्यु भएको हो । 

मृतक महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं ५ कञ्चनपुरका ३२ वर्षीय छटु मुखिया रहेका छन् ।

मजदुरको घटनास्थल करेन्ट लागेर मृत्यु भएको स्थानीय रोशन यादवले बताए । घटनास्थलमा पुगेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

विद्युत् प्राधिकरणको लापरबाहीको कारण तार चुँडिएर खस्दा करेन्ट लागेको स्थानीयको भनाइ छ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) अनुसार दरबन्दी थप गर्ने फाइल पुन: स्वास्थ्य मन्त्रालयमा फर्किएको छ।

अर्थ मन्त्रालयले स्वास्थ्यलाई विभिन्न ६ वटा विषय प्रष्ट पार्न भन्दै फाइल फिर्ता पठाएको हो। अर्थले मन्त्रालय र अन्तर्गतका निकायहरुको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदनलाई पुनरावलोकन गरी पुन:पठाउन भनेको छ।

स्वास्थ्य मन्त्रालयले जेठ २८ गते नयाँ संगठन तथा व्यवस्थापन सर्वे अनुसार मन्त्रालय र मातहतका निकायका लागि २ हजार १ सय २ जना जनशक्ति थप गर्ने सहमति प्रदान गर्ने फाइल पठाएको थियो। अर्थले उक्त फाइल अध्ययन गर्दै ६ वटा विषय पुनरावलोकन गरी पुन:सहमतिका लागि पठाउन भन्दै असार ११ गते निर्णय गरेको पत्रमा उल्लेख छ।

यस्ता छन् अर्थले नयाँ दरबन्दीका विषयमा उठाएको ६ प्रश्न
(१) यस मन्त्रालयमा पूर्व स्वीकृति माग गर्दा मन्त्रालय र मातहत निकायहरुको एकै पटक O&M गर्ने गरी लेखी आएकोमा हाल केही निकायको मात्र प्रस्ताव भएकोले समग्रतामा अध्ययन विश्लेषण हुन।

(२) स्थानीय तह र प्रदेश सरकारको क्षेत्राधिकारका अस्पतालमा संघीय दरबन्दी कायम के कस्तो नीतिमा गर्ने भन्ने निक्यौल हुन।

(३) विकास समिति र प्रतिष्ठान अन्तरगतका अस्पताल/निकायहरुमा संघीय दरबन्दी सिर्जना गर्ने नगर्ने, गर्नुपर्ने भए दीर्घकालिन दायित्व कसरी व्यवस्थित गर्ने भन्ने सम्बन्धमा नीतिगत निक्यौल
हुन।

(४) अर्थ मन्त्रालयबाट पूर्व सहमति उपलब्ध गराउँदा दीर्घकालिन दायित्व न्यूनतम हुने गरी O&M गर्न भनी उल्लेख गरिएकोमा लागत व्यहोर्ने दीर्घकालिन विकल्प सम्बन्धमा विश्लेषण हुन ।

(५) चिकित्सक र स्वास्थ्यकर्मीको अत्यावश्यक दरबन्दी खासगरी दुर्गम क्षेत्रलाई लक्षित गर्नु उपयुक्त हुनेमा केन्द्रीय निकाय र ठुला शहर केन्द्रीत नगर्ने तर्फ पूर्ण ध्यान दिनु हुन ।

(६) प्रशासनिक र सहयोगी कर्मचारी एवं केन्द्रीय निकायमा माथिल्लो तहको दरबन्दी सिर्जना नगर्ने तर्फ ध्यान दिनु हुन।

स्वास्थ्य मन्त्री प्रदीप पौडेलले मन्त्रीको जिम्मेवारी सम्हालेपछि संघीय अस्पतालहरुमा स्वास्थ्य जनशक्ति थप्ने तयारी अघि बढाएका थिए। उनले बिरामीको चापअनुसार लामो समयदेखि थप हुन नसकेको स्वास्थ्य जनशक्तिका थप गर्ने गरी प्रशासन सहसचिव ऋषि आचार्यको नेतृत्वमा कार्यदल गठन गरेका थिए। 

आन्तरिक कार्यदलले दुई हजार एक सय दुई जनशक्ति थप गर्न सकिने गरी संगठन तथा व्यवस्थापन सर्भेक्षण प्रतिवेदन दिएको थियो। यसमा अस्पताल तहमा थप गर्न सकिने प्राविधिक जनशक्तिको संख्या अधिक छ।

