२०८२ असार ४ बुधबार
२०८२ असार ४ बुधबार

बढ्यो सुनको भाउ

काठमाडौं। नेपाली बजारमा आज सुनको भाउ २०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ सय रुपैयाँले बढेर १ लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि मंगलबार सुनको भाउ प्रतितोला १ लाख ७३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि सामान्य बढेको छ। आज चाँदी तोलामा १० रुपैयाँले बढेको छ । यससँगै चाँदी तोलामा १९ सय ९० रुपैयाँमा कायम भएको छ। मंगलबारपनि चाँदीको भाउ तोलामा १९सय ८० रुपैयाँमा कारोबार भएको थियो।


सामाग्री श्रोत :

बढ्यो सुनको भाउ

छुटाउनुभयो कि ?