२०८२ श्रावण ३ शुक्रबार
२०८२ श्रावण ३ शुक्रबार

लिपमोटरको नयाँ विद्युतीय गाडी ‘बी१०’ नेपाल आउँदै, नाइमा अटो शोमा सार्वजनिक हुने

काठमाडौँ । विद्युतीय गाडी ‘लिपमोटर बी१०’ नेपाल भित्रिने भएको छ । साङ्ग्रिला मोटर्स प्रालिले उक्त कार चीनबाट नेपालका लागि प्रस्थान गरिसकेको जनाएको छ । यो गाडी आगामी २१-२५ साउनसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने ‘नाइमा अटो शो’मा सार्वजनिक गरिनेछ ।

गोल्छा अर्गनाइजेसन अन्तर्गतको साङ्ग्रिला मोटर्सले लिपमोटर गाडीको आधिकारिक आयातकर्ताको जिम्मेवारी सन् २०२४ देखि लिएको हो । यसअघि कम्पनीले सन् २०१७ देखि प्युजो र २०२१ देखि सिट्रोन गाडीहरू आयात गर्दै आएको छ । 

साङ्ग्रिला मोटर्सका निर्देशक जय गोल्छाले ‘लिपमोटर बी१०’ को आगमनले नेपाली बजारमा नयाँ प्रविधि भित्र्याउने प्रतिबद्धतालाई थप बलियो बनाउने धारणा राखे । “हामी नाइमा अटो शोमा बी१० सार्वजनिक गर्न उत्सुक छौं र यो गाडीले नेपाली बजारमा विद्युतीय सवारीप्रतिको अपेक्षालाई पुनः परिभाषित गर्नेमा विश्वस्त छौं,” उनले भने ।


 

पछिल्लो अध्यावधिक: साउन २, २०८२ १०:३७





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट