२०८२ भाद्र १८ बुधबार
२०८२ भाद्र १८ बुधबार

जेडटीईका स्मार्टफोनहरू अब शून्य प्रतिशत ब्याजदरमा नै खरिद गर्न सकिने

काठमाडौँ । जेडटीई कर्पोरेसनले आफ्ना तीन मोडेलका स्मार्टफोनहरूमा शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी योजना ल्याएको छ । यो योजनाअनुसार प्रयोगकर्ताहरूले जेडटीई भी७० म्याक्स र प्रिमियम जेडटीई भी७० मोडेलका स्मार्टफोनहरू ६ महिनाको सहज मासिक किस्तामा खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । 

यस किस्ताबन्दी योजना अन्तर्गत इच्छुक ग्राहकले आफ्नो नेपाली नागरिकता प्रमाणपत्रको भरमा नयाँ स्मार्टफोन किन्न सक्नेछन । यस बाहेक यसमा कुनै जटिल कागजी प्रक्रिया नरहेको र ब्याज पनि नलाग्ने कम्पनीको दाबी छ । ग्राहकलाई सरल र सहज किनमेल अनुभव प्रदान गर्ने उद्देश्यले जगदम्बा हायर पर्चेजसँगको साझेदारीमा जेडटीईले यस विशेष योजना सार्वजनिक गरेको कम्पनीको भनाइ छ । 

“नेपालमा १५,००० देखि २०,००० रूपैयाँका फोनहरुमा पनि किस्ताबन्दी सुविधा ल्याउने जेडटीई दोस्रो ब्रान्ड बनेको छ, जसले सबै नेपालीका लागि नयाँ प्रविधि अझ पहुँच योग्य बनाउने कम्पनिको उद्धेश्यलाइ सार्थकता प्रदान गरेको छ,” कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  

यस शून्य प्रतिशत ब्याजदर किस्ताबन्दी योजना अनुसार १५ हजार ९९९ मूल्य रहेको भी७० म्याक्स (६+१२८ जिबी) स्मार्टफोन मोडेल खरिद गर्न चाहनेले ६ हजार ४०० अग्रिम भुक्तानी गरेपछि बाँकी रकम ६ महिनासम्म मासिक एक हजार ६०० रुपैयाँ किस्तामा तिर्न सक्नेछन् । यस्तै, १६ हजार ९९९ मूल्य रहेको भी७० डिजाइन (८+१२८ जिबी) मोडेलका लागि प्रयोगकर्ताले ६ हजार ८०० अग्रिम भुक्तानी गरेपछि बाँकी रकम ६ महिनासम्म मासिक एक हजार ७०० किस्तामा तिर्न सक्नेछन् ।

बढी स्टोरेज क्षमता भएको फोन खोजिरहेका प्रयोगकर्ताका लागि १८ हजार ९९९ मूल्यको भी७० डिजाइन (८+२५६ जिबी) स्मार्टफोन मोडेल खरिद गर्दा रूपैयाँ सात हजार ६०० अग्रिम भुक्तानी गरेपछि बाँकी रकम मासिक  एक हजार ९०० रुपैयाँ किस्तामा ६ महिनासम्म तिर्न सक्नेछन् । 

पछिल्लो अध्यावधिक: असार ३१, २०८२ २१:४८





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट