२०८२ माघ २ बिहीबार
LATEST NEWS
२०८२ माघ २ बिहीबार

समिम मियाँ

१६ अक्टोबर २०२० /लिमासोल

तिव्र गतिमा फैलिरहेको कोरोनाको आंकडाले चिन्तित स्वास्थ्य मन्त्रालयलाई बिहिबार १०४ मा कोरोना देखेर त्यति झट्का लागेन जति कन्ट्याक ट्रेसिंग गर्न विवरण संकलन गर्दा लाग्यो। कारण थियो १०४ को सम्पर्क मा आएका २५०० जनाको नामावली। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मंत्री कोस्तातिनोस आयानु भने, ” छोटो समयावधिमा पोजेटिभ व्याक्तिका सम्पर्कमा आएका सबैलाई ‘ट्रेस’ गर्न असम्भव छ त्यसैले हामिले सबैलाई एक आपसमा भेटघाट नगर्न भनेका छौ। ” नाटकीय रुपमा बढेको कोरोना संक्रमणले कन्ट्याक्ट ट्रेसिंग गर्ने साइप्रसको “ट्रयाक एण्ड ट्रेस युनिट ” लाई हम्मे हम्मे पारेको छ।

बढ्दो संक्रमणको अवस्थामा फेरी लकडाउन हुने सम्भावनाको प्रश्नमा जवाफ दिदै मंत्री आयानुले भोलि रास्ट्रपति संग हुने बैठक मा अहिलेको परिस्थितिको समिक्षा गर्दै उमेर समुह र स्थान अनुसारको डाटाको विश्लेषण गरि सहि निर्णय लिने विश्वास व्यक्त गर्नु भयो। डाटा देखेर डराउनु पर्ने अवस्था नभएको बताउदै जनस्वास्थ्यमा असर नपुगोस् भन्ने हिसाबले निकोसिया र लिमासोलमा केहि नियम लगाइसकेको स्मरण गराउनु भयो। हाल लागु रहेको नियमको नतिजा हेरेर आवश्यकता परेमा थप नियम वा प्रतिबन्ध बारे भोलिको बैठक पछि निर्णय हुने बताउनु भयो।

सामान्य जनजीवन चलिरहने वा पूर्ण लकडाउन हुने हो भनि जोड दिदै सोधिएको प्रश्नमा सरकार अहिले संबेदनशील अवस्थामा रहेको बताउदै मंत्री आयानुले भन्नुभयो, ” हामी पूर्ण लकडाउन बाट बच्न चाहान्छौं किनकि यो अर्थतन्त्रको लागि विनाशकारी हुनेछ। तर पूर्ण लकडाउन बाहेक यदि स्थानीय प्रतिबन्ध वा अन्य उपायहरू आवश्यक परे हामी यो गर्ने छौं, “उनले भने।

स्वास्थ्य मन्त्रीले कोस्तातिनोस आयानुले आज विधार्थी संगठन,ट्रेड युनियन र रोजगारदातासंग भेट गरी स्वास्थ्य प्रोटोकोलको पालना गर्न जोड दिनुभयो।

यो पनि पढ्नुहोस् : सालनाल सहित १ महिने मृत शिशु पोका पारेर फालेको अवस्थामा फेला

१६ अक्टोबर २०२० / लिमासोल

झोलामा पोको पारी फालिएको अवस्थामा शिशु को लास फेला परेको छ। प्राप्त जानकारी अनुसार एक महिनाको शिशु सालनाल सहित भेटिएको हो।

प्रारम्भिक जानकारी अनुसार शुक्रबार दिउसो लिमासोलको फोहोर प्रशोधन गर्ने पेन्टाकोमो डम्पिङ्ग साइटमा सो पोका भेटिएको हो। लिमासोल सिटि बाट उठाइने फोहोरहरु उक्त प्रशोधन केन्द्रमा लागि अलग अलग गरि छटाइ गरिन्छ। कामदारले छटाइ गर्ने क्रममा प्लास्टिक को झोलामा सो लास भेटे पछि प्रहरीलाइ खबर गरेका थिए। लिमासोल प्रहरी र फोरेन्सिक बिज्ञको टोलि उक्त स्थानमा पुगि अनुसन्धान सुरु गरेको स्थानीय मिडियाले जनाएका छन्।

 

फोटो :साइप्रस टाइम्स  >फोहोर प्रसोधन गर्ने कारखाना 

(थप जानकारी अपडेट हुदै छ )

१६ अक्टोबर २०२०/लिमासोल

लिमासोल सहर एक पटक फेरी कोरोना भाइरस संक्रमणको केन्द्रबिन्दु बनेको छ। हालैका केहि दिनको कोरोना परिक्षण नतिजाका को आंकडा हेर्ने हो भने ८० प्रतिशत कोभीड़ १९ का बिरामी लिमासोल बाट रहेको देखिएको छ। बितेको तिन दिन मा मात्रै २३८ जनामा संक्रमण भेटिसकेको छ। केहि महिना अघि पनि लिमासोल कोरोना केन्द्रबिन्दु बनेको थियो।

“दैनिक आधा भन्दा बढी केसहरु लिमासोलामा भेटिएका छन् , पछिल्लो दस दिनको अवस्था हेर्ने हो भने करिब ७०-८०% बिरामी लिमासोलबाट छन् ” स्वास्थ्य मन्त्रालयका प्रवक्ता मार्गारीटा किरियाकोउ ले भन्नु भयो।

अहिले देखिएका पचास प्रतिशत कोरोनाका बिरामीको औसत उमेर चालिस वर्ष मुनिका रहेको प्रवक्ता किरियाकोउ ले बताउनु भयो। साइप्रस र युरोपका स्वास्थ्य विशेषज्ञले कोरोन नियन्त्रणका लागि पर्याप्त कदम नचालिएकाले कोरोना संक्रमणमा वृद्धि भएको बताइरहेका छन्। तर प्रवक्ता मार्गारीटा किरियाकोउ यस भनाइमा असहमत छिन्। उनले भनिन्, ” हामि संग दैनिक उपलब्ध भएका आँकडा र विवरण ले स्पस्ट देखिन्छ कि काम गर्ने स्थान होस् या बार त्यहाँ स्वास्थ्य प्रोटोकोल पुर्ण रुपमा पालना गरिएका छैनन् जुन गरिनु पर्दथ्यो। ” सरकारले कोरोना फैलावाटमा नियन्त्रणमा सहयोग गर्न सर्वसाधारणमा व्याक्तिगत सुरक्षा सतर्कता अपनाउन र लागु गरिका नियम कडाईका साथ अवलम्बन गर्न अपिल गरेको छ।

इसीडिसीका अनुसार साइप्रसमा कोभिड १९ बाट मृत्यु हुनेको दर प्रति एक लाख जनसंख्या को ०.३ % मात्र रहेको छ। स्पेनको मृत्यु दर ३.५ , फ्रान्सको १.६, बेलायतको १.५ छ भने नर्वे र फिनल्याण्डको ०.१ र स्विडेन को ०.२ छ।

बिहिबार १०४ कोभिडका बिरामी भेटिए पछि रास्ट्रपति निकोस अनास्टसियादेश र माहामारी विज्ञहरुको टोलि संग शनिवार आकस्मिक बैठक बस्दै छ। स्वास्थ्य मन्त्रालयले शुक्रबार एक सूचना निकाल्दै कोरोना पोजेटिभ भएका र पोजेटिभ बिरामीको सम्पर्कमा आएका साथै स्वास्थ्य तथा सुरक्षा अधिकारीका लागि विभिन्न निर्देशन जारी गरेको छ।

श्रोत : साइप्रस मेल

यो पनि पढ्नुहोस् : साइप्रस सरकारले लागु गरेका नियम के हुन् ?

१५ अक्टोबर २०२०

तपाइँ हामि प्राय: ले फेसबुक मेसेन्जर चलाउने गर्छौ। च्याट, भिडियो कल गर्न होस् या भिडियो फोटो पठाउन मेसेन्जर प्रयोग गर्ने गर्दछौ। अब सतर्क हुने बेला आएको छ। नत्र तपाइको फेसबुक ह्याक हुन सक्छ। साइप्रसको प्रहरी अन्तर्गतको साइबर क्राइम कम्ब्याट विभागले बिहिबार एक संदेश जारी गर्दै फेसबुक मेसेन्जरमा आउने म्यासेज प्रति सहज हुन आग्रह गरेको हो।

credit : 2sapwar

झट्ट हेर्दा युट्युब को भिडियो जस्तो देखिने फोटो सहितको लिंक कुनै साथीको मेसेन्जर बाट आए मा क्लिक नगर्न सुझाव दिइएको छ। प्राय:यस्ता भिडियो को थमनेलमा यौन वा अर्ध नग्न युवायुवती को तस्बिर वा तपाइँ कै तस्बिर राखिएको हुन्छ। फलानो साथीले के पठाएछ भनि क्लिक गर्दा तपाइको फेसबुक ह्याक हुन्छ। तपाईको फेसबुक फ़ेण्डलिस्ट मा भएका सबै साथीको इनबक्स मा सोहि मेसेज पुग्छ। जसले सो लिंक क्लिक गर्यो उसको फेसबुक पनि ह्याक हुने गर्दछ।

यस्ता मेसेज बाट सावधानी अपनाउन सबै नागरिकमा साइबर क्राइम कम्ब्याट विभागले अनुरोध गरेको छ।

यो पनि पढ्नुहोस : साइप्रसमा ह्वातै बढ्यो कोरोना,बिहिबार ९३ संक्रमण

१५ अक्टोबर २०२० /लिमासोल

साइप्रसको स्वास्थ्य मन्त्रालयले बिहिबार साँझ आज सम्म कै धेरै ९३ जनामा कोरोना संक्रमण भेटिएको जानकारी दिएको केहि घण्टा पछि थप ११ मा संक्रमण देखिएको पुस्टि गरेको छ। ताजा जानकारी अनुसार बिहिबार १०४ मा संक्रमण देखिएको हो। बिहिबार साझँ प्राप्त जानकारी अनुसार साइप्रस भरिमा गरिएको ३८७७ परिक्षण बाट यति धेरै कोरोना का बिरामी देखिएको पहिलो पटक हो। केहि दिन अघि ८३ जना मा एकै पटक कोरोना संक्रमण देखिएको थियो।

कन्ट्याक्ट ट्रेसिंग र विभिन्न ल्याब मा गरिएका टेस्ट बाट आएको आजको नतिजा संगै हाल सम्म कोरोना संक्रमित को संख्या २२८५ पुगेको छ। बिरामी बारे पुरा जानकारी मन्त्रालयले आज बताएको छैन। फ़ामागूस्ता हस्पिटलमा हाल पांच जनाको उपचार भैरहेको छ भने निकोसिया जेनेरल हस्पिटलमा दुइ जना आइसीयु मा उपचाररत छन्।

(थप बिवरण अपडेट हुदैछ )

यो पनि पढ्नुहोस् : ह्वात्तै कोरोना बढे पछि कस्तो नियम लगायो साइप्रस सरकारले ?

समिम मियाँ/ १४ अक्टोबर २०२० /लिमासोल

साइप्रसको स्वास्थ्य मन्त्रालयले बढ्दै गरेको कोरोनाको फैलावट र वृद्धि प्रति गहिरो चिन्ता व्यक्त गर्दै आम सर्वसाधारणमा अनिवार्य मास्क प्रयोग गर्न निर्देशन दिएको छ। महामारी विज्ञहरुको टोलि संगको बैठक पछि स्वास्थ्य मन्त्री कोन्स्टान्टिनोस इओनानुले कोरोना महामारीको खतरनाक फैलावट नियन्त्रण गर्न सबै इनडोर स्थलहरूमा मास्कको प्रयोगलाई एउटा असाधारण उपायको रूपमा अपनाइने बताउनु भएको हो।

साथै व्यवसायी, रोजगारदाता र युवा वर्गलाई विशेष अनुरोध गर्दै मंत्री इओनानुले स्वास्थ्य प्रोटोकोल र सुरक्षाका उपायहरू प्रति सजकता साथ लागु गर्नु पर्नेमा जोड दिनु भयो।

मास्क कहाँ अनिवार्य छ ?

नागरिक र जनस्वास्थ्यलाई कोरोना भाइरसबाट जोगाउन १२ बर्ष वा माथि उमेरका व्याक्तिले मास्कको प्रयोग अनिवार्य गर्नुपर्ने हुन्छ साथै इन्डोरमा एक भन्दा बढि व्यक्ति छन् भने मास्क लगाउनु पर्ने छ। सार्वजनिक यातायात जस्तै सिटि वा इन्टरसिटि बस बाट यात्रा गर्दा , घर बाहेक अन्य इन्डोर स्थलहरुमा एक भन्दा बढी व्याक्ति जम्मा हुदा मास्क अनिवार्य लगाउनु पर्नेछ साथै विभिन्न किसिमका सेवा डेलिभरी गर्ने ब्याक्तिले पनि मास्क प्रयोग गर्नै पर्ने छ भने लिफ्टमा सवार हुँदा पनि मास्क लगाउनु पर्ने छ। निर्माणका क्षेत्रमा काम गर्ने व्यक्ति हुनु हुन्छ जसलाई कामको शिलशिलामा कारबाट यात्रा गर्नुपर्दा तपाइले डिस्पोजेबल मास्कको प्रयोग अनिवार्य गर्नु पर्ने छ भने प्रत्येक गाडीमा दुई जना यात्रु बोक्न पाइने बताइएको छ।

मास्क कहाँ अनिवार्य छ कहाँ छैन ?

यदि तपाइँ घरमा हुनु हुन्छ भने मास्क प्रयोग गर्न आवश्यक छैन साथै खाइरहेको वा पिइरहेको अवस्थामा पनि मास्क लगाउन अनिवार्य छैन। यदि तपाइँ आफ्नो व्याक्तिगत सवारी साधनमा यात्रा गर्दै हुनु हुन्छ भने पनि मास्क लगाउनु पर्दैन। खेलकुद वा डान्स गर्दा होस् या खाना पकाउदा वा ग्रिल गर्दा मास्क जरुरि छैन तर बेकिंग गर्दा भने मास्क जरुरि छ। मानसिक बिरामी , मानिसक चेतना बिकास नभएका व्याक्ति वा न्युरोलोजिकल सम्बन्धी बिरामी भएका वा चोटपटक लागेका व्याक्तिले मास्क लगाउन अनिवार्यता छैन।

मास्क प्रयोग सम्बन्धि नियम उल्लङ्घन गरेको खण्डमा तिन सय युरो जरिवाना को भागिदार हुनु पर्ने हुन्छ जसलाई १५ दिन भित्र तिरी सक्नु पर्ने जानकारी दिएको छ।

यो पनि पढ्नुहोस् :मंगलबार ८३ जना, बुधबार ५१ जनामा कोरोना पुस्टि

१४ अक्टोबर २०२० /लिमासोल

पछिल्लो २४ घन्टामा थप ५१ जनामा कोरोना संक्रमण पुस्टि भएको छ। साइप्रस को स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घन्टामा गरेको २२९१ परिक्षण मध्य एकाउन्न जनामा कोरोना देखिएको जानकारी दिएको हो। आजको ताजा आकडा पश्चात हालसम्म को संक्रमित संख्या २१८१ पुगेको छ।

मन्त्रालयका अनुसार कन्ट्याक ट्रेसिंग बाट ३९६ टेस्ट, व्यक्तिगत पहलमा ७४८, एयरपोर्टबाट ६३५,सरकारी हस्पिटल बाट १६०,व्याक्तिगत डाक्टर र पब्लिक हेल्थ क्लिनिक को सिफारिसबाट ३०८ र नमुना संकलन कार्यक्रम अनुसार विधार्थी, शिक्षक र विधालय स्टाफका ४४ टेस्ट गरिएको थियो।

१३ अक्टोबर २०२० /लिमासोल

कोरोना माहामारी सुरु भए यताकै सबैभन्दा धेरै कोभिड १९ का बिरामी फेला परेका छन्। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज ६२ जनामा कोरोना पोजेटिभ भेटिएको हो जुन मार्च देखि अहिले सम्मको परिक्षण मा सबै भन्दा धेरै हो। आजको डाटा सहित कोरोना संक्रमित को संख्या २१०९ पुगेको छ यद्यपि निको हुनेको संख्या १४४४ रहेको छ। हाल सम्म कोरोनाको कारण पच्चीस ज्यान गुमाइसकेका छन्।

गत हप्ता ३ जनाको मृत्यु हुनु र लगातार कोरोना बिरामी को संख्यामा वृद्धि भएको देखिनुले सर्वसाधारणमा स्वास्थ्य प्रोटोकोल मा लापरवाही गरिरहेको स्वास्थ्य मन्त्रालयको बुझाइ छ। शैक्षिक संस्थान, कार्यस्थालमा स्वास्थ्य प्रोतोकोल कडाइका साथ लागु नहुँदा कोरोना भाइरस खतरनाक रुपमा फैलिरहेको हालक परिक्षणका नतिजाबाट देखिएको मन्त्रालयले जनाएको छ।

जाडो महिना सुरु नहुदै संक्रमितको संख्या ह्वात्तै बढ्नु खतराको घन्टी भएको र कोरोना को फैलावटको आँकलन अनुसार अस्पतालमा भर्ना हुनु पर्ने बिरामीको संख्यामा थप वृद्धि देख्न सकिने अनुमान गरिएको छ।

मंगलबार ३६४५ टेस्ट गरिएको थियो। टेस्टका नतिजा सार्वजनिक हुनु अघि स्वास्थ्य मंत्रीले हालको परिस्थिति प्रति गहिरो चिन्ता व्यक्त गर्दै परिस्थितिलाइ सामान्य बनाउन आम नागरिकबाट सहयोगको अपेक्षा गरेको लिखित बयान दिएका थिए । चिन्ताजनक नयाँ तथ्यांक र अहिलेको अवस्थालाइ समिक्षा गर्न साथै यो स्थितिलाई सम्हाल्न चाल्न पर्ने सक्ने कदम बारे छलफल गर्न वुधबार बिहान विज्ञहरुको टोलि संग बैठक रहेको बताए। बढ्दो कोरोनाको संख्या संगै आम नागरिकमा फेरी लकडाउन हुने हो कि भन्ने चित्ता बढ्न थालेको छ।

साइप्रसका ताजा समाचार पढ्नुस : लिमासोल र निकोसियामा नयाँ नियम लागु

१३ अक्टोबर २०२०/लिमासोल

कोरोना महामारी सुरु भए देखि दोस्रो पटक ठुलो संख्यामा सोमबार कोरोना संक्रमण देखिए पछि साइप्रसको स्वास्थ्य मन्त्रालयले निकोसिया र लिमासोलका लागि नयाँ नियम लागू गरेको छ। सोमबार ४१ जनामा संक्रमण देखिए लगत्तै निकोसिया र लिमासोल जिल्लामा १३ अक्टोबर मंगलबार देखि अक्टोबर २३ सम्म लागू हुने बताएको हो । सोमबार सम्म साइप्रसमा २,०४७ जनामा कोरोना संक्रमण भै सकेको छ।

दैनिक वृद्धि भै रहेको कोरोना भाइरस नियन्त्रण गर्न लार्नाका मा लागू गरेको नियम प्रभावकारी  देखिएपछि सरकारले निकोसिया र लिमासोलमा सोही नियमलाई कडाइका साथ पालना गर्नु पर्ने मा जोड दिएको छ । नियम अन्तरगत घर र खुल्ला स्थानमा हुने जमघटमा बालबालिका सहित दस जना भन्दा बढी जम्मा हुन पाइने छैन। त्यस्तै चर्च, मस्जिद, मन्दिर र अन्य धार्मिक स्थलमा ७५ जना भन्दा बढी सहभागी हुन पाइने छैन यधपी सुरक्षाका उपाय र मास्क भने अनिवार्य गरिएको छ। खेलकुद सम्बन्धि सबै क्रियाकलापहरुमा दर्शक बिना नै संचालन गर्न निर्देशन दिएको छ। साथै रेस्टुरेन्ट भित्र पचहत्तर र बाहिर एक सय पचास जना ग्राहक राख्न अनुमति दिएको छ।

ठाउँ अनुसार ‘सोसल डिस्टेन्सिङ्ग ‘ कायम गर्नु पर्ने छ इन्डोर का लागि ३ स्क्वायर मिटर को दुरि राख्नु पर्ने बताइएको छ। सिनेमा हलमा पचहत्तर जना, इन्डोर थियटरमा पचहत्तर जना र ओपेन थिएटरमा एक सय पचास जना दर्शक राखी संचालन गर्न सकिने बताइएको छ। यद्यपि स्वास्थ्य मन्त्रालयको निर्देशन र प्रोटोकोल अनुसारको सतर्कता अपनाउनु पर्ने छ। कक्टेल पार्टी, बिवाहका ‘बप्तिस्मा’ र बधाई दिने कार्यक्रममा प्रतिवन्ध लगाइएको छ। विवाह भोजमा भने तिन सय पचास जना सहभागी हुन सकिने निर्देशिकामा बताइएको छ।

दिनेश गौतम

युरोप ,आयानापा
नेपाली समुदायहरुको महान चाडं विजयादशमी (दसै)को अवसरमा गैरआवासीय नेपाली सघं साईप्रसले अक्टोबर २५ तारिखका दिन चौथो एनआरएनए कप आयोजना गर्ने भएको छ ।

एनआरएनए साईप्रसका सचिव पुरन मगरका अनुसार साईप्रसमा रहेका नेपाली युवाहरुको स्वस्थ्य एवमं आत्मबल मजबुद बनाउन , नेपाली समुदायहरुलाई एकता गर्ने उद्देश्यले एनआरएनए कप आयोजना गरिरहेको जानकारी दिनुभयो ।

सचिव मगरका अनुसार फुटबल प्रेमीहरुका लागि फुटसल , महिला दिदी बहिनी तथा दाजुभाईहरुका लागि भलिबल प्रतियोगिता साथमा महिला एवमं पुरुषहरुका लागि एक सय मिटर र चार सय मिटर दौडको प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिनु भयो । एनआरएनएले अयोजना गर्न लागेको यो प्रतियोगितामा साईप्रसमा रहेका विभिन्न समाजिक सघंसस्थाहरुसगं सहकार्य गरेर खेल हुने स्थान , समय , र प्रवेश शुल्क छिट्टै निर्धारण गरेर सर्बजनिक सुचना मार्फत जानकारी गराईने जनाएको छ ।

साथै खेलमा पुरस्कार लगाएतका विषयमा यहा रहेका खेलप्रेमी एवम खेलाडी, समाजिक सघंसस्थाहरुलाई सहभागि हुनका लागि एनआरएनए साईप्रसले अनुरोध गरेको छ ।

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट