२०८२ श्रावण ६ सोमबार
२०८२ श्रावण ६ सोमबार

केडीसी जनरल अस्पतालमा साउन महिनाभर परीक्षण नि:शुल्क

काठमाडौं- बसुन्धरास्थित केडीसी जनरल अस्पतालले साउन महिनाभर परीक्षणका लागि आउने आम सर्वसाधारण तथा बिरामीका लागि नि:शुल्क सेवा उपलव्ध गराएको बताएको छ।

अस्पतालका अध्यक्ष डा बुद्धिमान श्रेष्ठका अनुसार केडीसी जनलर अस्पतालमा सामान्य चिकित्सा तथा शल्यक्रियाका लागि नि:शुल्क परीक्षणको व्यवस्था गरिएको छ । यस्तै प्रसूति तथा स्त्री रोग परीक्षण सेवामा पनि पैसा नलिने बताइएको छ। 

अस्पतालले प्रयोगशाला परीक्षणहरुमा पनि साउन महिनाभर १५ प्रतिशत छुट सुविधा उपलव्ध गराउने निर्णय गरेको छ । त्यसमा एक्सरे सेवा, ल्याब टेष्ट, पाठेघरको मुखको जाँच (प्यापस्मेयर) र भिडियो एक्सरे सेवा रहेको उनले बताए। 

कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर परिसरमै केडीसी जनरल अस्पताल सञ्चालनमा रहेको छ । विशेषज्ञ चिकित्सकहरुको सहज उपलव्धता हुने त्यस अस्पतालमा सुलभ मूल्यमा सेवा उपलव्ध गराउँदै आएको छ।
 

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट