अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी साइप्रसको अधिवेशन साइप्रसको लिमासोलस्थित भेटघाट रेष्टुरेन्टमा सम्पन्न भएको छ । गत मंगलबार सम्पन्न अधिवेशनले नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ ।
नयाँ कार्यसमितिमा रेशम पाण्डे अध्यक्षमा चयन भएका छन् । त्यस्तै वरिष्ठ उपाध्यक्षमा गोपाल तिमल्सिना चयन भएका छन् । उपाध्यक्षहरूमा लाल बहादुर बुढा मगर, सुमन पाण्डे र दिनेश महरा चयन भएका छन् भने महासचिवमा नबिन चौलागाईं चयन भएका छन् । त्यस्तै सचिवमा समिर जंग गिरी, कोषाध्यक्षमा सतीश शाहु र सह–कोषाध्यक्षमा सुरज गैरे चयन भएका छन् ।
उक्त अधिवेशन संस्थाका अध्यक्ष रेशम बहादुर लामाको सभापतित्वमा सम्पन्न भएको हो । कार्यक्रममा संयोजक युवराज तामाङ प्रमुख अतिथिको रूपमा उपस्थित थिए । साथै वरिष्ठ सल्लाहकार हरिराम घिमिरे, उप–संयोजक सुदर्शन लामा न्हेगी तथा अन्य सदस्यहरूको उपस्थिति रहेको थियो ।
अधिवेशनमा पुरानो कार्यसमिति विघटन गर्दै सचिवालयले दुई वर्षे प्रतिवेदन प्रस्तुत गरेको थियो भने कोषाध्यक्षले आय–व्यय विवरण सार्वजनिक गरेका थिए ।

कार्यक्रममा वक्ताहरूले संस्थालाई अझ सशक्त बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए ।











