काठमाडौं । गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई ५८ रनले पराजित गरेको छ।

यो जितसँगै गुजरातले ५ खेलबाट ८ अंक जोडन सफल भएको छ भने राजस्थान सातौं स्थानमा झरेको छ।
गुजरातको यो चौथो जित हो भने राजस्थानको ५ खेलमा तेस्रो हार हो। गुजरातको जितमा ओपनर साई सुदर्शनको महत्त्वपूर्ण योगदान रहन गयो। साई सुदर्शनले उत्कृष्ट अर्धशतक बनाए भने यस आईपीएलमा साईको यो तेस्रो अर्धशतक हो।
गुजरात टाइटन्सले दिएको २१८ रनको लक्ष्य पछ्याउन आएको राजस्थान रोयल्स ४ बल बाँकी रहँदा १५९ रनमा अलपत्र परेको थियो। राजस्थानका लागि शिमरोन हेटमायरले ५२ रन बनाए भने कप्तान सञ्जु सामसनले ४१ रनको इनिङ खेलेका थिए। र, रियान पराग २६ रन बनाएर आउट भए।

राजस्थानका ३ ब्याट्सम्यानले मात्र दोहोरो अंक छुन सकेका छन्। गुजरातका लागि तेज बलर प्रसिद कृष्णले सर्वाधिक ३ विकेट लिए भने राशिद खान र आर साई किशोरले २–२ विकेट लिएका छन्।
सामाग्री श्रोत :