काठमाडौँ । विद्युतीय गाडी ‘लिपमोटर बी१०’ नेपाल भित्रिने भएको छ । साङ्ग्रिला मोटर्स प्रालिले उक्त कार चीनबाट नेपालका लागि प्रस्थान गरिसकेको जनाएको छ । यो गाडी आगामी २१-२५ साउनसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने ‘नाइमा अटो शो’मा सार्वजनिक गरिनेछ ।

गोल्छा अर्गनाइजेसन अन्तर्गतको साङ्ग्रिला मोटर्सले लिपमोटर गाडीको आधिकारिक आयातकर्ताको जिम्मेवारी सन् २०२४ देखि लिएको हो । यसअघि कम्पनीले सन् २०१७ देखि प्युजो र २०२१ देखि सिट्रोन गाडीहरू आयात गर्दै आएको छ ।
साङ्ग्रिला मोटर्सका निर्देशक जय गोल्छाले ‘लिपमोटर बी१०’ को आगमनले नेपाली बजारमा नयाँ प्रविधि भित्र्याउने प्रतिबद्धतालाई थप बलियो बनाउने धारणा राखे । “हामी नाइमा अटो शोमा बी१० सार्वजनिक गर्न उत्सुक छौं र यो गाडीले नेपाली बजारमा विद्युतीय सवारीप्रतिको अपेक्षालाई पुनः परिभाषित गर्नेमा विश्वस्त छौं,” उनले भने ।

पछिल्लो अध्यावधिक: साउन २, २०८२ १०:३७
सामाग्री श्रोत :
टेक पाना