काठमाडौं- त्रिभुवन विश्वविद्यालय जनस्वास्थ्य केन्द्रिय विभागका सह-प्राध्यापक विष्णुप्रसाद चौलागाईंमाथि विभिन्न मितिमा भएका कारबाही तथा आरोपहरुको विवरणसहितको पत्र त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानको डिन कार्यालयमा बुझाइएको तथ्य फेला परेको छ।
विभागका प्रमुख प्राडा आमोद कुमार पौड्यालले नै १६ वटा बुँदामा चौलागाईंमाथि विगतमा भएका कारबाही, उनीमाथि भइरहेका अनुसन्धान र आरोपहरु उल्लेख गरेको पत्र संस्थानका डिन प्राडा मोहनराज शर्मालाई पठाएको पाइएको छ।
डिन कार्यालय स्रोतले स्वास्थ्यखबरलाई उपलब्ध गराएको विवरण अनुसार सहप्राध्यापक चौलागाईंले २०७५ सालदेखि हालसम्म चरणवद्ध रुपमा नियम र आचरण विपरितका कार्यहरु गर्दै आएको उल्लेख छ।
‘तत्कालिन कार्यालय/विभागीय प्रमुखहरूबाट प्रचलित त्रि.वि. ऐन तथा नियम कानून बमोजिम विभिन्न कारवाहीहरु भएको साथै यसरी नियम विपरित कार्यहरु गरेको सम्बन्धमा राष्ट्रिय सतर्कता केन्द्र र अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट निजको विरुद्धमा विभिन्न पत्रहरु प्राप्त भएको र कारवाहीको प्रक्रियामा रहेको देखिन्छ,’ डिन कार्यालयमा पठाइएको पत्रमा उल्लेख छ।
पत्रमा विगतदेखि हालसम्म सहप्राध्यापक विष्णु प्रसाद चौलागाईले गरेका गैर-कानूनी कार्यहरु र विभिन्न कार्यालय/विभागीय प्रमुखहरुको कार्यकालमा निज उपर भएका कारवाहीहरु भनेर विभिन्न १६ वटा बुँदा उल्लेख छ। पत्रसँगै डिन कार्यालयमा चौलागाईंमाथि भएका कारबाहीको विवरणसँगै थप पत्र र विवरणहरु पनि बुझाइएको पत्रम उल्लेख छ।
हेरौं डिन कार्यालयमा बुझाइएको पत्रको पूर्णपाठ
विषय: त्रि.वि. जनस्वास्थ्य केन्द्रीय विभागको प्रमुखको रिक्त हुन लागेको पदको सिफारिस तथा नियुक्ति सम्बन्धमा ।
महोदय,
उपरोक्त सम्बन्धमा यस जनस्वास्थ्य केन्द्रीय विभागका वर्तमान विभागीय प्रमुखको अनिवार्य अवकाश भई यहि मिति २०८२ श्रावण १७ गते देखि विभागीय प्रमुखको पद रिक्त हुन गईरहेकाले सो सम्बन्धमा यस विभागको अभिलेख अनुसार त्रिभुवन विश्वविद्यालय संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम, २०५० को नियम १६ (२) बमोजिम यस विभागका शिक्षकहरु क्रमशः सह प्राध्यापक विष्णु प्रसाद चौलागाई, उप- प्राध्यापक राजन पौडेल, उप- प्राध्यापक दुर्गा प्रसाद पहारी र उप प्राध्यापक सुशनमान श्रेष्ठ लगायत रहनु भएको देखिन्छ ।
विभागका शिक्षकहरुमध्ये सह प्राध्यापक विष्णु प्रसाद चौलागाईले विभिन्न समयमा विभिन्न कार्यालय प्रमुखहरुको कार्यकालमा वि.सं. २०७५ देखि हालसम्म चरणवद्ध रुपमा नियम र आचरण विपरितका कार्यहरु गर्दै आएकोले तत्कालिन कार्यालय/विभागीय प्रमुखहरूबाट प्रचलित त्रि.वि. ऐन तथा नियम कानून बमोजिम विभिन्न कारवाहीहरु भएको साथै यसरी नियम विपरित कार्यहरु गरेको सम्बन्धमा राष्ट्रिय सतर्कता केन्द्र र अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट निजको विरुद्धमा बिभिन्न पत्रहरु प्राप्त भएको र कारवाहीको प्रक्रियामा रहेको देखिन्छ । सोही सन्दर्भमा विगत देखि हालसम्म सह प्राध्यापक विष्णु प्रसाद चौलागाईले गरेका गैर-कानूनी कार्यहरु र विभिन्न कार्यालय/विभागीय प्रमुखहरुको कार्यकालमा निज उपर भएका कारवाहीहरु निम्नानुसार रहेको व्यहोरा अनुरोध छ ।
(१) मिति २०७५/ १० / २२ गतेको नेपाल पब्लिक हेल्थ स्टुडेन्ट सोसाईटीको “पठन-पाठन तथा MPH coordinator” सम्बन्धमा लेखिएको पत्रानुसार MPH/MPHN / MHPE का सम्पूर्ण विद्यार्थीहरुको हस्ताक्षरमा तत्कालिन MPH coordinator श्री विष्णु प्रसाद चौलागाईले coordinator पदको दुरुपयोग गरी पठन-पाठनमा लापरवाही, plagiarism, २०० full marks को विषयहरुको जम्मा २-३ वटा मात्र कक्षा लिएर टारेको, Epidemiology विषय गलत पढाएको, विद्यार्थीहरु माथि पूर्वाग्रही रहेको आदि कारण सहित coordinator पदबाट बर्खास्तको लागि तथा सरुवाको लागि अनुरोध सहित पत्राचार गरेको र तत् पश्चात विभागको बैठक बसी सो कुरा प्रमाणित भएकाले कारवाही स्वरूप coordinator पदबाट राजिनामा दिन लगाइएको पत्रको प्रतिलिपि यसैसाथ संलग्न छ ।
(२) बुँदा नम्बर १ अनुसारको आरोपको निवेदन पछि महाराजगंज चिकित्सा क्याम्पस, समुदाय चिकित्सा तथा जनस्वास्थ्य विभागमा आकस्मिक बैठक बसी उक्त आरोपको छानबिन गर्न एक समिति गठन गरि महाराजगंज चिकित्सा क्याम्पसमा मिति २०७५।१२।०१ को पत्र मार्फत सिफारिस सहित अनुरोध गरिएको साथै कारबाही स्वरूप २ महिना force leave बस्नको लागि मिति २०७५/११।३० मा विभागीय बैठकले निर्णय गरेको सो सम्बन्धमा क्याम्पस प्रमुखलाई लेखेको पत्र यसैसाथ संलग्न छ ।
(३) विद्यार्थीहरुको परीक्षा संचालन र कापी जाँचमा व्यक्तिगत रूपमा विभेद (bias) गर्ने जस्ता कार्य गरेको भनी एम. पि. एच., एम. पि. एच. एन., र एम. एच. पि. ई. का विद्यार्थीहरुले विभागलाई आवश्यक कारवाहीको लागि निवेदन दिएपछि सहप्राध्यापक विष्णु प्रसाद चौलागाईलाई कुनै पनि मौखिक तथा लिखित परीक्षामा सहभागी नगराउने र प्रश्न पत्र निर्माण तथा कापी चेक गर्ने कार्यमा नलगाउनको लागि निज कार्यरत महाराजगन्ज चिकित्सा क्याम्पस, समुदाय चिकित्सा तथा जनस्वास्थ्य विभागको बैठकको निर्णय अनुसार डीन कार्यालयलाई मिति २०७४।१२।०१ च. नं. ३३५ को पत्र मार्फत सिफारिस गरे पश्चात सोहि अनुसार डीन कार्यालयले लामो समयसम्म उक्त कार्य गर्न रोक लगाएको पत्रको प्रतिलिपि यसैसाथ संलग्न छ ।
(४) मिति २०७३।०१।३० मा उप- प्राध्यापक डा. नेत्रिका प्रसाद मादेन लिम्बुले Bachelor in Public Health को विद्यार्थीहरुलाई कक्षा कोठामा कक्षा लिइरहेको बखत डा. नेत्रिका प्रसाद मादेन लिम्बु र बिद्यार्थीहरुको अनुमतिविना कुनै किसिमको सूसुचित मंजुरिनामा नलिई कक्षालाई अवरुद्ध गरी आफ्नो व्यक्तिगत फाइदाका लागि बाहिरबाट फोटोग्राफर ल्याएर फोटो र भिडिओहरु खिचेकाले विद्यार्थीहरु र शिक्षकबाट तुरुन्त मौखिक उजुरी प्राप्त हुनासाथ निज कार्यरत महाराजगंज चिकित्सा क्याम्पस, समुदाय चिकित्सा तथा जनस्वास्थ्य विभागको तत्काल बैठक बसी कारवाही स्वरूप आईन्दा यस्तो हर्कत नगर्ने भनी श्री विष्णु प्रसाद चौलागाईले कबुलियतनामा गरेको । (कबुलियतनामाको प्रतिलिपि यसैसाथ संलग्न छ ।
(५) मिति २०७५/१२/२१ देखि मिति २०७३।०२।०१ सम्म क्याम्पसमा आइ डीजिटल हाजिरी गरेको तर पठन-पाठनको कुनैपनि कार्यमा संलग्न नभएकोले पठन-पाठनमा लापरवाही गरेको भनी निज कार्यरत महाराजगंज चिकित्सा क्याम्पस, समुदाय चिकित्सा तथा जनस्वास्थ्य विभागले मिति २०७६/०२/१३ च.नं. ३६९ को पत्र मार्फत क्याम्पस प्रमुखलाई जानकारी गराएको । (पत्रको प्रतिलिपि यसै साथ संलग्न छ ।
(६) मिति २०७५/०८/२४ च.नं. २१७/०७७/०७८ को पत्र अनुसार सह-प्राध्यापक विष्णु प्रसाद चौलागाईले गरेको गैर जिम्मेवारी र आचरण विपरितका कार्यहरुको जानकारी तथा आवश्यक कारवाहीका लागि श्रीमान् डीनज्यूलाई निज कार्यरत महाराजगंज चिकित्सा क्याम्पस, समुदाय चिकित्सा तथा जनस्वास्थ्य विभागले पत्राचार गरेको । (पत्रको प्रतिलिपि यसै साथ संलग्न छ ।
(७) UGC की grant मा सन २०१४ मा श्री विष्णु प्रसाद चौलागाईंले आफू Principal Investigator (PI) र अरु दुई जना शिक्षकहरु Co-investigator रही संयुक्त रूपमा Assessment of Community Based Medical Education in Institute of Medicine, Tribhuvan University, Nepal नामको अनुसन्धान परियोजना संचालन गरी अन्तिम प्रतिवेदन बुझाइएको तर त्यही प्रतिवेदनमा आधारित article श्री विष्णु प्रसाद चौलागाईले अरु दुई co-investigators को सहमति र अनुमतिविना आफ्नो मात्र नाम राखी लुकिछिपी बदनियतपूर्वक June २०१९ मा उक्त आर्टिकल प्रकाशित गरेकोले विभागले उक्त कार्यलाई unethical / scientific misconduct ठहर गर्दै मिति २०७६००४१६ को अ. नं.१६ को पत्र मार्फत आवश्यक कारवाहीको लागि वि.शा. अ. संस्थानको Institutional Review Committee मा पत्राचार गरेको जुन public health education मा अत्यन्त अनैतिक र नैतिक चरित्रमा गम्भिर मानिन्छ । पत्रको प्रतिलिपि यसैसाथ संलग्न छ ।
(८) सहप्राध्यापक विष्णु प्रसाद चौलागाईले unethical कार्य र scientific misconduct गरेको हुँदा निजलाई आवश्यक कारवाहीको लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषदमा मिति २०६०/०३/२० च.नं. ६४६/०७९/०६० को पत्र मार्फत पत्राचार गरेको। (पत्रको प्रतिलिपि यसैसाथ संलग्न छ)
(९) मिति २०८० २०८२६ गते दिउँसो १:३० बजे सहप्राध्यापक विष्णु प्रसाद चौलागाईले महाराजगंज मेडिकल क्याम्पस, समुदाय चिकित्सा विभागका प्रमुख सह-प्राध्यापक डा. खेम बहादुर कार्कीलाई निम्न स्तरको (आमाचाकरी) र तथानाम गालि गलौज गर्दै हातपात गर्न खोजेको र क्याम्पसको श्रोत साधन गलत ढंगले प्रयोग गर्न खोजेकाले समुदाय चिकित्सा विभागले क्याम्पस प्रमुख र डिनको कार्यलयलाई तत्काल कारवाही गर्न मिति २०६०।०८।२७ च.नं. १८/०८०/८१ को पत्रबाट सिफारिस गरेको पत्रको प्रतिलिपि यसैसाथ संलग्न छ ।
(१०) सहप्राध्यापक विष्णु प्रसाद चौलागाई मिति २०६०।०३।२७ गते देखि विभागीय प्रमुख भएकोमा श्री सम्मानीत सर्वोच्च अदालतले निजको नियुक्तिलाई मिति २०६०।०९।१६ मा खारेज गरी रिट जारी गरेकोमा तत्पश्चात गैर कानूनी रूपमा विभागको दर्ता चलानी र छाप कब्जामा लिने, विभागका दरबन्दीहरु हेरफेर गर्न डिन कार्यालयमा सिफारिस गर्ने र मनोमानी ढंगले कनिष्ठहरुलाई पदोन्नतीका लागि सिफारिस गर्ने जस्ता कार्य गरेको साथै निजले उक्त अवधीमा पूर्व विभागीय प्रमुख तथा अन्य प्राध्यापकहरुको व्यक्तिगत फाइलहरु जबर्जस्ती लिएर फोटोकपी गर्ने जस्ता गोपनीयता भंग गर्ने कार्य समेत गरेको। (पत्रको प्रतिलिपि यसैसाथ संलग्न छ ।
(११) सहप्राध्यापक विष्णु प्रसाद चौलागाई त्रि.वि. जनस्वास्थ्य केन्द्रीय विभागको विभागीय प्रमुखको जिम्मेवारी लिई काम गर्दाको अवधिको यस विभागबाट दर्ता चलानी भएका महत्वपूर्ण पत्रहरु आफै संग राखी विभागमा नबुझाएको सम्बन्धमा ५ (पाँच) दिन भित्र बुझाउन विभागको मिति २०८१/०७/२७ च.न. १०६/०६१/०६२ को पत्र मार्फत अनुरोध गरिएकोमा सो कागजातहरु बुझाउन नल्याएको, झूठा विवरण पेश गरेको र आफ्नो कर्तव्य पालना नगरी पदीय आचरण सम्बन्धी नियमको विपरित कार्य गरेको, पदीय दुरुपयोग गरेको र प्रचलित कानुन अनुसार नेपाल सरकारको आर्थिक अनुदानमा संचालित सार्वजनिक निकायको परिभाषा भित्र पर्ने शैक्षिक संस्थाको सरकारी कागजात हिनामिना गरी चरम लापरवाही एवं त्रि. वि. शिक्षक कर्मचारी सेवा संबन्धी नियम २०५० को नियम ७२ ७३ ७४ र ७६ को विपरित कार्य गरेको भनी पटक पटक स्पष्टिकरण सोधिएको। (पत्रको प्रतिलिपि यसैसाथ संलग्न छ ।
(१२) सहप्राध्यापक विष्णु प्रसाद चौलागाईले मिति २०६१/५/२४ देखि २०८१ / ५ / २६ सम्म संचालित MPH/ MPHN/ MHPE दोश्रो वर्षको थेसिस प्रपोजल presentation मा विद्यार्थीहरुलाई पाठ्यक्रम अनुसार उनीहरुको मूल्यांकन गरि अंक प्रदान गर्न मूल्यांकन फारम सहित सूचित गरिएकोमा विभागमा डिजिटल ई-हाजिरी गरेको तर उक्त दिनहरुमा संचालित कार्यक्रममा एकदिन पनि सहभागी नभएको र विद्यार्थीको मुल्यांकन पनि नगरेकोले तोकिएको जिम्मेवारी बहन नगरेको, गैर जिम्मेवारपूर्ण व्यवहार देखाएको र पदीय आचरण विपरित कार्य गरेकोले त्रि.वि. शिक्षक कर्मचारी सेवासम्बन्धी नियम, २०५० को परिच्छेद ९ को नियम ७२ ७३ ७६ र ८१ को विपरित तथा परिच्छेद १० को नियम ८३ (क), (घ), (ङ) र (छ) को कसुर गरेकाले भविष्यमा यस्ता गतिविधि नगर्नु नगराउनु र आफ्नो आचरण प्रति सजक रहनु भनी वि.वि. शिक्षक कर्मचारी सेवासम्बन्धी नियम २०५० को परिच्छेद १० को नियम ८२ (क) (१) बमोजिम मिति २०८१/०९/१२ मा नसिहत पाएको एउटा शिक्षकले नसियत पाउने कार्यले नैतिक चरित्रमा गम्भिर प्रश्न उदत गएको छ पत्रको प्रतिलिपि यसैसाथ संलग्न छ ।
(१३) सहप्राध्यापक विष्णु प्रसाद चौलागाई जनस्वास्थ्य केन्द्रीय विभागको विभागीय प्रमुखको जिम्मेवारी लिई काम गर्दाको अवधिको आन्तरिक व्यवस्थापन समितिको बैठकको सक्कल माईन्यूट पुस्तिका विभागलाई नबुझाएको सम्बन्धमा मौखिक तथा लिखित स्पष्टीकरण सोध्दा समेत आफ्नो कब्जामा राखि विभागलाई नबुझाएकाले त्यस्तो कार्य वि. वि. शिक्षक कर्मचारी सेवा संबन्धी नियम, २०५० को नियम ७२ ७३ ७४ र ७६ को विपरित भएको भनी नियम ८३ र ङ) को कसुर गरेको ठहर गरी सो अभियोगमा त्रि. वि. शिक्षक कर्मचारी सेवा संबन्धी नियम २०५० को नियम ८२ (क) ३ बमोजिम मिति २०६२/०२ / १९ मा २ वर्षको लागि बढुवा रोक्का हुने गरी विभागीय कारवाही भएको पत्रको प्रतिलिपि यसैसाथ संलग्न छ ।
(१४) वि.वि. अनुगमन निर्देशनालयले निज विष्णुप्रसाद चौलागाई उपर छानविन गरी कारवाहीको लागि सिफारिश गरेबमोजिम विभागिय कारबाहीको फाईल वि. वि. कार्यकारी परिषद्मा विचाराधिन रहेको ।
(१५) अनुचित लाभ लिई PhD डिफेन्सका लागि रित नपुगेका विद्यार्थीलाई अवैधानिक तरिकाले सिफारिस गरेको सम्बन्धमा श्री अख्तियार दुरुपयोग अनुसन्धान आयोग र श्री राष्ट्रिय सतर्कता केन्द्रबाट निज विष्णुप्रसाद चौलागाई उपर छानविन भइरहेको पत्र गोप्य रहेकाले संलग्न नगरिएको )
(१६) दोहोरो हाजिर गरी दोहोरो सुविधा लिएको, आर्थिक अनियमितता गरेको र यस केन्द्रीय विभागमा डिजिलट हाजिर गरी अन्यत्र काम गरेको भनी श्री अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट निज विष्णुप्रसाद चौलागाई उपर छानविन भइरहेको पत्र गोप्य रहेकाले संलग्न नगरिएको ।
सार्वजनिक पदमा नियुक्तिका लागि कानुनी र नैतिक मापदण्डहरूको पालनाको आवश्यकता महत्वपूर्ण हुन्छ । विगत धेरै वर्ष अघि देखि हाल सम्म महाराजगंज चिकित्सा क्याम्पसमा रहँदा र पछि जनस्वास्थ्य केन्द्रीय विभागमा पदस्थापन भएपछि विभिन्न विभागीय प्रमुखहरुको कार्यकालमा सह-प्राध्यापक विष्णु प्रसाद चौलागाईले प्रचलित कानुन र आचरण तथा नैतिकता विपरितका माथि उल्लेखित कार्यहरु गरी कानून बमोजिम केही सजाय व्यतित गरिसकेको र केही सजाय व्यतित गरिरहेको हुँदा निजलाई विभागीय प्रमुखको रुपमा सिफारिश तथा नियुक्त गर्न कानून बमोजिम नमिल्ने व्यहोरा अनुरोध छ। श्री राष्ट्रिय सतर्कता केन्द्र र श्री अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट निजको विरुद्धमा विभागमा पत्रहरु प्राप्त भएको र कारवाहीको प्रक्रियामा रहेको व्यक्तिलाई नै प्रमुखको जिम्मा दिदा निष्पक्ष छानविन प्रक्रियामा समेत प्रतिकुल असर पर्ने र conflict of interest (COI) हुने भएकोले सर्वमान्य प्राकृतिक न्यायको सिद्धान्त बमोजिम सिफारिस वा निर्णय गर्न मिल्दैन । यसरी निजलाई कारवाही तथा सजाय भइसकेको तथा श्री अख्तियार दुरुपयोग अनुसन्धान आयोग र श्री राष्ट्रिय सतर्कता केन्द्रबाट छानवीनको क्रममै रहेको अवस्थामा निजलाई जनस्वास्थ्य केन्द्रीय विभाग प्रमुख सिफारिश तथा नियुक्त गर्ने निर्णय वा कार्य गर्न नहुने यचेष्ट प्रमाणहरु उपलब्ध हुँदा हुँदै निजलाई जनस्वास्थ्य केन्द्रीय विभाग प्रमुख सिफारिश तथा नियुक्त गर्ने निर्णय कार्य भएगरेमा विभागिय कारवाही र चरित्रमा प्रश्न उठेको व्यक्तिलाई नियुक्ति गरेकोमा सिफारिसकर्ता र नियुक्ति कर्तामा नै गम्भिर प्रश्न उठ्दछ। निजलाई सिफारिस तथा नियुक्त गर्दा विश्वविद्यालय जस्तो पवित्र शैक्षिक संस्थाको गरिमामा समेत आंच पुग्ने देखिन्छ र यसरी सजाय पाएको, कतिपय सजाय व्यतित गरिरहेको तथा थप अनुसन्धानको दायरामा रहेको व्यक्तिलाई त्रि.वि. जनस्वास्थ्य केन्द्रीय विभागको प्रमुख वा अन्य सार्वजनिक प्राज्ञिक पदमा सिफारिश गर्दा संस्थाको विश्वासनीयता र शैक्षिक गुणस्तरमा समेत प्रश्न उठ्नुको साथै सो कार्य गर्नु गैर कानूनी हुन आउँछ । सो सिफारिश तथा निर्णय गर्ने पदाधिकारीहरु समेत कानूनी दायरा तथा विवादमा तानिने प्रष्ट छ।
त्रिभुवन विश्वविद्यालय संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम, २०५० को १६(२) मा तीन जना शिक्षकहरुको नाम पेश गर्नुपर्ने बाध्यात्मक व्यवस्था रहेको र मूल नियमावलीको प्रतिकुल विनियमावली कार्यकारी परिषदवाट बनेको भए सो विनियमावली स्वतः अमान्य हुने र मूल नियमावलीको प्रतिकुल “त्रिभुवन विश्वविद्यालय केन्द्रीय विभाग प्रमुख तथा विभागीय प्रमुख सम्बन्धी विनियम, २००८” सम्मानित श्री सर्वोच्च अदालतबाट रिट निवेदक प्रा.डा. निरन्जन पराजुली रिट नम्बर ०७८-WO-१४४३ र विपक्षी त्रि.वि.कार्यकारी परिषद भएको मुद्दामा सो विनियम त्रिभुवन विश्वविद्यालय संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम, २०५० को नियम १६ संग बाझिएकोले उक्त विनियम २०७८ को न. ३ को व्यवस्था कार्यान्वयन नगर्नु नगराउनु भनी मिति २०७२/३/२ मा आदेश समेत जारी भएकोले विनियम २०७८ को औचित्यता समाप्त भैसकेको छ । सो आदेशको प्रतिलिपि समेत यसैसाथ संलग्न रहेको व्यहोरा अनुरोध गर्दछु । यसरी सो विनियम २०७८ को औचित्यता समाप्त भएकै कारण त्रि.वि.कार्यकारी परिषद्को मिति २०८२/२/१३ को बैठकले विज्ञान तथा प्रविधि अध्ययन संस्थान तथ्याङ्क शास्त्र केन्द्रीय विभागमा उपप्राध्यापक श्री प्रभात उप्रेतीलाई नियुक्त गरेको व्यहोरा अनुरोध गर्दछु । साथै त्रि वि का अन्य करीब १० वटा केन्द्रीय विभागहरुमा समेत त्रि.वि. कार्यकारी परिषदले उपप्राध्यापकहरु लाई नियुक्त गरेको हुनाले सो को सूची समेत यसैसाथ संलग्न रहेको व्यहोरा जानकारी गराउंदछु । तसर्थ निज विष्णु प्रसाद चौलागाईलाई सिफारिस गर्न नमिल्ने कारण र कैफियत खोली विभागका बरिष्ठतम शिक्षकहरु क्रमश राजन पौडेल, दुर्गा प्रसाद पहारी र सुशन मान श्रेष्ठ रहेकाले त्रिभुवन विश्वविद्यालय संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम, २०५० को नियम १६(२) बमोजिम निजहरु तीन जनाको नाम शिक्षाध्यक्षज्यू समक्ष सिफारिस गर्नु हुन अनुरोध गर्दछु ।
सामाग्री श्रोत :
swasthyakhabar