पाँच वर्षसम्म हरेक वर्ष गर्ने गरी तयार पारिएको संगठन संरचनामा विशेषज्ञ चिकित्सकदेखि तल्लो तहका कर्मचारीसम्म रहेका छन्।

कहाँ कति जनशक्ति थप गर्ने प्रस्ताव?
वीर अस्पताल: ७८८, ट्रमा सेन्टर: ८९, कान्ति बाल अस्पताल: ७८, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल: १७३, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल: ७४, मानसिक अस्पताल: १७, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान: ३१६, कोशी अस्पताल: १७०, नारायणी अस्पताल: ३१६, भेरी अस्पताल: १७७, गजेन्द्रनारायण अस्पताल: १४३, भरतपुर अस्पताल: ४६४, डडेलधुरा अस्पताल: ५१, औषधि व्यवस्था विभाग र प्रयोगशाला: ५२, स्वास्थ्य मन्त्रालय, आयुर्वेद र स्वास्थ्य विभाग: २६ जना।

हेरौं कुन पदमा कति दरबन्दी थप हुँदै?

प्रस्तावित संरचना अनुसार ११ औं तहमा ४९ दरबन्दी थप गरिएको छ भने १२ वटा दरबन्दी हटाइएको छ। ९ र १० औं तहमा ३२२ दरबन्दी थप गरिएको छ। आठौं तहको मेडिकल अधिकृतमा ४३६ पद थप गरिएको छ भने ५० वटा दरबन्दी हटाइएको छ। यो संख्या हाल ३५३ दरबन्दी रहेकोमा अब ७३९ दरबन्दी पुगेको छ।

स्टाफ नर्समा ५/६/७ तर्फ १२४२ दरबन्दी थप गरिएको छ। यसअघि १३४१ स्टाफ नर्सको दरबन्दी रहेकोमा बढाएर २६२३ पुर्‍याइएको छ। मिडवाइफ्री नर्सको ३९ वटा नयाँ दरबन्दी सिर्जना गरिएको छ।

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौँ । सिरी, एलेक्सा, जेमनाईजस्ता एआई असिस्टेन्टको विकाससँगै अब हामी आफ्ना सबै ग्याजेटहरूसँग बोल्न बानी परिसकेका छौँ । तर जहाँसुकै देखा पर्ने टाइप गर्ने स्थान (टेक्स्ट इनपुट बक्स) मा तपाईँ वास्तवमा बोलेरै टाइप गर्न सक्नुहुन्छ भन्ने कुरा तपाईँलाई थाहा नहुन सक्छ ।

यो विभिन्न अवस्थामा निकै काम आउन सक्छ । मानौँ तपाईँको हातमा टन्नै सरसामान सामान छन्, वा तपाईँ बसमा ह्यान्डरेल तथा डन्डी समातेर उभिनुभएको छ । हुन सक्छ तपाईँको फोन टाढा छ, वा स्क्रिन फुटेको छ र किबोर्ड ठिकसँग काम गरिरहेको छैन । वा सायद सानो स्क्रिनमा झुकेर मेसेज टाइप गर्न तपाईँलाई असजिलो लाग्छ । यस्तो बेलामा भ्वाइस टाइपिङ अर्थात् बोलेर टाइप गर्ने सुविधाले निकै सहयोग गर्न सक्छ ।

तपाईँ आवश्यकता अनुसार बोल्ने वा टाइप गर्ने दुई विकल्पबिच सजिलै स्विच गर्न सक्नुहुन्छ । चाहे ईमेल एप होस् वा वेब फाराम, जहाँ किबोर्ड देखिन्छ, त्यहाँ एन्ड्रोइड र आईओएस दुबैमा, यो सुविधा प्रयोग गर्न सकिन्छ । आज हामी तपाईँलाई मोबाइलमा कसरी भ्वाइस टाइपिङ गर्ने भन्ने बारेमा बताउँदै छौँ । 

एन्ड्रोइड

पिक्सेल लगायतका धेरैजसो एन्ड्रोइड डिभाइसहरूमा जीबोर्ड डिफल्ट किबोर्डको रूपमा रहेको हुन्छ । जब स्क्रिनमा किबोर्ड आउँछ, दायाँपट्टि रहेको माइक आइकन थिचेर तपाईँले सजिलै भ्वाइस टाइपिङ सुरु गर्न सक्नुहुन्छ । स्क्रिनमा बढी ठाउँ चाहिएको खण्डमा भ्वाइस टाइपिङ गर्दा माइकसँगै बायाँपट्टि तलतिर फर्केको देखिने एरो थिच्न सकिन्छ ।

कुन एप प्रयोग गर्दै हुनुहुन्छ र तपाईँ के गर्दै हुनुहुन्छ भन्ने आधारमा भ्वाइस कमाण्डहरू फरक हुन सक्छन् । जस्तै, “delete” भनेर पछिल्लो शब्द हटाउन सकिन्छ, “clear all” भन्नु भयो भने पूरै इनपुट खाली गर्न सकिन्छ । “next” र “previous” कमाण्डहरूले विभिन्न टेक्स्ट फिल्डहरूमा अगाडि पछाडि जान मिल्छ । इमोजीहरू पनि बोलेरै राख्न सकिन्छ; जस्तै “thumbs up emoji”।

टाइप गरिएको टेक्स्ट ठिक देखिएपछि तपाईँलाई अब के गर्न सकिन्छ भन्ने सुझाव इनपुट बक्सको तल देखाइन्छ । मेसेज एपमा “send” भन्न सकिन्छ, भने फोटो खोज्दै गर्दा “search” भन्नुपर्ने हुन सक्छ ।

एन्ड्रोइडमा भ्वाइस टाइपिङ गर्दा देखिने भाग

यदि तपाईँलाई कुन-कुन भ्वाइस कमाण्डहरू प्रयोग गर्न मिल्छ भन्ने थप जानकारी चाहिएको छ भने, टुलबारको बायाँपट्टि रहेको सानो “i” आइकन थिच्न सक्नु हुन्छ ।

तपाईँ लगातार अन्य इनपुट बक्स वा विभिन्न एपहरूमा भ्वाइस टाइपिङ प्रयोग गर्न चाहनुहुन्छ भने माइक आइकनलाई दुई पटक ट्याप गर्नुस् । यो सुविधा तपाईँले बन्द नगरेसम्म सक्रिय रहन्छ।

यदि भ्वाइस टाइपिङ काम गरिरहेको छैन भने यो सुविधा इनेबल गरिएको छ कि छैन भनेर जाँच गर्नुस् । सामान्यतया यो डिफल्ट रूपमा इनेबल गरिएको हुन्छ ।

यसका लागि एन्ड्रोइडको सेटिङमा जानुहोस् । अब System/System management >Languages and input > Keyboard/On-screen keyboard > Gboard > Voice typing मा पुग्नु होस् ।

त्यसै स्क्रिनबाट तपाईँले यो सुविधा अफलाइनमा पनि प्रयोग गर्न सक्ने सेटिङ मिलाउन सक्नुहुन्छ । साथै बोल्दाखेरि स्वचालित रूपमा ‘punctuation’ (विराम चिन्हहरू) राख्ने विकल्प पनि अन/अफ गर्न सक्नुहुन्छ ।

अन्य एन्ड्रोइड डिभाइसहरूमा पनि भ्वाइस टाइपिङ प्रक्रिया लगभग उस्तै हुन्छ, यद्यपि केही भिन्नता हुन सक्छ ।  जस्तै, सामसङ ग्यालेक्सी फोनहरूमा Samsung Keyboard डिफल्ट किबोर्ड हो र यसमा माइक आइकन किबोर्डको तल बायाँ कुनामा हुन्छ ।

यो सुविधा इनेबल छ कि छैन भनेर हेर्नका लागि  Settings > General management > Samsung keyboard > Voice input मा जानुहोस्।

आईओएस 

आईफोनमा पनि तपाईँ जहाँ जहाँ आवश्यक पर्छ, त्यहाँ भ्वाइस टाइपिङको पहुँच पाउन सक्नु हुन्छ । डिफल्ट रूपमा एप्पलको आफ्नै किबोर्ड प्रयोग हुन्छ, तर तपाईँ चाहनुहुन्छ भने जीबोर्ड जस्ता वैकल्पिक किबोर्डहरू पनि प्रयोग गर्न सक्नुहुन्छ । टेक्स्ट इनपुटको आवश्यकता पर्दा जुनसुकै बेला किबोर्ड स्क्रिनमा देखिन्छ र तपाईँले तल दायाँ कुनामा रहेको माइक आइकन थिचेर टाइप गर्नुको सट्टा बोलेर भ्वाइस टाइपिङ गर्न सक्नुहुन्छ ।

बोल्दाखेरि विभिन्न कमाण्डहरू प्रयोग गर्न सकिन्छ । जस्तै, “heart emoji” भनेर इमोजी राख्न सकिन्छ, वा “exclamation mark” भनेर चिन्हहरू थप्न सकिन्छ । यदि तपाईँ लामो मेसेज लेख्दै हुनुहुन्छ भने, “new line” र “new paragraph” कमाण्डले टेक्स्टलाई अर्को खण्डमा विभाजित गर्न सजिलो बनाउँछ ।

त्यस्तै, “undo” वा “redo” भन्ने कमाण्ड प्रयोग गरेर बोलिएको शब्दहरू पछाडि वा अगाडि सार्न सकिन्छ ।

आईफोनमा भ्वाइस टाइपिङ फिचरले लेख्नलाई अझ सहज, छिटो र व्यावहारिक बनाउँछ ।

आईओएसमा तपाईँले बोल्दे गर्दा तस्विरमा देखाइएको जस्तै निलो माइकले क्रसर देखाउने काम गर्छ । 

तपाईँको आईफोनमा “select sentence” र “delete paragraph” जस्ता कमाण्डहरू पनि प्रयोग गर्न सकिन्छ । जसले तपाईँलाई लेखिरहेको टेक्स्टका ब्लकहरूमा अझ राम्रो नियन्त्रण दिन्छ। कहिलेकाहीँ भनेको जस्तै पूर्ण नहुन सक्छ, तर यो तरिकाबाट अधिकांश मेसेजको ठुलो भाग तयार पार्न सकिन्छ ।

तर, एन्ड्रोइडमा जस्तै “send” वा “search” कमाण्डले टाइप गरिएको पाठ तुरुन्तै पठाउने सुविधा आईफोनमा सजिलै उपलब्ध छैन । कहिलेकाहीँ तपाईँ बोल्न छोडेपछि सर्च स्वतः सुरु हुन सक्छ । तर सामान्यतया भ्वाइस डिक्टेसन रोक्न (माइक बटन थिचेर वा “stop dictation” भन्दै) र त्यसपछि म्यानुअल्ली पठाउने वा सब्मिट गर्ने बटन थिच्नुपर्ने हुन्छ । 

यो सुविधा आईओएसमा डिफल्ट रूपमा सेटअप हुन्छ । तर काम नगरेमा आईओएस सेटिङमार्फत General > Keyboard मा गएर Enable Dictation टोगल अन छ कि छैन जाँच्नुस् । त्यहाँ रहेका स्वचालित विराम चिन्ह जस्ता अन्य विकल्प तपाईँले बोल्दा वा टाइप गर्दा लागु हुन्छन् ।

पछिल्लो अध्यावधिक: असार २२, २०८२ १७:३५





सामाग्री श्रोत :
टेक पाना

कञ्चनपुर– गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको दोधारा–चाँदनीमा बन्ने सुक्खा बन्दरगाहको काम छिट्टै सुरु हुने बताएका छन्। 

सुक्खा बन्दरगाह निर्माणस्थलको आइतबार अवलोकन गर्दै उनले बन्दरगाह निर्माणका लागि ठेक्का स्वीकृत भइसकेकाले अब छिट्टै काम सुरु हुने बताएका हुन्।

गृहमन्त्री लेखकले भने, ‘बन्दरगाहमा आवश्यक संरचना निर्माणका लागि ठेक्का स्वीकृत भइसकेको छ। अब चाँडै शिलान्यास गर्ने गरी तयारी भइरहेको छ। निर्माण सुरु भएपछि तीन वर्षभित्र बन्दरगाह बनाइसक्ने योजना छ।’

बन्दरगाह निमार्णका लागि दोधारा–चाँदनी नगरपालिका–१ स्थित मायापुरी सामुदायिक वनको ४१ हेक्टर जग्गामा एक हजार ५९३ रुख कटान भइसकेका छन्। भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुने बन्दरगाहका लागि नेपाल सरकार र भारत सरकारबीच १ जुन २०२३ मा समझदारीपत्रमा हस्ताक्षर भएको थियो।

सोही सम्झौताअनुसार दुवै तर्फबाट निर्माणको तयारी भइरहेको हो। भारतीय पक्षले बन्दरगाह निर्माणका लागि दुई अर्ब ५४ करोड ३१ लाख ९९ हजार भारतीय रुपैयाँको लागतमा टेन्डर आह्वान गरेर निर्माण कम्पनी छनोट गरिसकेको छ।

बन्दरगाह निर्माणका लागि प्रयोग हुने जग्गामा दुई वटा गोदाम, भन्सार जाँच तथा क्वारेन्टाइन भवन, इमिग्रेसन तथा सुरक्षा भवनललगायत पूर्वाधार निर्माण हुने इन्टरमोडल यातायात विकास समितिले जनाएको छ। नेपालले सुक्खा बन्दरगाहसम्मको छ लेनको पहुँच मार्ग र महाकाली नदीमा चार लेनको पक्की पुल निर्माण गरिसकेको छ।

भारतले आफ्नो क्षेत्रतर्फ बन्दरगाहसम्मको पहुँचमार्ग निर्माण गरिरहेको छ। सुक्खा बन्दरगाह निर्माणसँगै पश्चिमी नाका सञ्चालनमा आए सुदूरपश्चिम विकासको सम्भावनाको ढोका खुल्ने अपेक्षा गरिएको छ। 


 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौँ । १६६ जना दिवङ्गत व्यक्तिको अस्तु बोकेर अन्तरिक्षमा गएको एउटा क्याप्सुल सम्पर्क विहीन भएको छ । २४ जुनमा पृथ्वीमा फर्कने क्रममा प्रशान्त महासागरमा अवतरण हुनुभन्दा केही मिनेटअघि क्याप्सुल सम्पर्क विहीन भएको हो ।

यससँगै आफ्ना प्रियजनको सम्झनालाई अन्तरिक्ष यात्रा गराई सुरक्षित रूपमा फिर्ता ल्याउने सयौँ परिवारको आशा अन्तिम समयमा आएर निराशामा परिणत भएको छ । अन्तरिक्षमा अस्तु पुर्‍याउने सेवा दिइरहेको अमेरिकी कम्पनी ‘सेलेस्टिस’ले जर्मन कम्पनी ‘द एक्सप्लोरेसन कम्पनी’को ‘निक्स’ (Nyx) नामक क्याप्सुल मार्फत ती अस्तु अन्तरिक्षमा पठाएको थियो । 

स्पेसएक्सको फाल्कन-९ रकेट प्रयोग गरी गत २३ जुनमा अमेरिकाको भेन्डेनवर्ग स्पेस फोर्स बेसबाट सो क्याप्सुल प्रक्षेपण गरिएको थियो । निर्माता कम्पनीका अनुसार क्याप्सुलले प्रक्षेपण, अन्तरिक्ष कक्षमा परिक्रमा र पृथ्वीको वायुमण्डलमा पुनः प्रवेश गर्नेसम्मका सबै चरण सफलतापूर्वक पूरा गरेको थियो । 

वायुमण्डलको घर्षणले सञ्चार अवरोध गरेपछि क्याप्सुलसँग पुनः सम्पर्क भइसकेको थियो । तर, योजना अनुसार २४ जुनमा प्रशान्त महासागरमा अवतरण हुनुभन्दा ठीक अघि क्याप्सुलसँगको सम्पर्क पूर्ण रूपमा टुट्न पुग्यो र क्याप्सुल बेपत्ता भयो ।

‘द एक्सप्लोरेसन कम्पनी’ले मिसनका अधिकांश प्राविधिक परीक्षण सफल भएकोले यसलाई ‘आंशिक सफल’ भनेको छ । यद्यपि अस्तुलाई सुरक्षित रूपमा पृथ्वीमा फिर्ता ल्याउने मुख्य लक्ष्य भने पूर्णतः असफल भएको छ । 

क्याप्सुलमा मानवीय अस्तु बाहेक ‘मार्टियन ग्रो’ नामक एक वैज्ञानिक परियोजना अन्तर्गत गाँजाको बोट र बीउ पनि पठाइएको थियो । यसको उद्देश्य शून्य गुरुत्वाकर्षणमा त्यसको वृद्धि र अनुकूलन क्षमता अध्ययन गर्नु थियो ।

यो घटनापछि सेलेस्टिसले प्रभावित परिवारप्रति गहिरो दुःख व्यक्त गर्दै भविष्यमा हुने अर्को उडानमा निःशुल्क अवसर दिने प्रतिबद्धता जनाएको छ ।

पछिल्लो अध्यावधिक: असार २२, २०८२ १७:३४





सामाग्री श्रोत :
टेक पाना

आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडितस गौरीशंकर(भिडियो)
सामाग्री श्रोत :
नेपाललाइभ

 

काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले विभिन्न शैक्षिक कार्यक्रमहरूमा छात्रवृत्तिको लागि अनलाइन आवेदन खुलाएको छ । आइतबार एक सूचना प्रकाशन गर्दै  शैक्षिक सत्र २०८२/०८३ का लागि प्रि-डिप्लोमा र डिप्लोमा/प्रमाणपत्र तहकाका लागि छात्रवृत्तिको आवेदन खुलाइएको हो । 

विद्यार्थीहरूले सोमबार (२३ असार) देखि ११ साउन राति ११:५९ बजेभित्र अनलाइन आवेदन दिइ सक्नुपर्नेछ । अनलाइन आवेदन खुलेपछि यहाँ क्लिक गरेर लग इन गरी आवेदन दिन सकिनेछ । 

सीटीईभीटीले प्रि-डिप्लोमा तहका १८ शैक्षिक कार्यक्रमहरूमा सातै प्रदेशमा गरेर १ हजार २१५ कोटा छात्रवृत्ति खुलाएको हो ।  जसमा  एग्रिकल्चर (प्लान्ट साइन्स), लाइभस्टक प्रोडक्सन/एनिमल हेल्थ, भेटेरिनरी साइन्स, सिभिल इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, इलेक्ट्रोनिक्स इन्जिनियरिङ समावेश छन् । 

यस्तै, वाटर सप्लाई एन्ड स्यानिटरी इन्जिनियरिङ, सर्वे इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ, अटोमोबाइल इन्जिनियरिङ लगायतका विषयहरू समेत छन् । 

डिप्लोमा तहमा २२ ओटा शैक्षिक कार्यक्रमका लागि २ हजार १६५ कोटा छात्रवृत्तिका लागि सीटीईभीटीले आवेदन खुलाको हो । जसमा सिभिल इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, इलेक्ट्रोनिक्स इन्जिनियरिङ, इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स, जिओमेटिक्स इन्जिनियरिङ, आर्किटेक्चर इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ, मेकाट्रोनिक्स इन्जिनियरिङ लगायतका विषय रहेका छन् । यस्तै स्वास्थ्य सम्बन्धी शैक्षिक कार्यक्रमको डिप्लोमा छात्रवृत्तिको लागि छुट्‍टै आवेदन खुलाउने जनाइएको छ । 

प्रि-डिप्लोमाको छात्रवृत्तिका लागि आवेदन दिन ५०० रुपैयाँ र डिप्लोमाका शैक्षिक कार्यक्रमका लागि एक हजार रुपैयाँ शुल्क तोकिएको छ । एक विद्यार्थीले बढीमा एउटा शैक्षिक कार्यक्रमका लागि मात्र छात्रवृत्ति पाउनेछन् । 

छात्रवृत्ति पाउने विद्यार्थीबाट सम्बन्धित शैक्षिक संस्थाले प्रशिक्षण, प्रयोगात्मक, रजिस्ट्रेसन, नियमित परीक्षा आवेदन, पुस्तकालय, प्रयोगात्मक स्थलसम्मको यातायात शुल्क लगायत कुनै पनि शुल्क लिन पाउने छैनन् । यद्यपि, अध्ययन अवधिभर खाना, बस्न, पोसाक र आवश्यक स्टेसनरीको व्यवस्था भने विद्यार्थी स्वयम्‌ले गर्नुपर्ने छ ।

छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थीले अध्ययन पूरा गरेपछि नेपाल सरकारले चाहेको स्थानमा तोकिएको समयसम्म सेवा गर्नुपर्ने सर्त सीटीईभीटीले राखेको छ ।

पछिल्लो अध्यावधिक: असार २२, २०८२ १५:५९





सामाग्री श्रोत :
टेक पाना

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट