२०८२ माघ ३० बिहीबार
२०८२ माघ ३० बिहीबार

लिमासोलमा इलेक्ट्रिक स्कुटर दुर्घटना : २६ वर्षीया नेपाली युवती कोमामा, अवस्था गम्भीर

लिमासोलमा इलेक्ट्रिक स्कुटरलाई  कारले  ठक्कर दिंदा  २६ वर्षीया नेपाली युवती गम्भीर घाइते भएकी छन्।

गत मंगलबार बिहान करिब ८:३० बजे लिमासोल सिटीस्थित Nikos Pattichis street मा दुर्घटना भएको हो।

घरेलु कामदारका रूपमा कार्यरत ती युवती काममा जाँदै गर्दा इलेक्ट्रिकल  स्कुटरमा सवार रहेको बताइएको छ। दुर्घटनापछि उनलाई गम्भीर अवस्थामा लिमासोल जनरल अस्पताल लगिएको  भनिए पनि अहिले मेडिटेरिनियन हस्पिटल मा उपचार भै रहेको छ।

limassol electric scooter accident nepali domestic worker in hospital

photo credit: cyprus times

गैरआवासीय नेपाली संघ (एनआरएनए) साइप्रसका अध्यक्ष धाता नन्द पाण्डेयका अनुसार हाल उनलाई सघन उपचार कक्ष (ICU) मा राखेर उपचार भइरहेको छ। अध्यक्ष पाण्डेयले चिकित्सकलाई उद्धृत गर्दै बताए अनुसार युवतीको टाउकोमा गम्भीर चोट लागेको छ भने हात र खुट्टामा पनि फ्र्याक्चर भएको छ।

उनको अवस्था निकै गम्भीर रहेको र हाल उनी कोमामा रहेको बताईएको छ।

ती युवती दुई वर्षअघि साइप्रस आएकी हुन्। उनी आउट–लिभिङ भिसामा घरायसी काम (हाउस मेड) गर्दै आएकी थिइन्।

निकोसिया स्थित नेपाली कन्सुलेट कार्यालयले पनि घटनाबारे जानकारी लिँदै आवश्यक फलोअप गरिरहेको जनाएको छ।

दुर्घटनामा संलग्न ५२ वर्षीया महिला चालकलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको स्थानीय मिडियाले जनाएका छन्।

यस घटना बारे थप जानकारी आउन बाँकी छ।  

 

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट