२०८२ श्रावण ६ सोमबार
LATEST NEWS
२०८२ श्रावण ६ सोमबार

अनलाइन टिभीको लागि एआई आचारसंहिता, यस्ता छन् प्रावधान

काठमाडौँ । अनलाइन टिभी पत्रकार संघले “अनलाइन टिभी एआई आचारसंहिता २०८२” जारी गरेको छ । एआईको दुरुपयोग न्यूनीकरण गर्ने र एआईको उपयुक्त प्रयोगको लागि आचारसंहिता जारी गरेको संघले जनाएको छ । 

काठमाडौँमा सोमबार आयोजित एक कार्यक्रममा संघका अध्यक्ष जीवन भण्डारीले १२ बुँदे आचारसंहिता घोषणा गरेका हुन् । अनलाइन टिभीमा एआईको प्रयोग बढ्ने सम्भावना भएकाले बेलैमा जिम्मेवार बनाउने उद्देश्यसहित आचारसंहिता जारी गरिएको संघ अध्यक्ष भण्डारीले बताए । 

कार्यक्रममा सूचना प्रविधि क्षेत्रको संस्था क्यान महासंघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारीले एआई सम्बन्धी यस्ता अभ्यास अन्य क्षेत्रमा समेत आवश्यक भएको बताए । यो आचार संहितामा  प्रस्तावित राष्ट्रिय एआई नीति २०८१ का मर्म र उद्देश्यलाई समेत मध्यनजर गरिएको संघले जनाएको छ । 

एआईको सहयोगमा बनाइएका सम्पूर्ण सामग्रीको अन्तिम परीक्षण, सम्पादन तथा अनुमोदन मानव जनशक्तिबाट नै गरिने र त्यसपछि मात्रै प्रकाशन गरिने आचारसंहिताको पहिलो बुँदामा उल्लेख छ । त्यसैगरी एआईद्वारा सिर्जित सामग्रीको जिम्मेवारी सम्बन्धित व्यक्ति, सम्पादक र संस्थाले लिने र एआईको प्रयोग भएको सामग्रीमा यसको स्पष्ट जानकारी दिइने पनि आचार संहितामा उल्लेख गरिएको छ । 

व्यक्तिगत गोपनीयता, चरित्र, अश्लील, संवेदनशील, निजी वा सुरक्षासम्बन्धी सूचना प्रवाह गर्दा प्रचलित कानुनको पालनामा सावधानी अपनाइने र भ्रम सिर्जना गर्ने, पक्षपातपूर्ण वा झुटा जानकारी प्रवाह गर्ने गरी एआईको प्रयोग नगरिने प्रतिबद्धता अनलाइन टिभी पत्रकार संघले गरेको छ । 

अनलाइन टिभी पत्रकार संघमा संलग्न सबै अनलाइन टिभी पत्रकारहरूले यो आचारसंहिता पालना गर्नुपर्ने र त्यसको अनुगमन संघले गर्ने लगायतका विषय आचारसंहितामा लेखिएको संघका बरिष्ठ उपाध्यक्ष सञ्जीव रेग्मीले जानकारी दिए ।

आचार संहिता यस संघका सबै सदस्यहरूका लागि बाध्यकारी र अन्य एआई प्रयोगकर्ताहरूका लागि अनुकरणीय हुने संघका महासचिव पवन फुयाँलको भनाई छ ।

पछिल्लो अध्यावधिक: साउन ५, २०८२ २०:०





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट