२०८२ बैशाख ७ आईतवार
२०८२ बैशाख ७ आईतवार

फेक च्याट बनाउने तरिका सिकाउँदै ज्ञानेन्द्र शाही !

काठमाडौं । सोमबार मन्त्रिपरिषद् बैठकले कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त गर्ने निर्णय गरेसँगै सामाजिक सञ्जालमा विभिन्न च्याटहरू भाइरल भइरहेका छन् ।

कुलमानलाई हटाउने निर्णयपछि सामाजिक सञ्जालमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक तथा सांसद ज्ञानेन्द्र शाहीको फेसबुक आईडीबाट कुराकानी गरेको जस्तो देखिने च्याट भाइरल भयो । जहाँ प्रमुख सचेतक शाहीले प्रचण्डले कुलमानलाई हटाएमा राजावादी आन्दोलनलाई व्यापक बनाउन सहज हुने भन्दै लेखेको टेक्स्ट राखिएको छ ।

यस्तै, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को फेसबुक च्याट जस्तो देखिने अर्को स्क्रिनशट पनि भाइरल भएको छ । जहाँ प्रचण्डले कार्यकर्तासँग टीआरसी विधेयकसँग कुलमान घिसिङ साटेको भन्दै कुराकानी गरेको जस्तो देखाइएको छ ।

त्यसपछि बुधबार प्राइम टेलिभिजनमा ऋषि धमलाले सञ्चालन गर्ने ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा शाहीले उक्त सन्देश नक्कली भएको र आफूले त्यस्तो सन्देश नलेखेको दाबी गरे ।

शाहीले च्याट आफ्नो नभएको मात्र दाबी गरेनन्, यस्तो फेक च्याट कसरी र कुन एपमार्फत बनाउन सकिन्छ भन्ने पनि बताए ।

उनले टेलिभिजन कार्यक्रममा नक्कली च्याट बनाउन सकिने एपको नाम लिँदै त्यस एप प्रयोग गरेर कसरी फेक च्याट तयार पार्ने भनेर विस्तृत रूपमा जानकारी गराए । यो समाचार तयार पार्दासम्म युट्युबमा सार्वजनिक उक्त कार्यक्रमको भिडिओ एक लाख ४७ हजारभन्दा बढी पटक हेरिएको छ ।

शाहीले बिहीबार बिहान १० बजे उक्त च्याटलाई लिएर स्पष्टीकरण दिनुका साथै कसरी नक्कली च्याट बनाइन्छ भनेर टेलिभिजन कार्यक्रममा बोलेको भिडिओ जोडेर आफ्नो फेसबुक पेजमा राखेका छन् ।

यो भिडिओ दुई लाख ७१ हजार पटक हेरिसकिएको छ भने १८ हजारभन्दा बढी लाइक र १९ सयभन्दा बढी कमेन्ट गरिएका छन् ।


सामाजिक सञ्जाल तथा साइबर सुरक्षा जानकारहरूले भने शाहीजस्तो जिम्मेवार व्यक्तिले यस्तो जानकारी सार्वजनिक गर्नु गलत भएको टिप्पणी गरेका छन् । यस्ता गतिविधिले गलत सूचना फैलाउने प्रवृत्तिलाई बढावा दिन सक्ने उनीहरूको भनाइ छ ।


पछिल्लो अध्यावधिक: चैत १४, २०८१ २२:३९





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट