काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवालाई पनि संघीय निजामती ऐनमा नै गाभ्ने तयारी भइरहेको जानकारी दिएका छन्।
स्वास्थ्य मन्त्रीका रुपमा एक वर्ष पूरा गरेको अवसरमा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पौडेलले स्वास्थ्य सेवालाई निजामतीतिर नै गाभ्ने कुरा पनि आइरहेको बताएका हुन्।
‘स्वास्थ्य सेवामा ऐनको कुरा पनि छ त्यसलाई निजामती तिर नै गाभ्ने कुरा पनि आइरहेको छ,’ पत्रकार सम्मेलनमा उनले भने।
उनले स्वास्थ्य सेवा विशिष्टकृत सेवा भनिए पनि तलब लगायतका सेवा सुविधा भने त्यस अनुसार नभएकाले निजामतीमा गाभिए पनि सेवा सुविधा स्वास्थ्यको संवेदशीलता अनुसार नै हुने पनि जानकारी दिए।
स्वास्थ्य सेवालाई निजामती अन्तर्गत नै राख्नुपर्ने वा छुट्टै बनाउने भन्ने विषयमा स्वास्थ्यकै संघसंस्थाहरुबीच एकमत छैन। केही संस्थाले निजामतीमै राख्दा उचित हुने भनिरहेका छन् भने केहीले स्वास्थ्य सेवा ऐन छुट्टै हुनुपर्छ भन्दै आइरहेका छन्।
सामाग्री श्रोत :
swasthyakhabar

