२०८२ श्रावण ११ शनिबार
LATEST NEWS
२०८२ श्रावण ११ शनिबार

बाल आँखा विशेषज्ञहरुको संस्था एनपीओएसएसको अध्यक्षमा प्राडा श्रेष्ठ

काठमाडौं- नेपाल पेडियाट्रिक अप्थाल्मोलोजी एन्ड स्ट्राबिस्मोलोजी सोसाइटी (एनपीओएसएस) को वार्षिक साधारणसभा तथा निरन्तर चिकित्सा शिक्षा (सीएमई) कार्यक्रम काठमाडौंको होटल हिल्टनमा सम्पन्न भएको छ।

कार्यक्रममा बाल नेत्र विशेषज्ञहरूबीच ज्ञान आदान–प्रदान र शैक्षिक छलफल गरिएको थियो। कार्यक्रममा संस्थाकी तत्कालीन अध्यक्ष डा सृजना अधिकारी र संस्थापक अध्यक्ष डा सल्मा केसीलाई संस्थामा पुर्‍याएको महत्वपूर्ण योगदानको कदर गर्दै विशेष सम्मान प्रदान गरिएको थियो।

कार्यक्रमकै अवसरमा एनपीओएसएसको नयाँ कार्यसमिति पनि औपचारिक रूपमा गठन गरिएको छ। नयाँ कार्यसमितिमा प्राडा सबिना श्रेष्ठ अध्यक्ष पदमा निर्वाचित भएकी छन्।

यस्तै उपाध्यक्षमा प्राडा कविन्द्र बज्राचार्य, महासचिवमा डा समता शर्मा, कोषाध्यक्षमा डा निता सुनम गमाल, सह–महासचिवमा प्राडा चन्द्रमाया गुरुङ र सह–कोषाध्यक्षमा डा नम्रता गुप्ता चयन भएका छन्।

नयाँ कार्यसमितिमा डा संजय सिंह, डा सुजाता भण्डारी, डा सृजना कर्माचार्य, डा आङ जम्गु लामा, डा परस पञ्जियार, डा निशा अग्रवाल र डा तोशिका दाहाल सदस्यका रूपमा रहेका छन्।

उक्त कार्यक्रममा नेपाल अप्थाल्मिक सोसाइटीका अध्यक्ष, उपाध्यक्ष र महासचिवसहित विभिन्न नेत्र उप–विशेषज्ञता संघ–संस्थाका अध्यक्ष र प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो।

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट