२०८२ बैशाख ६ शनिबार
२०८२ बैशाख ६ शनिबार

गुजरातको चौथो जित, राजस्थान रोयल्स ५८ रनले पराजित

काठमाडौं । गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई ५८ रनले पराजित गरेको छ।

यो जितसँगै गुजरातले ५ खेलबाट ८ अंक जोडन सफल भएको छ भने राजस्थान सातौं स्थानमा झरेको छ।

गुजरातको यो चौथो जित हो भने राजस्थानको ५ खेलमा तेस्रो हार हो। गुजरातको जितमा ओपनर साई सुदर्शनको महत्त्वपूर्ण योगदान रहन गयो। साई सुदर्शनले उत्कृष्ट अर्धशतक बनाए भने यस आईपीएलमा साईको यो तेस्रो अर्धशतक हो।

गुजरात टाइटन्सले दिएको २१८ रनको लक्ष्य पछ्याउन आएको राजस्थान रोयल्स ४ बल बाँकी रहँदा १५९ रनमा अलपत्र परेको थियो। राजस्थानका लागि शिमरोन हेटमायरले ५२ रन बनाए भने कप्तान सञ्जु सामसनले ४१ रनको इनिङ खेलेका थिए। र, रियान पराग २६ रन बनाएर आउट भए।

राजस्थानका ३ ब्याट्सम्यानले मात्र दोहोरो अंक छुन सकेका छन्। गुजरातका लागि तेज बलर प्रसिद कृष्णले सर्वाधिक ३ विकेट लिए भने राशिद खान र आर साई किशोरले २–२ विकेट लिएका छन्।


सामाग्री श्रोत :

गुजरातको चौथो जित, राजस्थान रोयल्स ५८ रनले पराजित

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट